भूकम्प पीडितलाई घर बनाउन अझै अन्यौल

भूकम्प गएको २० महिना भइसक्दा पनि भूकम्प पीडितहरूले घर कसरी बनाउने ? भन्ने अन्यौल कायमै रहेको गुनासो गरेका छन् । रातमाटे गाविसमा मङ्सिर १५ गते आयोजित 'भूकम्प पछिको पुनर्निर्माणको सवाल' विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीहरूले घर कसरी बनाउने भन्ने अन्यौल कायमै रहेको गुनासो गरेका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र…

November 30, 2016  
उपभोक्ताको मानव अधिकार सङ्कटमाः सरोकारवाला   

राष्ट्रिय मानव अधिकार आयोगले मङ्सिर २ गते विदुरमा आयोजना गरेको 'उपभोक्ताको मानव अधिकारको अवस्था' विषयक अर्न्तक्रिया कार्यक्रमका सहभागीहरूले सम्बन्धित निकायले प्रभावकारी अनुगमन नगर्दा उपभोक्ताको मानव अधिकार सङ्कटमा परेको आरोप लगाएका छन् । राजनीतिक दलका जिल्लास्तरीय नेताहरूले अनुमगन प्रभावकारी नहुँदा बजारमा अखाद्य वस्तुको बिक्री वितरण भइरहेको तथा बढी मूल्यमा सामान किन्न…

November 18, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार 

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खानीगाउँ-६ घलेगाउँका १६ वर्षीय बालकलाई असोज १५ गते गिरफ्तार गरी असोज १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । पीडित बालिकालाई आरोपित बालकले असोज १२ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले प्रहरीमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जितेन्द्र बस्नेतले…

October 3, 2016  
अनुदान रकम लिन भूकम्प पीडितलाई सकस (फोटो फिचर)

भूकम्पबाट घर भत्किएर पीडित बनेकाहरूलाई व्यक्तिगत आवास निर्माणको लागि सरकारले दिन थालेको अनुदानको पहिलो किस्ता रकम लिन पीडितलाई सकस परेको छ । सरकारले सदरमुकाम केन्द्रित बैङ्कमार्फत अनुदान दिँदा भूकम्प पीडितहरू सकसमा परेका हुन् । सरकारले अनुदान रकम गाउँमै नदिँदा झञ्झट व्यहोर्नु परेको सदरमुकामका बैङ्कहरूमा अनुदान रकम लिन भदौ ३० गते…

September 15, 2016  
घर बनाउन दिने अनुदान थप गर्न भूकम्पपीडितको माग

भूकम्पले घर भत्किएर टहरामा बस्दै आएका भूकम्पपीडिले सरकारले दिने अनुदान रकममा वृद्धि गर्न माग गरेका छन् । इन्सेकले भदौ १३ गते नुवाकोटको रालुकादेवी-१, रालुका माविमा आयोजना गरेको 'भूकम्पपीडितको अवस्था र पुनर्निर्माणको सवाल' विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भएका पीडितहरूले अनुदान रकम थप गर्न, गुठी र विर्ता जग्गाको कारण सम्झौता रोकिएकाहरूलाई…

August 30, 2016  
विस्थापितको पुनर्बास र अनुदान सम्झौता गराउन माग

नुवाकोट र रसुवा जिल्लालाई हेर्ने नुवाकोटको विदुरमा रहेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयमा रसुवाका भूकम्प पीडितहरूले विस्थापितलाई पुनर्बास गराउन माग गरेका छन् । भदौ ६ गते पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै भूकम्प पीडितहरूले रसुवाको हाकु र डाडागाँउबाट भूकम्पको कारण विस्थापित भएर लहरेपौवाको बोगटीटार र नौविसेलगायत…

August 23, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दाङसिङ-८ का ३८ वर्षीय बद्री श्रेष्ठलाई प्रहरीले भदौ ४ गते गिरफ्तार गरेको छ । गत साउन २९ गते बालिका घरमै बसिरहेको बेला श्रेष्ठले बलात्कार गरेको भन्ने जिल्ला प्रहरी कार्यालयमा भदौ ४ गते मौखिक उजुरी आए पछि प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी अनुसन्धान थालेको…

August 22, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दाङसिङ-८ का ३८ वर्षीय बद्री श्रेष्ठलाई प्रहरीले भदौ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई साउन २९ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा भदौ ४ गते आरोपित श्रेष्ठविरुद्ध मौखिक उजुरी आए लगत्तै प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी…

August 21, 2016  
मेलमिलापलाई दिगो बनाउने काम राज्यकोः न्यायाधीश उपाध्याय

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश तथा मेलमिलाप परिषद्का अध्यक्ष बैद्यनाथ उपाध्यायले समुदायमा भएका विवादलाई मेलमिलापमार्फत दिगो र प्रभावकारी बनाउने काम राज्यको भएकाले विवाद समाधानमा मेलमिलापको नीतिको भूमिका राम्रो रहेको बताएका छन् । भदौ ३ गते चौघडामा सामुदायिक मेलमिलापसम्बन्धी छलफलमा न्यायाधीश उपाध्यायले नेपालको संविधानले नै मेलमिलापको नीतिलाई आत्मसाथ गरेको उल्लेख गर्दै ऐन…

August 20, 2016  
गुठीको जग्गाको कारण भूकम्पपीडित अनुदान सम्झौताबाट वञ्चित

सरकारले भूकम्प पीडितहरूलाई निजी आवास निर्माणको लागि अनुदान रकम प्रदान सम्झौता प्रक्रिया अघि बढाए पनि नुवाकोटका तीन गाविसमा सयौं भूकम्पपीडित भने सम्झौताबाट वञ्चित भएका छन् । सरकारले गुठीको जग्गामा बस्नेहरूको लागि सम्झौता गर्ने नीति नबनाएको भन्दै गाविस सचिवले सम्झौता गराउन अस्वीकार गर्दै आएका छन् । जिल्लाको सबैभन्दा दुर्गम गाविस घ्याङफेदी,…

August 10, 2016