बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजाय फैसला
४५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश गाेपाल प्रसाद बास्तोलाको इजलासले ०८० पुस १२ गते गजुरी गाउँपालिका-२ का २१ वर्षीय आइमान सिंह तामाङलाई आठ वर्ष कैद सजाय, ३ लाख रुपियाँ जरिबाना भराउने फैसला सुनाएको छ । जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीका अनुसार जरिबाना बापतकाे रकम पीडितलाई क्षतिपुर्ति दिने…
समाचारको प्रभावः दाम्लोमा बाँधेर राखिएका तीन जनाको उद्धार
दाम्लोले बाँधेर राखिएका अपाङ्गता भएका तीन जनाको उद्धार गरिएको छ । मानव सेवा आश्रम, काठमाडौँले उहाँहरूको उद्धार गरेको हो । इन्सेक अनलाइनमा पुस ५ गते 'दाम्लोले बाँधेर राखिँदै छ धादिङका बौद्धिक अपाङ्गता भएका नागरिकलाई' शीर्षकमा समाचार प्रकाशन भएको थियो । ज्वालामूखी गाउँपालिका-५ का शिवबहादुर गुरुङ, १४ वर्षीय रोषन गुरुङ र…
दाम्लोले बाँधेर राखिँदै छ धादिङका बौद्धिक अपाङ्गता भएका नागरिकलाई
बौद्धिक अपाङ्गता भएकालाई राज्यले सम्रक्षण गरेर राख्ने व्यवस्था भए पनि धादिङमा अपाङ्गता भएका नागरिक दाम्लोमा बाँधिएर बस्न बाध्य भएका छन् । पाँच वर्षदेखि घरमा नबस्ने भएपछि गङ्गाजमुना गाउँपालिका-३, पोखराका २० वर्षीय मदनकुमार तामाङलाई दाम्लोले बाँधेर राखिएको छ । घरमा नबस्ने, आफू मेलापात जानु पर्ने भएकोले उहाँको जीउ बचाउन दाम्लोले बाँधेर…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजाय फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले ०८० मङ्सिर २९ गते गजुरी गाउँपालिका–४, गैरीगाउँका ४३ वर्षीय डिलबहादुर तामाङलाई १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना भराउने फैसला सुनाएको छ । पीडित बालिकालाई तामाङले ०८० जेठ ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १०…
मानव अधिकार कार्ययाेजना कार्यान्वयनकाे लागि माग गर्दै ध्यानाकर्षण पत्र
मानव अधिकार विश्वव्यापी घोषणा पत्र जारी भएको ७५ औँ वर्ष प्रवेशकाे अवसरमा मानव अधिकार एलायन्स र इन्सेकले मानव अधिकार कार्ययोजना कार्यान्वयनकाे माग गर्दै ०८० मङ्सिर २४ गते ध्यानाकर्षण पत्र बुझाएकाे छ । समयक्रममा मानव अधिकारसँग सरोकार राख्ने विषयहरूको विषयगत क्षेत्र समेत वृहत बन्दै गएको भन्दै मुलकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व धादिङमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक धादिङ जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधिले सन् २०२३ मा धादिङमा इन्सेकले सङ्कलन गरेका…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
त्रिपुरासुन्दरी गाउँपालिका-६, आगिनचोककी ६२ वर्षीया मनकुमारी सार्कीको घाँटी थिचेर हत्या गरेको आरोपमा सोही ठाउँका ४० वर्षीय च्यामे भन्ने शिव बसेल, ४० वर्षीय सुनिल नेपाली र ५४ वर्षीय टाेपबहादुर नेपाली विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० मङ्सिर १८ गते उजुरी दर्ता भएको छ । पीडित महिला नातिको ब्रतबन्धको तयारी सकेर राति सुतेको अवस्थामा…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
धुनिबेसी नगरपालिका-१, डुम्रेचौरकी पत्नी २० वर्षीया पवित्रा बयलकोटीको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा २७ वर्षीय रामचन्द्र बयलकोटीलाई प्रहरीले ०८० मङ्सिर १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर १७ गते दिउँसो स्थानीय कच्ची सडकमा धारिलो हतियार प्रहार गरी हत्या गरेको भन्दै पीडित पक्षले मङ्सिर १८ गते जिल्ला…
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका बालबालिकाहरू अध्ययन गर्ने विद्यालयमा १५ वर्षदेखि टहरामा पठनपाठन गर्दै आएका हुन् । भूकम्पपछि विद्यालयहरू निर्माण भए । पहुँच पुगेका ठाउँहरूमा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-४ का २१ वर्षीय बुद्धबहादुर चेपाङ विरुद्ध इलाका प्रहरी कार्यालय, गजुरीमा ०८० मङ्सिर ७ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ३० गते जबरजस्ती अपहरण गरी बेनिघाट रोराङ गाउँपालिका-१ मा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, गजुरीमा…