मेयर श्रेष्ठमाथि आक्रमण भएको एक महिनापछि घटनाका आरोपित गिरफ्तार

मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई आक्रमण गर्न योजना बनाएको आरोपमा प्रहरीले झण्डै एक महिनापछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कुशल बोगटीलाई जेठ १ गते  गिरफ्तार गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष टोलीले कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका रुप्सा घर भई हाल भक्तपुर सल्लाघरीमा बस्दै आएका…

May 16, 2018  
बलात्कार गरेको कसुरमा आठ वर्षकैद

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सिन्धुली जिल्ला दुधौली नपा-५ घरभई हाल चाँगुनारायण नपा-२ दुवाकोटमा डेरा गरी बस्दै आएका २१ वर्षीय विशाल सुनच्यौरीलाई जिल्ला अदालतले वैशाख २४ गते आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश मातृका प्रकाश मरासिनीको इजलासले उक्त फैसला सुनाएको हो । सो फैसलामा पीडित बालिकाको…

May 8, 2018  
अपरिचित व्यक्तिद्वारा मेयरमाथी आक्रमण

मध्यपुर थिमी नगरपालिकाका मेयर ४३ वर्षीय मदन सुन्दर श्रेष्ठ माथी दुई जनाको अपरिचित समूहले वैशाख ८ गते साँझ ६ बजे फलामको रड प्रहार गरी घाइते बनाएका छन् । मेयर श्रेष्ठको निजी निवास गठ्ठाघरमा आएको उक्त समूहले रड प्रहार गर्दा दाहिने हात र दाहिने गोडामा चोट लागेको छ । मेयर श्रेष्ठको…

April 21, 2018  
भूकम्प पीडितलाई दोश्रो किस्ता लिनै सास्ती !

घर निर्माणका लागि अनुदानको पहिलो किस्ता लिएका भूकम्प पीडितले दोश्रो किस्ता लिन निकै सास्ती भोग्नु परेको पीडितहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जाल भक्तपुरले सूर्यविनायक नपा-९ नङ्खेलमा चैत १ गत "भूकम्प पीडितका राहत तथा पुनर्निर्माणको सवाल" विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा पीडितहरूले दोश्रो किस्ता…

March 16, 2018  
नागरिक समाजसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने

नागरिक समाज र स्थानीय सरकारको सहकार्यले स्थानीय तहको विकासमा टेवा पुग्ने सरोकारवालले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले फागुन १४ गते आयोजना गरेको "वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकार बीचका सहकार्य अवसर र चुनौतिहरू" विषयक छलफल कार्यक्रममा सहभागीले यस्तो बताएका छन् । कार्यक्रममा नेकपा एमाले…

February 26, 2018  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई पुस २९ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भक्तपुर नपा-१० बेखालका २३ वर्षीय अञ्जन अवाललाई माघ २९ गते गिरफ्तार गरेको छ । पीडित पक्षले माघ २८ गते दिएको उजुरीका आधारमा आरोपित अवाललाई गिरफ्तार गरी घटनको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी कृष्ण प्रसाईले जानकारी दिए ।…

February 13, 2018  
तीन हप्ताभित्र भक्तपुरमा तीन वटा बलात्कार घटना

तीन हप्ता भित्र भक्तपुरमा दुई बालिका र एक महिला बलात्कार घटनाबाट पीडित भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार १६ वर्षीया बालिकालाई २०७४ माघ १९ गते दाङ जिल्ला बबई गाउँपालिका-३ हंसपुर घर भई हाल चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने २० वर्षीय सुरेश घर्ती मगरले बलात्कार गरेको आरोपमा माघ २० गते…

February 7, 2018  
भूकम्प पीडितले अहिलेसम्म पनि पहिलो किस्ता अनुदान नपाएको गुनासो

भक्तपुरका भूकम्प पीडितले अझै अनुदान नपाएको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भक्तपुरको गुण्डुमा गरेको भुकम्प पीडितका लागि राहत तथा पुनर्निर्माणको सवाल विषय सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्प पीडितहरूले भवन निर्माण अन्तर्गतको पहिलो किस्ता अनुदान र राहत रकम अहिलेसम्म पनि नपाएको गुनासो गरेका हुन् । कार्यक्रममा…

December 24, 2017  
भक्तपुरमा ३४ ओटा मतदानस्थल सम्वेदनशील

भक्तपुर जिल्लाका ३४ ओटा मतदानस्थल सुरक्षाका दृष्टिले सम्वेदनशील रहेको छ । जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भक्तपुरका ७८ मतदानस्थलमध्ये ३४ ओटा मतदानस्थल सम्वेदनशील रहेको जानकारी दिए । बाँकी ४४ ओटा मतदानस्थल सामान्य रहेको उनले जानकारी दिए । सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत…

December 5, 2017  
आचारसंहिता विपरीत राखिएका चुनावी सामग्री हटाउन निर्देशन

मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले दलका प्रतिनिधीहरू एवम् उम्मेदवारहरूलाई २४ घण्टा भित्र आचारसंहिता विपरीत राखिएका सबै प्रचार सामग्री हटाउन निर्देशन दिएका छन् । भक्तपुर जिल्ला प्रशासन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले मङ्सिर १० गते आयोजना गरेको आचार संहितासम्बन्धी छलफल कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् । भक्तपुरको विभिन्न स्थानमा…

November 27, 2017