नेकपाका कार्यकर्ताद्वारा ज्येष्ठ नागरिकमाथि कुटपिट

सिद्धलेक गाउँपालिका–५ का ६४ वर्षीय बुद्धिमान श्रेष्ठलाई वैशाख २२ गते घर नजिकै कुखुराको खोरमा कुखुरालाई दाना खुवाउने क्रममा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रड र खुँडा प्रहार गरी घाइते पारेका छन् । आफ्नो पार्टी कार्यकर्तालाई कुटपिट गरेको भन्दै समूहमा आएका नेकपाका कार्यकर्ताले श्रेष्ठलाई टाउकोमा रड प्रहार गरी…

May 7, 2019  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २३ वर्षीय पतिविरूद्ध पीडित महिलाले प्रहरीमा वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको छ । पीडित महिलालाई आरोपित पतिले तीन वर्ष अघिदेखि जबरजस्ती यौन सम्पर्क गर्ने गरेको र पछिललो पटक वैशाख १३ गते जबरजस्ती यौन सम्पर्क गरेर शरीमा जथाभावी टोकेर घाउ नै बनाएको…

May 4, 2019  
कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

नीलकण्ठ नगरपालिका–९ पाल्पाभञ्ज्याङ की ५३ वर्षीया छबिकुमारी लम्साललाई सोही ठाउँकी ३२ वर्षीया गीता अधिकारीले कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको भन्दै पीडितले आरोपित विरूद्ध वैशाख १८ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दर्ता गराएकी छिन् । पीडित महिलालाई आरोपितले विगत तीन वर्षदेखि धारामा पानी लिन जाँदा कथित बोक्सीको आरोप लागाएर…

May 2, 2019  
मानव अधिकारकर्मीहरूद्वारा प्रहरी हिरासतको अनुगमन

नेपाल प्रहरीको हिरासतमा राजनीतिक बन्दीको रूपमा रहेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूबारे जानकारी लिनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपाल मानव अधिकार सङ्गठनका प्रतिनिधि सम्मिलित एक टोलीले वैशाख १५ गते हिरासतको अनुगमन गरेको छ । नेपाल मानव अधिकार सङ्गठनका केन्द्रीय सदस्य कृष्ण दाहाल, जिल्ला अध्यक्ष…

April 29, 2019  
जिल्ला अस्पतालमा स्वास्थ्य सेवा ठप्प हुँदा बिरामी मर्कामा

जिल्ला अस्पताल धादिङमा स्वास्थ्यकर्मीहरूले इमरजेन्सी सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्दा बिरामीहरू मर्कामा परेका छन् । गत चैत २२ गते देखि देशभरका सरकारी चिकित्सकहरूको आन्दोलनका कारण धादिङ जिल्ला अस्पतालमा पनि तीन जना डाक्टरसमेत अन्य स्वास्थ्यकर्मीहरूले इमरजेन्सी बाहेकका सम्पूर्ण सेवा बन्द गर्दा दैनिक १ सय भन्दा बढी बिरामी आउने अस्पतालकमा…

April 13, 2019  
गाउँपालिका सदस्यमाथि कुटपिट

त्रिपुरासुन्दरी गाउँपालिका–६ निवासी गाउँपालिकाका सदस्य ३२ वर्षीय निरबहादुर बिकलाई चैत २४ गते कार्यालय समयपछि घर फर्कँर्दै गर्दा सोही गाउँपालिका–२ का २३ वर्षीय सुजन तामाङले कुटपिट गरेको भन्दै चैत २५ गतेदेखि अनिश्चितकालका लागि त्रिपुरासुन्दरी गाउँपालिकाका कार्यपालिका सदस्यहरूले कार्यालयमा ताला लगाएका छन् । कुटपिटपछि घाइते भएका पीडितको उपचार जिल्ला अस्पताल धादिङमा गरेपछि…

April 8, 2019  
घरेलु हिंसा पीडित महिलाद्वारा पतिविरुद्ध अदालतमा मुद्दा दर्ता

पतिले कुटपिट तथा दुव्र्यवहार गरेको भन्दै नीलकण्ठ नगरपालिका–१२ की ३० वर्षीया सञ्जु ढकाल लम्सालले ३१ वर्षीय पति कृष्ण लम्सा विरूद्ध चैत २० गते जिल्ला अदालत धादिङमा घरेलु हिंसा सहित सम्बन्ध विच्छेद तथा माना चामलमा मुद्दा दर्ता गराएकी छन् । निजी विद्यालयका शिक्षक समेत रहेका पतिले रक्सी खाएर पटकपटक आफूलाई कुटपिट…

April 4, 2019  
बालविवाह घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई फागुन २३ गते नीलकण्ठ नगरपालिका–५ का १९ वर्षीय सागर रोक्कासँग बालविवाह गराउन लागेको आरोपमा बेहुला सहित ४६ वर्षीय बेहुलाका बाबु गोपी रोक्का र पीडित बालिकाका ४५ वर्षीय बाबुलाई सोहिदिन गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालका एसपी राजकुमार बैदवारले जानकारी दिए । पीडितकी आमाले आरोपितहरू विरूद्ध २३ गते जिल्ला…

March 11, 2019  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

आठ वर्षीया छोरीलाई बलात्कारपछि मारिदिने धम्की दिएर घटना लुकाएको आरोपमा ४५ वर्षीय बाबुविरूद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा फागुन २१ गते उजुरी परेको छ । आरोपितले झड्केलो छोरीलाई ०७५ पुस २९ गते पछिल्लो पटक बलात्कार गरेको घटना पीडित बालिकाकी आमा आफैँले देखेको र घटनापछि मरिन्छ भन्ने डरले लुकाएर राखेता पनि आरोपितलाई…

March 6, 2019  
महिलाको हत्या गरी बालक फरार

नीलकण्ठ नगरपालिका–१४ की २५ वर्षीया मोनिका आलेमगरलाई सोही वडाको धुवाकोटको रातमाटेमा माघ ८ गते भतिज नाता पर्ने  १६ वर्षीय बालकले खुकुरी प्रहार गरी हत्या गरेको पीडित पक्षको आरोप छ । बिहान घरबाट घाँस लिन बाहिर निस्किएकी आले मगरलाई खुकुरी प्रहार गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार महतोले बताए…

January 22, 2019