एकल महिला सुरक्षाकोषले चार वर्षदेखि महिलाको पक्षमा काम गर्न सकेनः आयोगकी सदस्य लिलि थापा

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिलि थापाले एकल महिलाका सवालमा सरकारले काम नगरेको आरोप लगाउँदै एकल महिलाहरूको सवालमा राज्यले मानव अधिकारको हनन् गरेको बताउनु भएको छ । मानव अधिकारका लागि महिलाः एकल महिलाको ३२ औँ केन्द्रीय साधारणभाको अवसरमा ०८० असोज ११ गते धादिङबेसीमा आयोजित पत्रकार सम्मेलन तथा साधारणसभा उद्घाटनको अवसरमा…

September 28, 2023  
कुटपिट घटनाको विरोधमा पीडित पक्षद्वारा गाउँपालिका कार्यालयमा धर्ना

सामुदायिक विद्युतीकरणमा भएको चरम अनियमितताबारे न्यायिक समितिमा छलफल गरेर निस्किएका गल्छी गाउँपालिका-५, सागिनेका २८ वर्षीय सुजन थिङमाथि भएको कुटपिटको विरोधमा पीडित पक्षले असोज ८ गते गल्छी गाउँपालिका कार्यालयमा धर्ना दिएका छन् । उपभोक्ताहरूको तर्फबाट छलफलमा सहभागी थिङलाई छलफल सकिएर बाहिर निस्कने बित्तिकै कुटपिट गरेकोले घाइते भइ काठमाडौँ स्थित नेपाल नेशनल…

September 26, 2023  
ज्येष्ठ नागरिक हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

सिद्धलेक गाउँपालिका-६ का ७२ वर्षीय हरिप्रसाद सिलवाललाई आफूहरूमाथि अमानवीय व्यवहार गर्दा खुकुरी प्रहार गरी हत्या प्रयास गरेकाे आरोपमा सोही ठाउँकी ३७ वर्षीया पार्वती सिलवाल र उहाँकी देवर ३५ वर्षीय कुमार सिलवाललाई प्रहरीले ०८० असाेज ६ गते गिरफ्तार गरेकाे छ । पीडितलाई आरोपितहरूले असोज ६ गते खुकुरी प्रहार गरी हत्या प्रयास…

September 25, 2023  
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले भदौ २८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका…

September 24, 2023  
एसिड प्रहार घटनाका आरोपित गिरफ्तार

बेनिघाट रोराङ गाउँपालिका-३, रातमाटाका १८ वर्षीय दिपेश क्षेत्री र कात्राकका ६३ वर्षीय डम्बर बहादुर पुलामीलाई ०८० असोज २ गते एसिड प्रहार गरेको आरोपमा गजुरी गाउँपालिका-२, मलेखुमा सञ्चालित भद्रकाली सुनचाँदी पसलका सञ्चालक ३२ वर्षीय प्रविण विकलाई प्रहरीले असोज २ गते गिरफ्तार गरेको छ । भद्रकाली सुनचाँदी पसलमा पीडितहरूले मादक पदार्थ सेवन…

September 19, 2023  
जिल्ला अदालतमा मुद्दा फैसला भएको लामो समय बितिसक्दा पनि कैदी पुर्जी नपाउँदा अन्यौलमा

जिल्ला अदालतमा मुद्दा फैसला भएको लामो समय भइसक्दा पनि धादिङ कारागारका धैरै कैदीले हालसम्म कैदी पुर्जी नपाएपछि अन्यौलमा परेका छन् । जिल्ला अदालतले मुद्दाको फैसला गरेपछि अपराधमा संलग्न कैदीलाई कैदको समय उल्लेख गरी कैदी पुर्जी दिनुपर्ने कानुनी प्रावधान भए पनि ४२ जना पुरुष कैदीले कैदी पुर्जी नपाएको गुनासो गर्दै वकिलहरू…

September 11, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नीलकण्ठ नगरपालिका-४ का ३३ वर्षीय पुर्णबहादुर श्रेष्ठलाई प्रहरीले ०८० भदौ २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २० गते नीलकण्ठ नगरपालिका-८ को जङ्गल क्षेत्रमा र सिद्धलेक गाउँपालिका-६ को कच्ची सडकमा बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ २० गते…

September 7, 2023  
जातीय छुवाछुत घटनाका आरोपितविरूद्ध उजुरी

नेत्रावती डबजोङ गाउँपालिका-४, थर्पुका २३ वर्षीय विकास परियार र २८ वर्षीय ध्रुब दमैलाई जातीय छुवाछुत तथा दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले थर्पुमा पसल सञ्चालन गर्ने कुण्डलादेबी माविका शिक्षक अम्मर श्रेष्ठ, उहाँकी पत्नि ३५ वर्षीया कोपिला श्रेष्ठ र पटक पटक जेल सजाय भोगेका २९ वर्षीय अनिल श्रेष्ठविरूद्ध जिल्ला प्रहरी कार्यालयमा ०८०…

September 6, 2023  
अविरल वर्षातका कारण ठाउँठाउँमा पहिरो जाँदा स्थानीय बासिन्दाको जनजीवन प्रभावित

अविरल वर्षातका कारण ठाउँठाउँमा पहिरो जाँदा उत्तरी धादिङमा रहेका स्थानीय बासिन्दाको जनजीवन प्रभावित बनेको छ । वर्षातका कारण नदी तथा खोला र नालामा पानीको बहाव बढेपछि सडक बाटो कटान गर्नुका साथै धनजनको क्षति पुर्‍याएको हो । उत्तरी धादिङको तिप्लिङसम्म सदरमुकाम धादिङबेसीले जोड्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा मानिस डिँड्ने बाटो समेत…

August 31, 2023  
त्रिपालको भरमा रात काट्दै छन् रिगाउँका विस्थापित

उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका-१, रिगाउँबासी घर छाडेको एक साता बितिसक्दा पनि त्रिपालको भरमा बस्न बाध्य भएका छन् । बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी महिलाहरू समेत त्रिपालको भरमा रात बिताइरहेकोले स्थानीय सरकार, जिल्ला विपद व्यवस्थापन समितिको ध्यान जान नसकेपछि सामस्या हुन थालेको छ । रिगाउँमा गाउँको माथिबाट गाउँ नै बग्ने गरी…

August 21, 2023