मानव बेचबिखन तथा ओसारपसार कसुरमा पाँच जनालाई कैद र जरिवानाको फैसला
१६ वर्षीया बालिकालाई मानव बेचविखन तथा ओसारपसार र संगठित अपराधको कसुरमा धादिङका पाँच जना कसुरदारलाई जिल्ला अदालत धादिङले ०८१ असार २८ गते कैद र जरवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासले मानव बेचबिखन तथा ओसारपसार र संगठित अपराधका दुई छुट्टाछुट्टै मुद्दामा आठ जना मध्ये तीन जनालाई…
बलात्कार घटनाका आराेपित विरुद्ध मुद्दा दर्ता
७५ वर्षीया वृद्धालाई बलात्कार गरेकाे आराेपमा खनियाबास गाउँपालिका -५ का ४९ वर्षीय पदमबहादुर तामाङ विरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा ०८१ असार २५ गते जबरजस्ति करणी मुद्दा दर्ता गरिएकाे छ । आराेपितले असार १० गते बलात्कार गरेकाे भन्दै पीडितले दिएकाे निवेदनकाे आधारमा असार २४ गते आराेपित तामाङलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा…
मानव बेचबिखन तथा ओसारपसार कसुरमा १०/१० वर्ष कैद सजाय
१८/१९ वर्षका दुईजना युवतीलाई मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा ०८१ असार २५ गते गल्छी गाउँपालिका—८ की ४८ वर्षीया सरस्वती पनेरुलाई छुट्टै दुई मुद्दामा १०/१० वर्ष कैद गर्ने फैसला जिल्ला अदालतले सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश गीता श्रेष्ठको इजलासले होटल सञ्चालन गरी मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको भन्दै १०/१०…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ४९ वर्षीय बाबुलाई इलाका प्रहरी कार्यालय गजुरीले ०८१ असार २२ गते गिरफ्तार गरेको छ । पीडितलाई पटक पटक बलात्कार गर्ने गरेको भन्दै पीडितपक्षले असार १६ गते बाबुविरुद्ध इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनुभयो । पीडितको स्वास्थ परीक्षण…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२६ वर्षीया महिला बलात्कार गरेको अरोपमा १६ वर्षीय एक बालकलाई प्रहरीले ०८१ असार २३ गते नीलकण्ठ नगरपालिका–१० बाट गिरफ्तार गरेको छ । आफूलाई ०८१ असार २१ गते बलात्कार गरेको भन्दै पीडितले असार २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो । पीडितको स्वास्थ्य…
बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेकाे कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालतले ०८१ असार १७ गते १२ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले असार ९ गते कसुर कायम गरी असार १७ गते सजाय निर्धारण गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो । कसुरदारलाई…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को जिल्लमा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाको असार १५ गते धादिङबेसीमा एक कार्यक्रम बिच अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख कुलमान विश्वकर्माकले नागरिकको मानव अधिकार संरक्षणमा इन्सेकले भूमिका पर्याएकोले मानवअधिकार कार्यान्वयनका लागि जनमैत्री कानून…
बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैदको फैसला
१७ वर्षीया बालिका बलात्कार गरेको कसुर ठहर जिल्ला अदालतले सिद्धलेक गाउँपालिका–२ का २४ वर्षीय संजय नेपालीलाई सात वर्ष कैद ३ लाख रुपियाँ जरिबानाको फैसला गरेको छ । जिल्ला न्यायधीश गीता श्रेष्ठको इजलासले ०८१ जेठ ३२ गते फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार माधव भण्डारीले बताउनु भयो । पीडितलाई आरोपितले ०८० माघ …
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
५१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले धुनीबेसी नगरपालिका–२ का ३८ वर्षीय सन्तोष रमतेल विररूद्ध ०८१ जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । पीडितलाई आरोपितले जेठ १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २९ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्राले बताउनु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथर जिल्ला खालेलुङ गाउँपालिका–५ का ४८ वर्षीय रमेश गुरुङलाई ०८१ जेठ २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८० पुस ८ गते नीलकण्ठ नगरपालिका –३ मा बलात्कार गरेको भन्दै पीडित परिवारले ०८१ वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।…