जमिन भासिएपछि विस्थापित भएको गाउँमा राहत पुर्याउन कठिन
गङ्गाजमुना गाउँपालिका-१, रिगाउँमा जमिन भासिएपछि ५० परिवार ०८० साउन २९ गतेदेखि विस्थापित भएका छन् । गाउँ नै पहिरोमा पर्ने गरी जमिन भासिएकोले रिगाउँबासी साउन २९ गते बिहानबाट गाउँ छाडेर नजिकैको छिमेकीको घरमा आश्रय लिन पुगेका हुन् । एक मिटरदेखि पाँच मिटरसम्म जमिन फाटेर बस्ती माथीबाट जमिन भासिन थालेपछि तलका घरहरू…
बेपत्ता भएका शिवकुमारको खोजी गर्न आग्रह
बेनिघाटरोराङ गाउँपालिका-५ का ४० वर्षीय शिवकुमार कार्की ०८० असार ३१ गतेदेखि बेपत्ता भएकाले खोजी गरी अवस्था पत्ता लगाउन नागरिक अगुवाहरू र राजनीतिक दलहरूले आग्रह गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका-५ स्थित चरौँदी नजिक रहेको हुक्काबारमा खाजा खाएपछि सम्पर्कमा नरहेका कार्कीको एक महिना हुँदा समेत पत्तो नलागेपछि ०८० साउन २८ गते प्रमुख जिल्ला…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३६ वर्षीय काकाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० साउन १४ गते उजुरी दर्ता भएको छ । बुबाले आमाको हत्या गरेपछि जेलमा बुबा रहेको र काकाको संरक्षणमा चार वर्षदेखि बस्दै आउँदा आफूलाई पटक पटक बलात्कार गरेको भन्दै उजुरी दिएको पीडित बालिकाले जानकारी दिनुभयो । उहाँको अनुसार…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दाङको घोराही उपमहानगरपालिका-१९ घर भई धुनीबेसी नगरपालिका-५ मा बस्ने ४५ वर्षीय बुबाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० साउन ११ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएका हुन् । पीडितलाई आरोपितले अन्तिम पटक ०८० वैशाख…
धादिङ अस्पतालमा डेङ्गीको बिरामीले भरिएपछि बेडको अभाव
धादिङ अस्पतालमा ०८० साउन ९ गते डेङ्गीको बिरामीले भरिएपछि बेडको अभाव भएको छ । अस्पतालमा ३८ जनालाई डेङ्गी पोजेटिभ देखिएपछि बिरामीलाई राख्ने ठाउँ समेत नभएको भन्दै भर्ना गर्नु पर्ने बिरामीलाई समेत घर पठाइएको छ । डेङ्गी पोजेटिभ भएका र १०३ डिग्री भन्दा बढी ज्वारो आएका केदार अधिकारीलाई अस्पतालले बेड अभाव भएको…
कथित बोक्सी आरोप कसुरमा दोषीलाई दुई वर्ष कैद सजाए फैसला
कथित बोक्सी आरोप कसुरमा दोषी हठर गर्दै जिल्ला अदालतले लमजुङको राइनास नगरपालिका-३ का ४२ वर्षीय विष्णु भन्ने विमल परियार र धादिङको धुनीबेसी नगरपालिका-५ की ३८ वर्षीया मुना परियारलाई असार ११ गते जनही दुई वर्ष कैद सजाय फैसला गरेको छ । जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले घटनामा दोषी ठहर गर्दै जनही…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-४ का ३७ वर्षीय सोमलाल तामाङविरूद्ध इलाका प्रहरी कार्यालय, गजुरीमा ०८० असार ११ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई बारीमा घाँस काट्न गएको बेला सोमलालले असार ३ गते बलात्कार गरेको भन्दै प्रहरीले असार ९ गते गिरफ्तार गरी अदालतको अनुमतिले हिरासतमा राखेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गल्छी गाउँपालिका-४ का २४ वर्षीय शिवराम भण्डारीलाई प्रहरीले ०८० असार १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ९ गते आफ्नै घरमा बोलाएर बलात्कार गरेको भन्दै पीडित पक्षले असार १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण…
अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धादिङले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० असार ११ गते धादिङबेसीमा सम्पन्न गरेको छ । सन् २०२३ जनवरी देखि जुनसम्म ६ महिनाको अवधीमा ३३ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू अभिलेखबारे इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले…
गाउँसभामा झडप हुँदा तीन जना घाइते
रुबीभ्याली गाउँपालिको गाउँसभामा राप्रपा कार्यकर्ता र गाउँसभा सदस्यहरूबीच ०८० असार १० गते रुबीभ्याली गाउँपालिका-३, सेर्तुङमा झडप हुँदा तीन जना सर्वसाधारण घाइते भएका छन् । झडपमा रुबीभ्याली गाउँपालिका-३ का ३८ वर्षीय मिलामा तामाङ, ३० वर्षीय अमुक तामाङ र मुक्रावदेबी माविका शिक्षक ३५ वर्षीय ऋषिराम खनाल घाइते हुनुभएको हो । सबै घाइतेको…