बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ पुरानो ठिमीमा खाजा घर सञ्चालन गरी बसेका २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई प्रहरीले २०७८ फागुन ३० गते सानोठिमीबाट गिरफ्तार गरेको छ । रोजगारीका लागि खाजा घरमा काम गर्न राखेकी पीडित बालिकालाईसोही खाजा घर सञ्चालक ठकुरीले फागुन…
तेजाब प्रहार घटनाका आरोपित गिरफ्तार
सूर्यविनायक नगरपालिका–४ की ६० वर्षीया पूजा गुभाजुलाई एसिड प्रहार गरेको आरोपमा पति ६५ वर्षीय श्याम गुभाजुलाई प्रहरीले ०७८ फागुन २२ गते काठमाडौँबाट गिरफ्तार गरेको छ । आफ्नै घरमा भएको झगडापछि पत्नी पूजालाई २२ गते साँझ घरमै हानिकारक रसायन प्रहार गरी घाइते बनाएको अनुसन्धनमा खुल्न आएको महानगरीय प्रहरी वृत्त थिमिका डिएसपी…
स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वागमती प्रदेश संयोजक कृष्ण गौतमले समुदायमै पुगेर इन्सेकले काम गरिरहेको हुनाले नै सेवा प्रदायक र सेवाग्राहीबीच भेट गराएर समस्याको पहिचान तथा समाधानको खोजी गर्ने गरेको बताउनु भयो । इन्सेक बागमती प्रदेश कार्यालय हेटौँडाले मानव अधिकार समूह चाँगुनारायणको समन्वयमा फागुन ९ गते भक्तपुरको चाँगुनारायण नगरपालिकामा आयोजना…
ज्वोरोका बिरामीले सिटामोल पनि पाउँदैनन्, बिरामी बढेसँगै अस्पतालका शैया भरिदै
चाँगुनारायण नगरपालिका–८ सुडालका प्रमानन्द श्रेष्ठलाई ज्वरो आएको दुईदिन भयो । डाक्टरसँग सल्लाह गर्दा सिटामोल खानुस भनेको तर बजारमा सिटामोल किन्न जाँदा सिटामोल नपाएको उहाँ गुनासो गर्नु हुन्छ । अहिलेको ज्वरो कोभिड पनि हुनसक्ने भएकाले चिकित्सकसँग फोनबाटै परामर्श लिए पनि बजारमा औषधि भने नपाएको उहाँ बताउनु हुन्छ । “सिटामाल पाइएन तातो…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व समीक्ष सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लाजि जिल्लामा सङकलित मानव अधिकार उल्लङ्घन तथा ज्याततीका घटनाको पुस ९ गते पूर्व समीक्षा सम्पन्न भएको छ । कार्यक्रममा ६ जनाको हत्या भएको, ६ जनाको हत्या प्रयास भएको, बालिका १७ जना र महिला २४ जना गरी ४१ जना बलात्कार र आठ जना बलात्कार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भोजपुर केराबारी घर भई हाल सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा डेरा कोठामा बस्ने २५ वर्षीया मन्दिरा राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा पति २५ वर्षीय जीवन राईलाई प्रहरीले पुस ५ गते गिरफ्तार गरेको छ । पत्नीलाई पुस ४ गते राती कुटपिट गरी हत्या गरी कटुञ्जेस्थित आफन्तको कोठामा लुकेर बसेको अवस्थामा आरोपितलाई गिरफ्तार…
भूकम्पले क्षतिग्रस्त विद्यालय पुनर्निर्माण नहुँदा विद्यार्थीलाई सास्ती
भूकम्पले विद्यालय क्षतिग्रस्त भएको ६ वर्ष भइसक्यो । विद्यार्थीको जीवनमा भूकम्पको कहर भने अझै गएको छैन । पुरानो भवन भत्कियो, अब त नयाँ भवनमा बसेर पढ्न पाउँला भन्ने इच्छा राखेका भक्तपुर दरबार क्षेत्रमा रहेको दुई विद्यालयका विद्यार्थीको पढाई अहिले पनि जस्ताको टहराामै सास्ती खेप्दै वितिरहेको छ । वि.स. १९८१ मा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुली घरभई भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने १७ वर्षीय बालकलाई प्रहरीले मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित बालकले मङ्सिर १९ गते साँझ बलात्कार गरेको भन्दै पीडितकी आमाले मङ्सिर २० गते महानगरीय प्रहरी बृत्त थिमिमा उजुरी दिएको महानगरीय प्रहरी वृत्त थिमिका…
सूर्यविनायक नगर क्षेत्रको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवाससम्बन्धी समस्या पहिचान
सूर्यविनायक नगरपालिकाका भित्र रहेका शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी विभिन्न समस्याहरूको पहिचान गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समूह सूर्यविनायकले नगरपालिका क्षेत्रको विभिन्न ठाउँमा गरेको अन्तरक्रिया र अनुसन्धानका आधारमा पहिचान गरिएको समस्याको बारेमा १२ गते छलफल गरिएको हो । सूर्यविनायकमा देखिएका समस्यामध्ये…
मानव अधिकार समूहद्वारा नगरपालिकाका प्रमुखलाई ज्ञापन पत्र बुझाइयो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश अन्तर्गत भक्तपुरको चाँगुनारायण नगरपालिकामा गठन भएको नगरस्तरिय मानव अधिकार समूहले ०७८ कात्तिक ७ गते विभिन्न माग राख्दै चाँगुनारायण नगरपालिका प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । समूहका संयोजक बच्चुराम न्यौपानेको नेतृत्वमा इन्सेक सहजकर्तासहितको टोलीले नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलाई शिक्षा, स्वास्थ्य, खाद्य तथा कृषि र…