चरिकोट कारागारमा कैदीद्वारा आत्महत्या !
पत्नीको हत्या गरेको कसुरमा कैद सजाय भोगिरहेका जिरी नगरपालिका–९ ठुलोपातलका ३८ वर्षीय तस्वीर तमाङले वैशाख १७ गते चरिकोट कारागार भित्रै झुण्डिएर आत्महत्या गरेका छन् । तस्वीरले ०७५ मङ्सिर १० गते घरायसी विवादमा दाउराको चिर्पट प्रहार गरेर ३३ वर्षीय पत्नी राममाया तमाङको हत्या गरेका थिए । जिल्ला अदालत दोलखाले ०७६ वैशाख…
अपाङ्गता भएका छोराको हत्या आरोपमा बाबु गिरफ्तार
शैलुङ गाउँपालिका–४ मागापौवाका २२ वर्षीय अपाङ्गता भएका बेदबहादुर रेग्मीको हत्या गरेको आरोपमा प्रहरीले ४४ वर्षीय बाबु चुडाबहादुर रेग्मीलाई वैशाख ११ गते गिरफ्तार गरेको छ । वैशाख ११ गते बिहान शैलुङ गाउँपालिकाको खहरे खोलामा एक व्यक्तिको शव रहेको भनी स्थानीयले जानकारी दिएपछि इलाका प्रहरी कार्यालय मागापौवाबाट गएको प्रहरी टोलीले उक्त शव…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४० वर्षीय बाबुलाई वैशाख ४ गते प्रहरीले गिरफ्तार गरेको छ । विगत सात वर्षदेखि आफू बलात्कृत हुँदै आएको र ०७५ पुस ८ गतेसम्म बाबुले बलात्कार गरेको भन्दै पीडित बालिकाले वैशाख ४ गते जिल्ला प्रहरी कार्यालय, चरिकोटमा उजुरी दिएकी छन् । पीडित बालिकाको उजुरीका…
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
१३ वर्षीया बालिकालाई चैत १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा बिगु गाउँपालिका-३ का ३१ वर्षीय सुरेश बिकविरुद्ध चैत १७ गते जिल्ला प्रहरी कार्यालय, दोलखामा उजुरी दर्ता गरिएको छ । पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई प्रहरीले चैत १६ गते गिरफ्तार गर्यो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १६ गते प्राथमिक…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिरी नगरपालिका-८ का १९ वर्षीय सन्दीप भन्ने साम्तेन तामाङलाई प्रहरीले २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २३ र २४ गते जिरी नगरपालिका-५ स्थित होटलमा बलात्कार गरेको भन्दै पीडितपक्षले आरोपितविरुद्ध २९ गते जिल्ला प्रहरी कार्यालय, दोलखामा उजुरी दिएका थिए । प्रहरीले…
पत्नी हत्या घटनाका आरोपितद्वारा कारागारमा झुण्डिएर मृत्यु
पत्नीको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कालिञ्चोक गाउँपालिका–५ का २४ वर्षीय च्याङा शेर्पाले माघ १५ गते राति चरिकोट कारागार भित्र भुण्डिएर आत्महत्या गरेका छन् । २७ वर्षीया पत्नी लक्की भनिने सकिनी शेर्पालाई कर्तव्य गरी हत्या गरेको अभियोगमा प्रहरीले गत पुस २० गते शेर्पालाई गिरफ्तार गरेको थियो । जिल्ला अदालतको…
भतिजको हत्या गरेको कसुरमा जन्मकैदको सजाय
शैलुङ गाउँपालिका–८ का १० वर्षीय कुशल बिकको हत्या गरेको कसुरमा २५ वर्षीय काका उमेश बिश्वकर्मालाई जिल्ला अदालतले पुस १३ गते जन्मकैद (२५ वर्ष) को फैसला सुनाएको हो । न्यायाधीश तेजबहादुर खड्काको इजलासले सो फैसला गरेको जिल्ला अदालतले जनाएको छ । उनलाई अदालतले ०७५ असोज २१ गते कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका…
नगरपालिकालाई बालमैत्री बनाउन प्रतिबद्ध छौँ–उप प्रमुख बस्नेत
भीमेश्वर नगरपालिकालाई बालमैत्री बनाउन प्रतिबद्ध रहेको र यस अभियानलाई सफल बनाउन सबै पक्षको भूमिका आवश्यक पर्ने भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले बताएकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा चरिकोटमा पुस १२ र १३ गते बाल अधिकार चेतना समूहका पदाधिकारी र सदस्यहरुका लागि आयोजित क्षमता अभिबृद्धि तालिमको उद्घाटन समारोहमा…
विकासमा नागरिक समाज र सञ्चारकर्मीको भूमिका फराकिलो पार्नुपर्छः नागरिक अभियन्ता
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ को आयोजनामा पुस १० गते चरिकोटमा विकासमा नागरिक समाज र सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया सम्पन्न भयो । कार्यक्रममा हुराडेक नेपाल दोलखाका अध्यक्ष होम पाठकले नागरिक समाजको अवधारणा, नागरिक समाज के हो ? नागरिक समाजमा कोको हुन सक्छन् ?, नागरिक समाजको आज सम्मको भूमिका,…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
जिरी नगरपालिका–९ ठुलोपातलकी ३३ वर्षीया पत्नी राममाया तमाङको हत्या गरी फरार भएका ३५ वर्षीय पति तस्बिर तमाङलाई मङ्सिर १२ गते प्रहरीले रामेछापबाट गिरफ्तार गरेको जनाएको छ । मङ्सिर १० गते बेलुकी पति पत्नीबिच झगडा हुँदा काठको मुस्ली (आग्लो) ले टाउको, अनुहार र शरीरमा प्रहार गरी मारेर तस्बिर तमाङ फरार रहेका…