राप्रपाद्वारा विद्यालयमा आयोजित चुनावी अभियानमा हेलिकप्टरको प्रयोग
निर्वाचन आचारसंहिता विपरीत उत्तरी धादिङको क्षेत्रमा रहेको रुबीभ्याली गाउँपालिकाको लापा गाउँस्थित लापा माध्यमिक विद्यालयमा वैशाख २५ गते राप्रपाको चुनावी सभामा हेलिकप्टरको प्रयोग गरी प्रचारप्रसार गरिएको छ । राप्रपाको तर्फबाट चुनावी सभा आयोजना गरिएकोमा राप्रपाका नेता बुद्धिमान तामाङसमेत सहभागी भएको कार्यक्रममा हेलिकप्टर ल्याएर कार्यक्रम गरिएको हो । राप्रपाले नल्याएको र अन्य…
धादिङमा एमाले र माओवादीबिच झडप, पाँच घाइते
नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच गजुरी गाउँपालिका-८ चैनपुरमा वैशाख २५ गते दिउँसो झडप भएको छ । निर्वाचन प्रचार प्रसारमा सो ठाउँमा पुगेका एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप भएको हो । [caption id="attachment_4840" align="aligncenter" width="352"] घाइते ६० वर्षीय मायानाथ अधिकारी[/caption] झडपमा पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा…
काङ्ग्रेसको दुई गाडीमा आगजनी
नेपाली काङ्ग्रेसले चुनाव प्रचारका लागि प्रयोग गरेका दुईवटा गाडी गएराति अज्ञात समूहले जलाइदिएको राससले जनाएको छ । धुनीबेँसी नगरपालिका-५ मा रोकेर राखेको अवस्थामा ती गाडी जलाइएको हो । बा १२ च १२७६ नंको बोलेरो जिप र बा ३ च १७०३ नं को जिप्सी गाडी अज्ञात समूहले जलाइदिएको इलाका प्रहरी कार्यालय…
अज्ञात समूहद्वारा एमालेको कार्यक्रम स्थल तोडफोड
नेकपा एमालले उत्तरी धादिङको खनीयाबास गाउँपालिका-२ कोखिममा वैशाख १३ गते कार्यक्रम गर्न तयार गरिएको मञ्च अज्ञात समूहले वैशाख १२ गते राति तोडफोड गरेको छ । नेकपा एमाले खनियाबास गाउँपालिकाद्वारा झार्लाङस्थित कोखिम टोलमा आयोजित चुनावी सभाका लागि वशाख १३ गते मञ्च निर्माण गरिएको थियो । सोही राति मञ्च भत्काएर ध्वस्त पारिएकोले…
बालविवाह हुँदै गर्दा विवाह मण्डपबाटै बालिकाको उद्धार
१५ वर्षीया बालिकाको नीलकण्ठ नपा-८ बगैँचाका २२ वर्षीय राज नेपालसँग वैशाख ७ गते भइरहेको विवाह मण्डपबाटै पौरखी महिला सहकारी जोगिमाराको पहलमा उद्धार गरिएको छ । गाउँमा बालिकाको विवाह हुँदै गरेको भन्ने सूचना पाएपछि प्रहरी चौकी जोगिमाराको सहयोगमा सहकारीमा आबद्ध महिलाहरूले बालिकाको उद्धार गरी जिल्ला बालकल्याण समितिमा बुझाइएको पौरखी महिला सहकारीकी…
दिउँसो २ बजे नै स्वास्थ्य चौकी बन्द गर्दा सेवाग्राही मार्कामा परेको गुनासो
दिउँसो २ बजे नै स्वास्थ्यकर्मीहरू स्वास्थ्य चौकी बन्द गर्दा बिरामीले उपचार नपाउने गरेको र सेवाग्राहीहरू मार्कामा पर्ने गरेको एक कार्यक्रमका सहभागीहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले धादिङबेसीमा चैत ३१ गते आयोजना गरेको सेवाप्रदायक र सेवाग्राहीबिचको अन्तरक्रिया कार्यक्रममा यस्तो गुनासो गर्दै जिल्लाका सबै स्वास्थ्यचौकीहरू बेलुका ५…
निर्वाचन आचारसंहिता विपरीत विद्यालयमा कार्यक्रम
स्थानीय तह निर्वाचन नजिकँदै गर्दा सदरमुकाममै आचारसंहिता विपरीत नेपाली कङ्ग्रेसले विद्यालय भित्रै कार्यक्रम सञ्चालन गरेको छ । नीलकण्ठ नगरपालिका स्थित नीलकण्ठ उच्च माविमा चैत ३१ गते विद्यालयमा नेपाली कङ्ग्रेसले पार्टीको झण्डा राखेर कार्यक्रम आयोजना गरेको हो । विद्यालय भित्रै झण्डा, व्यानर, निर्वाचन चिन्हसमेत राखेर विद्यालय भित्रै आयोजित कार्यक्रममा नेपाली कङ्ग्रेसका…
आचारसंहिता पालना गर्नु पर्नेमा जोड
निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा जिल्लामा सरकारी र गैरसरकारी पक्षबाट निर्वाचन आचारसंहितालाई अक्षरस पालनामा नागरिक समाजका अगुवाहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चैत ८ गते धादिङवेसीमा आयोजना गरेको नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका अगुवाहरूले सो कुरामा जोड दिएका हुन्…
यौन दुर्व्यवहार घटनाका आरोपित शिक्षक विद्यालयबाट निष्काशित
१४ वर्षीया बालिकालाई चैत ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा सदरमुकाममा रहेको एक विद्यालयका शिक्षक निलकण्ठ नपा-३ का २५ वर्षीय मदनकुमार श्रेष्ठलाई विद्यालयले सोही दिन निष्काशन गरेको छ । आरोपित श्रेष्ठले बालिकालाई पढाइ कमजोर भएको बहानामा अर्को कोठामा बोलाएर दुर्व्यवहार गरेको आरोप छ । आरोपितविरुद्ध प्रहरीमा उजुरी दिन पीडित परिवारले…
घर छिटो बनाउन भूकम्पपीडितहरूलाई गाउँपालिकाको आग्रह
पहिलो किस्ताको रकम लगेका भूकम्पपीडितहरूलाई घर छिटो बनाएर दोश्रो किस्ता माग गर्न गजुरी गाउँपालिकाले आग्रह गरेको छ । तत्कालिन गजुरी गाविस अन्तर्गत पर्ने हालको गजुरी गाउँपालिका वडा नं १, २ र ३ को सार्वजनिक सुनुवाइ कार्यक्रममा फागुन ३० गते यस्तो बताउँदै गाउँपालिकाका कार्यकारी अधिकृत मनचन्द्र धरालाले गाउँबासीलाई भूकम्पप्रतिरोधी घर छिटो…