बलात्कार घटनाको आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ११ गते ललितपुर जिल्लाको महालक्ष्मी नपा-७ का ३७ वर्षीय विक्रम बस्नेतलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७४ पुस ५ गते बलात्कार गरेको भनी पीडित पक्षले ०७५ वैशाख २ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार…

May 26, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ८ गते चाँगुनारायण नपा-५ का २३ वर्षीय सुजन खत्रीलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १२ गते बलात्कार गरेको भनी पीडित पक्षले जेठ ८ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी…

May 23, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ४ गते काठमाडौँको शङ्करापुर नपा-५ का ३० वर्षीय सन्तोष दङ्गाललाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले वैशाख ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा पीडित पक्षले जेठ ४ गते उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

May 19, 2018  
मेयर श्रेष्ठमाथि आक्रमण भएको एक महिनापछि घटनाका आरोपित गिरफ्तार

मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई आक्रमण गर्न योजना बनाएको आरोपमा प्रहरीले झण्डै एक महिनापछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कुशल बोगटीलाई जेठ १ गते  गिरफ्तार गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष टोलीले कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका रुप्सा घर भई हाल भक्तपुर सल्लाघरीमा बस्दै आएका…

May 16, 2018  
बलात्कार गरेको कसुरमा आठ वर्षकैद

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सिन्धुली जिल्ला दुधौली नपा-५ घरभई हाल चाँगुनारायण नपा-२ दुवाकोटमा डेरा गरी बस्दै आएका २१ वर्षीय विशाल सुनच्यौरीलाई जिल्ला अदालतले वैशाख २४ गते आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश मातृका प्रकाश मरासिनीको इजलासले उक्त फैसला सुनाएको हो । सो फैसलामा पीडित बालिकाको…

May 8, 2018  
अपरिचित व्यक्तिद्वारा मेयरमाथी आक्रमण

मध्यपुर थिमी नगरपालिकाका मेयर ४३ वर्षीय मदन सुन्दर श्रेष्ठ माथी दुई जनाको अपरिचित समूहले वैशाख ८ गते साँझ ६ बजे फलामको रड प्रहार गरी घाइते बनाएका छन् । मेयर श्रेष्ठको निजी निवास गठ्ठाघरमा आएको उक्त समूहले रड प्रहार गर्दा दाहिने हात र दाहिने गोडामा चोट लागेको छ । मेयर श्रेष्ठको…

April 21, 2018  
भूकम्प पीडितलाई दोश्रो किस्ता लिनै सास्ती !

घर निर्माणका लागि अनुदानको पहिलो किस्ता लिएका भूकम्प पीडितले दोश्रो किस्ता लिन निकै सास्ती भोग्नु परेको पीडितहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जाल भक्तपुरले सूर्यविनायक नपा-९ नङ्खेलमा चैत १ गत "भूकम्प पीडितका राहत तथा पुनर्निर्माणको सवाल" विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा पीडितहरूले दोश्रो किस्ता…

March 16, 2018  
नागरिक समाजसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने

नागरिक समाज र स्थानीय सरकारको सहकार्यले स्थानीय तहको विकासमा टेवा पुग्ने सरोकारवालले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले फागुन १४ गते आयोजना गरेको "वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकार बीचका सहकार्य अवसर र चुनौतिहरू" विषयक छलफल कार्यक्रममा सहभागीले यस्तो बताएका छन् । कार्यक्रममा नेकपा एमाले…

February 26, 2018  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई पुस २९ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भक्तपुर नपा-१० बेखालका २३ वर्षीय अञ्जन अवाललाई माघ २९ गते गिरफ्तार गरेको छ । पीडित पक्षले माघ २८ गते दिएको उजुरीका आधारमा आरोपित अवाललाई गिरफ्तार गरी घटनको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी कृष्ण प्रसाईले जानकारी दिए ।…

February 13, 2018  
तीन हप्ताभित्र भक्तपुरमा तीन वटा बलात्कार घटना

तीन हप्ता भित्र भक्तपुरमा दुई बालिका र एक महिला बलात्कार घटनाबाट पीडित भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार १६ वर्षीया बालिकालाई २०७४ माघ १९ गते दाङ जिल्ला बबई गाउँपालिका-३ हंसपुर घर भई हाल चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने २० वर्षीय सुरेश घर्ती मगरले बलात्कार गरेको आरोपमा माघ २० गते…

February 7, 2018