आमाको नाममा नागरिकता बनाउन जिल्ला प्रशासनद्वारा अस्वीकार

नेपालको संविधानमा आमाको नामबाट नागरिकता दिइने कुरा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले आमालाई वंशज मान्न इन्कार गर्दै नागरिकता माग गरेकी एक महिलालाई चार महिनादेखि झुलाइरहेको खुलेको छ । 'मेरो वंशज आमा हो । बाबु थाहा छैन । संविधानमा पनि आमाको नामबाट नागरिकता दिन मिल्छ भनेर लेखिएको छ…

November 20, 2016  
पहिलो किस्ताको रकम दिएपछि मात्र छुटेकाको गुनासो सम्बोधन 

ज्यामरुङ गाविस सचिव भुवल विकले लाभग्राहीको सूचीमा रहेका भूकम्पपीडितलाई पहिलो किस्ताको रकम दिएपछि मात्र छुटेका पीडितहरूको गुनासो सम्बोधन गर्ने बताएका छन् । इन्सेक, गाउँ विकास समिति र सहयात्री समाजको संयुक्त आयोजनामा कात्तिक ३० गते ज्यामरुङ गाविसमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमका गाविस सचिवले सो कुरा बताएका हुन् । गाविसमा इन्जीनियरहरूको टोली…

November 16, 2016  
बलात्कार गरेको ठहर गर्दै ८ वर्ष ३ महिना जेल सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै ३० वर्षीय नातेदारलाई जिल्ला अदालत धादिङले कात्तिक २९ गते ८ वर्ष ३ महिना जेल सजायको फैसला सुनाएको छ । पीडित बालिकालाई बलात्कार गरेको कसुरमा आठ वर्ष र हाडनाता करणीको आरोपमा तीन महिना थप गरी ८ वर्ष ३ महिना जेल सजायको आदेश गरिएको अदालतले…

November 15, 2016  
अनुसन्धान केन्द्रले बाँडेको धान नफल्दा कृषक पीडित 

'खेतबारीको नाममा यति हो । वर्षभरि खाने अन्न यहि खेतको धान हो । अरू केही छैन । गत वर्षहरूमा ३० मुरी धान फल्थ्यो । चार्डपर्वको खर्चसमेत यहि धानबाट गर्ने गरिएको थियो । अहिले धानको बाला निस्किएपछि सबै सुकेर भुसमात्र फल्यो । अब हामी के खाएर बाँच्ने ?'-नीलकण्ठ नपा-७ तल्लोबेसीका विष्णुप्रसाद…

October 17, 2016  
आयोगद्वारा धादिङ घटनाको स्थलगत अनुगमन सुरु

जिल्ला वन कार्यालयले धादिङस्थित रेडियो धादिङ १०६ मेघाहर्ज र महिला सुरक्षित गृहमा डोजर लगाएर भत्काएको घटनाको उजुरी परेपछि राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अनुगमन सुरु गरेको छ । सुरक्षित आवास गृहमा रहेका हिंसा प्रभावित महिलालाई जिल्ला वन अधिकृत अफैंले दुर्व्यवहार गरेको र रेडियो धादिङको प्रसारण बन्द गर्ने उद्देश्यले असोज ७…

September 26, 2016  
हिंसापीडित महिला र सञ्चाकर्मीमाथि दुर्व्यवहार गरेको आरोप

नीलकण्ठ नपा-८ पुछारबजारस्थित सुरक्षित आवास गृह (सेफ हाउस) मा राखिएका हिंसा पीडित महिलालाई जिल्ला वन कार्यालय प्रमुखले दुर्व्यवहार गरेको आरोप छ । वन क्षेत्रभित्र सेफ हाउस बनाएको आरोप लागउँदै असोज ७ गते बिहान डोजर लिएर उत्तः सेफ हाउस भत्काउन पुगेका जिल्ला वन कार्यालय धादिङका प्रमुख इमानाथ पौडेलले सुतेको स्थानमै महिलाहरूलाई…

September 23, 2016  
'रहस्यमय मृत्यु' भएको घटनाको अध्ययन गर्न संसदको कार्यदल धादिङमा 

काभ्रे जिल्ला पाँचखाल नपा-६ होक्सेका १७ वर्षीय अजित मिजार ढकालको 'रहस्यमय मृत्यु' भएको घटनाको सम्बन्धमा छानबिन गर्न संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिद्वारा गठित अध्ययन कार्यदलले भदौ २३ गते धादिङमा नागरिक समाज र जिल्लाका सरोकारवालासँग छलफल गरेको छ । कार्यदलका संयोजक कमला दोङको नेतृत्वमा धादिङ आएका सांसदहरू खड्गबहादुर बस्याल,…

September 9, 2016  
बलात्कार घटनाबाट पीडित महिलालाई पशुपालन समूहबाट निस्काशन

३५ वर्षीया महिलालाई बलात्कार घटनाको उजुरी दिएको आरोपमा स्थानीय स्तरमा रहेको बाख्रा पालन समूह र भैंसी पालन समूहबाट भदौ २३ गते निस्काशन गरिएको पीडितले आरोप लगाएकी छन् । पीडित महिलालाई बसेरी गाविस-८ का ३८ वर्षीय बद्री अधिकारीले भदौ १४ गते बलात्कार गरी कुटपिट गरेको भन्दै पीडितले भदौ १८ गते जिल्ला…

September 9, 2016  
आफ्नो नाममा जग्गा नभएपछि अनुदान सम्झौता नभएको भूकम्पपीडितहरूको गुनासो

लाभग्राहीको सूचीमा आफ्नो नाम भएपनि अनुदान सम्झौता नभएपछि समस्यामा परेको धादिङको चैनपुर गाविसमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्पपीडितहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सहयात्री समाज र चैनपुर गाविसको संयुक्त आयोजना भदौ १४ गते आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्पपीडितहरूले यस्तो गुनासो गरेका हुन् । आफ्नो…

August 31, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पिडा गाविस-२ का ५९ वर्षीय हरिलाल श्रेष्ठलाई प्रहरीले ०७३ भदौ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई साउन ३२ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडित बालिकाको अभिभावकले भदौ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । मौखिक उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

August 19, 2016