बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३४ वर्षीय बावुलाई वैशाख २३ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक यौन दुर्व्यवहार तथा बलात्कार गरेको र पछिल्लो पटक ०७४ फागुन १८ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले वैशाख २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको जिल्ला…

२०७५ बैशाख २४, सोमबार १६:०६ गते  
सार्वजनिक सुनुवाइले पहिलो किस्ता हातमा, दोश्रो र तेस्रो किस्ताको खोजी

गजुरी गाउँपालिका-५ राइगाउँका विजय राई र ज्ञानबहादुर राईले अनुदान सम्झौता रकम पाउन सकेका थिएनन् । ०७४ असोज २६ गते लाभग्राही सूचीमा राखेर अनुदान सम्झौता गरेको भएपनि सरकारले अन्य भूकम्पपीडितलाई रकम दिएपनि उनीहरूलाई रकम नदिएपछि समस्यामा परेका थिए । उनीहरूले अनुदान सम्झौताको रकम पाउन नसकेपछि गाउँपालिका र जिल्ला सदरमुकाम धाउँदाधाउँदा आजित…

२०७५ बैशाख १७, सोमबार २१:११ गते  
नागरिक समाजले स्थानीय तहलाई पारदर्शी बनाउन मद्दत गर्नुपर्छ-सरोकारवाला

जिल्ला समन्वय समिति धादिङकी उपप्रमुख बिन्दा बरामु नेपालीले नागरिक समाजले स्थानीय तहको सरकारलाई सुशासित र पारदर्शी बनाउन मद्दत गरिरहेको बताएकी छिन् । आचौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा युएसएआइडीको सहकार्य र एफएचआइ ३६० को सहकार्यमा धादिङबेसीमा वैशाख ११ गते आयोजित नागरिक समाज तथा स्थानीय सरकारबिचको सहकार्यका अवसर र चुनौती विषयक…

२०७५ बैशाख ११, मंगलवार १४:५५ गते  
बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

४४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गजुरी गाउँपालिका-४ का ४२ वर्षीय बिरबहादुर तामाङविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धादिङमा दिएको उजुरी चैत १७ गते दर्ता गरिएको छ । पीडित महिलालाई आरोपितले चैत १० गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले चैत १६ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित…

२०७४ चैत्र १७, शनिबार २१:४८ गते  
पहिलो किस्ताको रकम नपाएको भूकम्पप्रभावितहरुले गुनासो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र गजुरी गाउँपालिकाको आयोजनामा फागुन २९ गते राईगाउँमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्पप्रभावितहरूले पहिलो किस्ताको रकम नपाएको गुनासो गरेका छन् । कार्यक्रममा गजुरी गाउँपालिका-५, राइगाउँका विजय राईले लाभग्राही सूचीमा परेर पनि हालसम्म पहिलो किस्ताको रकम पाउन नसकेको गुनासो पोखेका छन् । त्यस्तै गाउँमा बनाएको घर…

२०७४ फाल्गुन ३०, बुधबार १२:०३ गते  
विदेश लैजाँदै गरिएका ६ महिलाको उद्धार

काठमाडौँबाट धादिङ हुँदै भारतको बाटोबाट साउदी अरब लान लागेको अवस्थामा धादिङ स्थित इलाका प्रहरी कार्यालय खानीखोलाले पुस २६ गते राति ६ जना महिलाको उद्धार गरेको छ । विदेश लैजाने सम्पर्क सुत्रको रूपमा काम गर्दै महिलाहरू लैजान लागेका तीन जनालाई प्रहरीले गिरफ्तार गरी उद्धार गरिएका र गिरफ्तार गरिएका गरी ९ जनालाई…

२०७४ पुष २८, शुक्रबार १३:३० गते  
आफैँले बनाएका घरको अनुदान दिन भूकम्प प्रभावितको माग

उत्तरी धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका-१ रानीपौवामा पुस ४ गते आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागी भूकम्प प्रभावितहरूले आफैँले बनाएका घरको अनुदान दिन माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र त्रिपुरासुन्दरी गाउँपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा भूकम्प प्रभावितले गाउँमा प्राविधिक नआउँने गरेका भन्दै आफैले बनाएका घरको अनुदान दिनु पर्नेमा माग…

२०७४ पुष ६, बिहीबार १२:२५ गते  
धादिङ खनीयवासस्थित मतदान केन्द्र 'कब्जा'मा लिएको आरोप

खनीयावास गाउँपालिका-२ स्थित बेन्दी देवी मावि मतदान केन्द्रमा मङ्सिर १० गते लोकतान्त्रिक गठबन्धनले बाम गठबन्धनका कार्यकर्तामाथि अक्रमण गरी सो मतदान केन्द्र 'कब्जा'मा लिएको बाम गठबन्धनको आरोप छ । लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताहरूले बाम गठबन्धनका कार्यकर्ताहरूलाई कुटपिट गर्दै मतदान केन्द्र कब्जामा लिएपछि मतदान सुरू हुन नसकेको स्थानीय मङ्गोल तामाङले बताए । आक्रमणमा…

२०७४ मंसिर १०, आईतवार ०९:५३ गते  
मतदान केन्द्र नजिकै राखिएको सकेट बम नेपाली सेनाद्वारा निष्कृय

गजुरी गाउँपालिका-५ स्थित गजुरी पिडा मावि मतदान केन्द्र नजिकै राखिएको सकेट बम नेपाली सेनाले मङ्सिर ९ गते निष्कृय पारेको छ । मतदान केन्द्रबाट ३ सय मिटरको दुरीमा बाटोमा मङ्सिर ९ गते बिहान बम भेटिएपछि प्रहरी र सेनालाई खबर गरिएको थियो । नेत्रविक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राखेको बम…

२०७४ मंसिर ९, शनिबार १४:०२ गते  
निर्वाचनको अन्तिम तयारी पूरा, स्वच्छ निर्वाचनका लागि प्रतिबद्ध

आगामी मङ्सिर १० गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको सुरक्षा अधिकारी र प्रमुख निर्वाचन अधिकृतले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले निर्वाचन पूर्वको अवस्था पर्यवेक्षण गर्ने क्रममा निर्वाचनसँग सम्बन्धित अधिकारीसँग मङ्सिर ७ गते गरेको छलफलमा निर्वाचन स्वच्छ बनाउन हरतरहले प्रयास गरिरहेको…

२०७४ मंसिर ७, बिहीबार २१:३५ गते