अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २३ को अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम ०७९ असार ६ गते विदुरमा सम्पन्न भएको छ । इन्सेक नुवाकोटको आयोजनामा भएको कार्यक्रममा जिल्लामा समग्र मानव अधिकारको विषयमा छलफल भएको थियो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले सन् २०२२ को पहिलो ६ महिनामा जिल्लामा भएका मानव…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई बलात्कार प्रयास आरोपमा शिवपुरी गाउँपालिका–१ का २० वर्षीय सुमिन खत्रीलाई प्रहरीले ०७९ जेठ २८ गते गिरफ्तार गरेको छ । पीडितलाई जेठ २० गते एकान्त सडकमा पैदल हिँडिरहेको अवस्थामा समातेर बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले आरोपित खत्रीविरुद्ध जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरी डिएसपी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरको आरोपमा विदुर नगरपालिका–११ का २९ वर्षीय सुककुमार तामाङलाई प्रहरीले ०७९ जेठ २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०७८ चैत १७ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई…
नुवाकोटमा दलित महिला सदस्यका दुई पद खाली
नुवाकोटको दुई ओटा स्थानीय तहमा एक/एक ओटा दलित महिला सदस्य पद खाली हुने भएको छ । वैशाख ११ र १२ गते तोकिएको स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन गर्ने क्रममा दुप्चेश्वर गाउँपालिका वडा नं. १ र तारकेश्वर गाउँपालिका वडा नं. ६ मा दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको कारण यी दुई…
मानव बेचविखनको कसुरमा २५ वर्ष कैद सजायको फैसला
दुई जना महिलालाई भारतको दिल्लीमा लगेर बिक्री गरेको कसुरमा जिल्ला अदालतले दुप्चेश्वर गाउँपालिका–१ की ३३ वर्षीया सरस्वती तामाङ भन्ने जेर्कुमेन्दो तामाङलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले वैशाख ८ गते दुई फरकफरक मानव बेचविखनको मुद्दामा उक्त फैसला गरेको हो । २३ वर्षीय महिलालाई…
लक्षित वर्गले एक वर्ष अघिकाे सामाजिक सुरक्षा भत्ता अझै पाएनन्
पञ्चकन्या गाउँपालिका वडा नं. २ का ज्येष्ठ नागरिक, अपाङ्रगता भएका, एकल महिला तथा दलित बालबालिकाले एक वर्ष अघिकाे सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका छन् । उक्त वडाका ३ सय १४ जना ज्येष्ठ नागरिक, ४७ जना ज्येष्ठ दलित, ७६ जना एकल महिला, ७७ जना विधवा, १२ जना क वर्गको अपाङ्रगता…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
६१ वर्षीया वृद्धालाई बलात्कार र ज्यान मार्ने प्रयास गरेको कसुरमा म्यागङ गाउँपालिका–३ का ४४ वर्षीय विष्णु सुनारलाई जिल्ला अदालतले गर्दै १३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले चैत २० गते उक्त फैसला गरेको हो । फैसलामा २ लाख ४० हजार रुपैयाँ जरिवाना समेत भराउन…
जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैंगिक हिंसासम्बन्धी तालिम’ फागुन २१ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मन्जु केसीसहित आठ ओटै वडाका वडाअध्ययक्ष, वडा सदस्य लगायतका जनप्रतिनिधि र गाउँपालिकाका विषयगत शाखाका प्रमुखहरूको सहभागिता तालिम ‘अधिकार तथा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई एकैदिन फरक फरक समयमा बलात्कार गरेको आरोपमा प्रहरीले फागुन ८ गते शिवपुरी गाउँपालिका–७ का २४ वर्षीय राजु तामाङ र ४२ वर्षीय सुजन गुरुङलाई गिरफ्तार गरेको छ । आरोपितद्वयमध्ये तामाङले फागुन ७ गते दिउँसो र गुरुङले फागुन ७ गते साँझ बलात्कार गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालय…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शिवपुरी गाउँपालिका–८ का २७ वर्षीय जीवन श्रेष्ठलाई जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले फागुन ४ गते मुद्दाको अन्तिम फैसला गर्दै १० वर्ष कैद सजाय र ५० हजार रुपियाँ जरिवाना भराउन फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी…