अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को अर्धवार्षिक पूर्व समीक्षा ०७९ असार १५ गते चरिकोटमा सम्पन्न भयो । इन्सेक प्रतिनिधि उद्धव पोखरेलले सन् २०२३ को ६ महिनाको अवधिमा जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । जसमा ६…

June 30, 2022  
शैक्षिक सत्र सुरु भए पनि विद्यार्थीले पाठ्यपुस्तक पाएनन्

जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयले नयाँ शैक्षिक सत्र सुरु भएसँगै जेठ १ गतेदेखि नियमित कक्षा सञ्चालन गरेका छन् । तर सामुदायिक विद्यालयका विद्यार्थीले भने अझै पाठ्यपुस्तक पाएका छैनन् । वैशाखभित्र नयाँ भर्ना अभियान सकेर जेठ १ गतेदेखि पठनपाठन सुरु गरेका विद्यालयले कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन सकेका छैनन् ।…

May 31, 2022  
इन्सेकका अध्यक्षबाट कार्यक्रम अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मानव अधिकार संरक्षन र सम्बर्द्धनका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रमको इन्सेक अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले ०७९ जेठ १२ गते अनुगमन गर्नु भएको छ । अध्यक्ष श्रेष्ठले कुटिडाडा मावि, मकैबारीको बाल अधिकार चेतना समूह, शिक्षकहरूसँग सामुदायिक विद्यालयमा निशुल्क र अनिवार्य शिक्षामा रहेको…

May 27, 2022  
कुटपिटका घटनामा संलग्न भएको आरोपमा प्रहरीद्वारा एक जना गिरफ्तार

तामाकोशी गाँउपालिका–६ च्यामाका नेकपा एमाले कार्यकर्ता बिजुलीप्रसाद शर्मालाई कुटपिट गरेको आरोपमा  नेपाली कांग्रेसका कार्यकर्ता प्रहरीले ०७९ वैशाख २८ गते ढालकाजी फुयाललाई गिरफ्तार गरेको छ । बाघखोर बजारमा होहल्ला गर्ने गठबन्धनका कार्यकर्तालाई स्थानीय बासिन्दा उठेर किन हल्ला गरेको भनेर प्रतिवाद गर्दा गठबन्धनका कार्यकर्ताले स्थानीय बिजुलीप्रसाद शर्मा माथि आक्रमण गरी घाइते पारेको…

May 12, 2022  
तामाकोशी गाउँपालिकाबाट मतदाता परिचय पत्र लिएर फरार वडा अध्यक्ष गिरफ्तार

तामाकोशी गाउँपालिकास्थित भिरकोट मतदान केन्द्रबाट मतदाता परिचयपत्र लिएर फरार भएका सोही पालिका वडा नं. १ का वडा अध्यक्ष महेश काफ्लेलाई प्रहरीले वैशाख २९ गते गिरफ्तार गरेको छ । तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटस्थित वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रबाट वैशाख २८ गते दिउँसो १ सय २५ जनाको मतदाता परिचयपत्र…

May 12, 2022  
वडा अध्यक्षद्वारा मतदान केन्द्रमा वितरण गर्न राखिएका मतदाता परिचय पत्र कब्जा

तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटमा रहेको मतदान केन्द्रमा वितरणका लागि राखिएका मतदाता परिचय पत्र वैशाख २८ गते दिउँसो सोही वडाका वडा अध्यक्षले कब्जामा लिएर फरार भएका छन् । मतदान केन्द्रमा वितरणका लागि लगिएका १ सय २५ ओटा मतदाता परिचय पत्र बोकेर वडा अध्यक्ष महेश काफ्लेले फरार भएको जिल्ला प्रहरी…

May 12, 2022  
जिरी नगरपालिका प्रवेश गरेका १९ जना अपरिचित व्यक्तिहरू गिरफ्तार

इलाका प्रहरी कार्यालय, जिरीले ०७९ वैशाख २७ गते राति लिङ्कन बजारबाट १९ जना अपरिचित व्यक्तिलाई गिरफ्तार गरेको छ । भ्यान, बोलेरो, स्कारपियो लगायतका पाँच ओटा सवारी साधनमा जिरी आएको सो समूह शंकास्पद लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिरी पुगेपछि पनि गाडी भित्रै लुकेर बसेको देखिएपछि प्रहरीलाई खबर गरेको…

May 11, 2022  
कालिञ्चोक गाउँपालिकामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, दुई जना घाइते

कालिञ्चोक गाउँपालिकामा ०७९ वैशाख २७ गते नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ मा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । झडपमा परी एमालेका कार्यकर्ता राजेन्द्र कार्की र कांग्रेसका कार्यकर्ता क्षत्र कार्की घाइते भएका छन् । घाइतेमध्ये…

May 11, 2022  
स्थानीय निर्वाचनलाई प्रभावित पार्न बाहिरी जिल्लाबाट आएका १० जना गिरफ्तार

स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचनलाई प्रभावित पार्न तामाकोसी गाउँपालिका वडा नं. २ झुले प्रवेश गरेका बाहिरी जिल्लाका गैरमतदाता रहेका १० जना व्यक्तिलाई प्रहरीले वैशाख २५ गते गिरफ्तार गरेको छ । स्थनीय तहको निर्वाचन प्रभावित बनाउन गैरमतदाता गाउँमा प्रवेश गरेको पाइएपछि स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्…

May 9, 2022  
आवासको अधिकारसम्बन्धमा सरोकारवालासँग सेवा प्रवाहको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा ०७८ चैत १८ गते भीमेश्वर नगरपालिकामा आवासको अधिकारसम्बन्धी सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मानव अधिकार समूह भीमेश्वर नगरपालिकाको आयोजना तथा इन्सेकको सहयोगमा जिल्ला सदरमुकाम चरिकोटमा सो कार्यक्रम सम्पन्न गरिएयो । कार्यक्रमका सहभागीहरूले आवास अधिकारका सम्वन्धमा सचेतनाका कार्यक्रम नभएको, २०७२…

April 1, 2022