नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको नेपाल मनव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार २२ गते गरिएको छ । सन् २०१९ जनवारीदेखि जुलाई ६ सम्म ६ महिनाको अवधिमा घटेका मानव अधिकार उललङ्घन तथा ज्यादतीका घटना सार्वजनिक गरिएको हो । कार्यक्रममा इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि सविना…
सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जाल भक्तपुरको सहकार्यमा सूर्यविनायक नगरपालिका–४ सिकारीटारमा असार १९ गते आयोजना गरिएको ‘भूकम्प पीडितका लागि राहत तथा पुनर्निर्माणको सवाल’ विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ०७२ साल वैशाख १२ गतेको भूकम्पमा ठूलै जनधनको क्षति भएको सिकारीटारका भूकम्प पीडितले पुनर्निर्माणले आफूहरूलाई…
आमाको हत्या गरेको आरोपमा छोरीसहित चार जना गिरफ्तार
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ घर भई चाँगुनारायण नगरपालिका-७ खरिपाटी बस्दै आएकी ६० वर्षीया सावित्री भट्टराईको हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीया छोरी गीता भन्ने इश्वरी भट्टराईसहित असार १६ गते चार जनालाई गिरफ्तार गरेको छ । इश्वरीले १२ लाख रुपियाँ खर्च गरेर तीन जना पुरुषको प्रयोग गरी असार १५ गते आमाको हत्या…
अपरिचित व्यक्तिहरूको समूहद्वारा एक महिलाकोे घाँटी रेटी हत्या
खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरण तालिम केन्द्रको पछाडी रहेको एक घरमा असार १५ बिहान एक महिलाको घाँटी रेटेर हत्या भएको छ । ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले जानकारी दिए । उनले प्रारम्भिक अनुसन्धानमा घरमा कोही नभएको अवस्थामा बिहान करिब १०ः३० बजेपछि…
व्यापारिको घरमा फेला परेको बम सेनाद्वारा डिस्पोज
मध्यपुरथिमी नगरपालिका-६ कोर्चामा रहेका व्यापारी दुर्गा प्रसाईको घरमा प्रेसर कुकर बम डिस्पोज गरिएको छ । प्रसाईको घरको मूल गेटमा असार ९ गते राति १० बजे भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले राति ११ः३० बजे डिस्पोज गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले बताए । नेत्रविक्रम चन्द…
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता ३६ वर्षीय कुलदिप थापा मगर (अविलास) लाई प्रहरीले असार ४ गते गिरफ्तार गरेको छ । रामेछाप दोरम्बा गाउँपालिका–६ स्थायी घर भएका थापालाई प्रहरीले भक्तपुर सुर्यविनायक नगरपालिका–८ दार्जिलिङ्ग हाइटबाट गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी रेवतीरमण पोखरेलले बताए । थापाबाट सो पार्टीको…
पहिचान भएका समस्या समाधान गर्न मेयरलाई ज्ञापन पत्र
चाँगुनारायण नगरपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका क्षेत्रमा देखिएका समस्या सम्बन्धमा मानव अधिकार निगरानी समूहले चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलाई ज्ञापन पत्र बुझाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३, कार्यालयद्वारा असार ३ गते आयोजित मानव अधिकार निगरानी समूह, जनप्रतिनिधि र सरोकारवालाहरूबीच भएको समन्वयात्मक कार्यक्रममा चाँगुनारायण नगर…
सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
२०७२ सालको भूकम्पले भत्काएको घर पूर्णक्षतिमा सूचीकृत भएपनि नयाँ घर बनाउन नसकेपछि भूकम्प पीडितहरू जोखिम मोलेरै भत्किएको घरमा बस्न बाध्य भएको भूकम्प पीडितले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले असार ४ गते मध्यपुरथिमि नगरपालिका-६ पाटी बिहारमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा सहभागी भएका अधिकांशले पहिलो किस्ताको रकम लिइसकेको…
आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालीन बन्द, सेवाग्राही प्रभावित
विभिन्न पेसागत मागहरू राखेर भक्तपुर अस्पतालमा कर्मचारीहरूले आकस्मिक बाहेकका सेवा अनिश्चितकालिन बन्द गराएका छन् । कर्मचारीले आफ्नो माग सम्बोधन नगरेको भन्दै आसार ३ गतेदेखि अस्पतालको आकस्मिक सेवा बाहेक सबै सेवा ठप्प पारेका छन् । अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टि बाँधेर ३५ जना कर्मचारीहरू अस्पतालको प्राङ्गणमा धर्ना दिएर…
बालसुधार गृहमा क्षमाताभन्दा बढी बालबन्दी
सानोठिमीस्थित बालसुधार गृहमा क्षमाताभन्दा बढी बालबन्दी राख्दा समस्या परेको छ । १ सय १० जनाको क्षमता रहेको उक्त सुधार गृहमा हाल २० जना बालिका र १ सय ७० जना बालकसहित कूल १ सय ९० जना बालबन्दी राखिएको बाल सुधार गृहका बाल अधिकार संयोजक सञ्जयराजन श्रेष्ठले जानकारी दिए । विभिन्न अपराधमा…