पहिरोको जोखिम मोल्दै विद्यालय जान बाध्य बालबालिका

निरन्तरको वर्षा र केही दिनदेखिको पहिरो र बाढी समेत आउन थालेपछि पनि विद्यालयहरूले कक्षा सञ्चालन गरिरहँदा विद्यार्थीहरूले जोखिम मोलेर विद्यालय जान बाध्य भएका छन् । धादिङबेसीबाट दार्खा पुग्ने बाटो किन्ताङफेदीमा पहिरोले एक हप्ता अघिदेखि बाटो बन्द भएपछि सवारी साधन उत्तरतर्फ जान पाएको छैन । नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १…

२०८१ भाद्र २०, बिहीबार १२:४१ गते  
बलात्कारको कसुरमा १२ वर्ष ८ महिना कैद सजायकाे फैसला

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई ०८१ भदौ १६ गते जिल्ला अदालत धादिङले १२ वर्ष ८ महिना कैद सजायकाे फैसला सुनाएकाे छ । जिल्ला न्यायाधीश गोपालप्रसाद बस्तोलको इजलासले कसुरदार १८ वर्ष मुनिको बालक भएकोले १२ वर्ष ८ महिना कैद साथै ४ लाख ७३ हजार १ रुपियाँ क्षतिपूर्ति…

२०८१ भाद्र १७, सोमबार ०९:३३ गते  
सूचनाको हक उपलब्ध नगराएर घेराबन्दीमा राखेको भन्दै जिल्ला प्रशासनमा उजुरी

सूचना माग्न गएपछि राज्यले गोप्य राख्नु पर्छ भनेका सूचना बाहेकका सूचना दिनुपर्ने संवैधानिक व्यवस्था भए पनि सिद्धलेक गाउँपालिकाले माग गरिएको सूचना नदिएर आफूहरूमाथि संविधान विपरीत काम गरेको र मानव अधिकारको उल्लङ्घन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय धादिङमा पीडितहरूको तर्फबाट ०८१ भदौ १२ गते उजुरी गरिएको छ । सिद्धलेक गाउँपालिका –५…

२०८१ भाद्र १४, शुक्रबार १२:१९ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय धादिङले साउन २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई साउन १० गते गुल्मी जिल्ला इस्मा गाउँपालिका–२ निवासी ३२ वर्षीय फुर्साबहादुर मुखियाले बलात्कार गरेको उजुरी साउन २७ गते दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी मकेन्द्रकुमार मिश्रले…

२०८१ श्रावण २८, सोमबार १६:५५ गते  
गर्भवती पत्नीको हत्या घटनाका आरोपित गिरफ्तार

गल्छी गाउँपालिका–६ महेशदोभानमा अस्थायी बसोबास गर्ने ३२ वर्षीया निशा क्षेत्री मगरको हत्या गरेको आरोपमा पीडित पक्षले भारत दार्जलिङ घर भएका ४९ वर्षीय प्रकाश मगरविरुद्ध इलाका प्रहरी कार्यालय गजुरीमा साउन २२ गते कर्तव्य ज्यानसम्बन्धी उजुरी दिएको छ । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–२ माइती भएकी निशा र प्रकाश गल्छी गाउँपालिका–६ बैरेनी महेशदोभान…

२०८१ श्रावण २३, बुधबार १४:१७ गते  
समस्यामा परेका तिनघरेका दलित  बालबालिकालाई सहयोग 

बुवाको मृत्यु भएको र आमा विदेश गएपछि खान लाउन मात्र हैन विद्यालयमा जान समेत समस्यामा परेका तीन जना बालबालिका सहित गरिबीका कारण कष्टकर जीवन विताईरहेका सात जना बालबालिकालाई सहयोगीहरूको सहयोगमा कपडा जुत्ता, स्टेसनरी र खाद्यान्न उपलब्ध गराईएको छ । नीलकण्ठ नगरपालिका वडा नं २ स्थित अन्नपुर्ण आधारभुत विद्यालयका सात जना…

२०८१ श्रावण १४, सोमबार १५:१२ गते  
भोकै विद्यालय जानु पर्ने बाध्यतामा दलित समूदायका बालबालिका

नीलकण्ठ नगरपालिकाबाट नगरपालिका कार्यालयबाट सात किलोमिटरको दुरीमा रहेको तीनघरे गाउँका दलित समूदायका बालबालिका गरिबीका कारण भोकै विद्यालय जानु बाध्य छन् भने लगाउने लुगा अभावले च्यातिएको लुगामा गुजारा गरिरहेका छन् । नीलकण्ठ नगरपालिकाले निशुल्क शिक्षाको घोषणा गरेर कार्यान्वयन गरेको छ । गरिबीहरूका लागि धेरै योजनाहरू लयाएको छ । दलित समूदायबाट नीलकण्ठ…

२०८१ श्रावण ४, शुक्रबार १०:३६ गते  
रोम विधान पारित मार्न नागरिक समाजको आग्रह

इन्सेक जिल्ला प्रतिनिधि सहित नागरिक समाज तथा मानव अधिकारकर्मीहरूले ०८१ साउन ३ गते अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधान पारित गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि…

२०८१ श्रावण ३, बिहीबार १२:३५ गते  
मानव बेचबिघनको कसुरमा कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई मानव बेचबिखन तथा ओसारपासार र  सङ्गठित अपराध गरेको कसुरमा पाँच जनालाई जिल्ला अदालतले ०८१ असार २८ गते कैद र जरवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश गोपाल प्साद बास्तोलाको ईजलासले मानव बेचविखन तथा ओसारपसार र सङ्गठित अपराधका दुई छुट्टाछुट्टै मुद्दामा ८ जना मध्ये ती जनालाई सफाई दिएको…

२०८१ असार ३१, सोमबार १०:४४ गते  
मानव बेचबिखन तथा ओसारपसार कसुरमा पाँच जनालाई कैद र जरिवानाको फैसला 

१६ वर्षीया बालिकालाई मानव बेचविखन तथा ओसारपसार र  संगठित अपराधको कसुरमा धादिङका पाँच जना कसुरदारलाई जिल्ला अदालत धादिङले ०८१ असार २८ गते कैद र जरवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासले मानव बेचबिखन तथा ओसारपसार र संगठित अपराधका दुई छुट्टाछुट्टै मुद्दामा आठ जना मध्ये तीन जनालाई…

२०८१ असार २९, शनिबार ०९:१० गते