बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित बालिकाका २० वर्षीय दाजुविरूद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा साउन २० गते उजुरी दर्ता गरिएको छ । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गर्दै आएको र पछिल्लो पटक ०७४ चैत २७ गते बलात्कार गरेको पीडितपक्षको तर्फबाट दर्ता गराइएको उजुरीमा उल्लेख गरिएको छ । बलात्कारका कारण…

२०७५ श्रावण २१, सोमबार ११:४७ गते  
भूकम्प पीडितले पुनर्निर्माण प्राधिकरणविरूद्ध मुद्दा हाल्ने

घर भत्किएर टहरामा बस्दै आएका नीलकण्ठ नगरपालिका-५का २५ जनाले भूकम्पीय आवास पुनर्निर्माण प्राधिकरणविरूद्ध आफूहरूलाई विभेद गरी अन्याय गरेको भन्दै मुद्दा हाल्ने तयारी गरेका छन् । सरकारले आफूहरूलाई विभेद गरेको र अन्य नागरिक सरह आफूहरूलाई राहत पुनर्निर्माण प्राधिकरणले राहत रकम नदिएकाले घर बनाउन नसकेपछि विभेदविरूद्ध मुद्दा दर्ता गर्न लागिएको नीलकण्ठ नगरपालिका-५…

२०७५ श्रावण १७, बिहीबार ११:५८ गते  
टुनामुना गरेको आरोपमा गाउँलेद्वारा दुई जना झाँक्रीको हत्या

गङ्गाजमुना गाउँपालिका–२ लताबमा टुनामुना गरी गाउँलेलाई दुःख दिएको आरोपमा साउन ५ गते दुई जनाको हत्या भएको छ । गाउँबासीलाई टुनामुना गरेर दुःख दिएको (बोक्सी) आरोपमा गाउँलेले साउन ४ गते समेत कुटपिट गरेको र ५ गते बिहान समेत कुटपिट गरेपछि गाउँलेले वडा कार्यालयमा छलफलका लागि निवेदन दिएको भएपनि छलफल सुरू नहुँदै…

२०७५ श्रावण ६, आईतवार १९:५० गते  
बलात्कार गरेको कसुरमा गर्नेलाई १५ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई गर्भवती भएको अवस्थामा बलात्कार गरेको कसुरमा २० वर्षीय आफन्तजनलाई जिल्ला अदालतले असार ४ गते १५ वर्षकैद र २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन फैसला गरेको छ । न्यायाधीश उमेश कोइरालाको इजलासले आरोपितलाई १५ वर्षकैद गर्दै क्षतिपूर्ति दिन आदेश गरिएसँगै महिला तथा बालबालिका कार्यालयबाट पीडित बालिकालाई २ लाख ५०…

२०७५ असार ४, सोमबार २२:१७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार, पीडितको अवस्था गम्भीर

बहुअपाङ्गता भएकी २८ वर्षीया महिललाई बलात्कार गरेको आरोपमा प्रहरीले नीलकण्ठ नगरपालिका-१२ का ३५ वर्षीय बही घलेलाई असार १ गते गिरफ्तार गरेको छ । मौखिक उजुरीका आधारमा आरोपितलाई असार १ गते नै गिरफ्तार गरेको भएपनि पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असार २ गते उजुरी दर्ता गराएको छ । बौद्धिक अपाङ्ता, बहिरा…

२०७५ असार २, शनिबार २१:४६ गते  
अनेरास्ववियू क्रान्तिकारीको समूहद्वारा उच्च मावि र क्याम्पसमा आक्रमण, एक जना विद्यार्थी घाइते

नीलकण्ठ नगरपालिका-३ धादिङबेसी स्थित नीलकण्ठ बहुमूखी क्याम्पस र नीलकण्ठ उच्च माविमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको भातृ सङ्गठन अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थी कार्यकर्ताले जेठ २१ गते विद्यालयमा आक्रमण गर्दा एक विद्यार्थी घाइते भएका छन् । ५/६ जनाको समूहले विद्यालयमा ढुङ्गामुढा गरी आक्रमण गरेको थियो । आक्रमणबाट कक्षाकोठाभित्र रहेकी स्नातक तह प्रथम…

२०७५ जेष्ठ २२, मंगलवार १०:०९ गते  
इन्सेकद्वारा जिल्लाको मानव अधिकार अवस्थाका बारेमा अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को एक टोलीले धादिङ जिल्लामा जेठ १४ र १५ गते मानव अधिकारको वस्तुस्थितिको बारेमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत गल्छी गाउँपालिका-८ गोगनपानीमा रहेको बाल अधिकार चेतना समूह, मानव अधिकार निगरानी समूहसँग आर्थिक सामाजिक र सांस्कृतिक अधिकारका…

२०७५ जेष्ठ १५, मंगलवार २२:१३ गते  
कल्लेरीमा सार्वजनिक सुनुवाइ सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र गल्छी गाउँपालिकाको आयोजनामा गल्छी गाउँपालिका-२ कल्लेरीको केउरीनीमा जेठ १२ गते सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । भूकम्प प्रभावितले घर निर्माण गर्दा अनिवार्य नक्सा पास गर्न नियम लागु गरेपछि लाभग्राहीले सास्ती व्यहोर्नु परेको सार्वजनिक सुनुवाइमा सहभागी भएकाहरूले गुनासो गरेका छन् । गाउँपालिकाले तय गरेको…

२०७५ जेष्ठ १३, आईतवार २१:१५ गते  
अज्ञात समूहद्वारा इँटा भट्टामा बम विष्फोट

धुनीबेसी नपा-३ जिवनपुरमा सञ्चालित जीवनपुर इँटा उद्योगमा अज्ञात समूहले जेठ ७ गते बिहान कोही नभएको मौकामा अज्ञात समूहले इँटा भट्टामा सकेट बम विष्फोट गराएको पीडित पक्षले जनाएको छ । बम विष्फोटका कारण इँटा भट्टाको चिम्नी, जेनेरेटर, ट्याक्टरलगायतका सामग्रीमा गरी ६ लाख रुपियाँ बराबरको नोक्सानी भएको इलाका प्रहरी कार्यालय खानीखोलाका इन्स्पेक्टर…

२०७५ जेष्ठ ७, सोमबार २०:४६ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

५५ वर्षीया महिलालाई वैशाख २२ गते बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-५ का ३५ वर्षीय किरण बस्नेतविरुद्ध पीडित पक्षले जेठ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । अपाङ्गता भएकी पीडित महिलालाई बलात्कार गरेको भनी प्रहरीमा उजुरी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामबहादुर केसीले बताए । पीडित पक्षले वैशाख…

२०७५ जेष्ठ १, मंगलवार २१:२८ गते