बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई फागुन २१ गरे बलात्कार गरेको आरोपमा पीडित पक्षले गौरीशङ्कर गाउँपालिका-३ का २३ वर्षीय छिरिङ शेर्पाविरुद्ध फागुन २३ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको छ । पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई प्रहरीले फागुन २२ गते घरैबाट गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जीवन श्रेष्ठले बताउनु…

२०८० फाल्गुन २५, शुक्रबार १२:२१ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिरी नगरपालिकास्थित जेम एकेडेमीका प्रधानाध्यापक भक्तराज बोहोरालाई प्रहरीले ०८० फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले विद्यालयको होस्टलमा पटक पटक यौन दुर्व्यवहार गर्दै आएको र सो घटना सार्वजनिक भएपछि विद्यार्थीले नारावाजी सहित प्रधानाध्यापकको कार्यकक्ष तोडफोड गरेका छन् । घटनाका आरोपित…

२०८० फाल्गुन ४, शुक्रबार १७:११ गते  
ड्युटिमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोप

जिरी नगरपालिका-८ मा रहेको जिरी अस्पतालका प्रमुख डा. रञ्जित झा सहित ड्युटिमा खटिएका स्वास्थ्यकर्मीले आफूहरूमाथि जिरी नगरपालिका-८ का वडा अध्यक्ष कृष्णकुमार खत्रीले दुर्व्यवहार गरेको आरोप लगाएका छन् । जिरी अस्पतालमा ०८० फागुन २ गते विष सेवन गरी बिरामी परेर अस्पताल लगिएका जिरी नगरपालिका-८ का १६ वर्षीया जीवन खत्रीको थप उपचारको…

२०८० फाल्गुन ४, शुक्रबार १४:५२ गते  
कारागार प्रमुखले कैदीबन्दीहरूलाई दुर्व्यवहार गरेको आरोप

जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूले कारागार प्रमुख रामकृष्ण घिमिरेले आफूहरूमाथि दुर्व्यवहार गरेको आरोप लगाएका छन् । राज्यले दिने सुविधामा समेत आफूहरूले पैसा तिर्नु परेको गुनासो गर्दा कारागार प्रमुखले दिएको जिम्मेवारी खोस्ने, अन्यत्र पठाइदिने लगायतका धम्की दिँदै मानसिक त्रासमा राख्ने गरेको कैदीबन्दीहरूको आरोप छ । जिल्ला कारागारका नाइके बिष्णु तामाङले कारागार प्रमुख…

२०८० माघ २९, सोमबार १९:०३ गते  
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चितवनको भरतपुर महानगरपालिका-५ का ३४ वर्षीय रमेशलाल श्रेष्ठ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० माघ १७ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते पीडितको घरको कोठामा बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १४ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको…

२०८० माघ १८, बिहीबार ११:३६ गते  
स्थानीय सरकारका लागि मानव अधिकारमुखी पद्धती विषयक अन्तरक्रिया कार्यक्रम सुरु

राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय कार्यालयको आयोजनामा स्थानीय सरकारका लागि मानव अधिकारमुखी पद्धती विषयक अन्तरक्रिया कार्यक्रम ०८० माघ ८ गते चरिकोटमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा भीमेश्वर नगरपालिकाका प्रमुख इश्वरनारायण मानन्धरले यस कार्यक्रमले अधिकारबाट वञ्चितीकरणमा परेका समुदायका सवाल पहिचान गरी आगामी कार्यक्रममा समावेश गर्न र उनीहरूलाई मानवोचित व्यवहार…

२०८० माघ ९, मंगलवार ०९:२२ गते  
जिल्लामा मानव अधिकारको अवस्था बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय कार्यालयको आयोजनामा ०८० पुस १९ गते मानव अधिकारको अवस्था बारे अन्तरक्रिया कार्यक्रम चरिकोटमा सम्पन्न भएको छ । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय कार्यालयका उपसचिव तथा कार्यक्रमको अध्यक्ष मोहनदेव जोशीले नेपाल सरकारको पाँचौ राष्ट्रिय मानव अधिकार कार्ययोजनाका बारेमा जानकारी गराउँदै त्यसको सोँच,…

२०८० पुष २०, शुक्रबार २०:३६ गते  
इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगको टोलीद्वारा जिल्ला कारागारको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानव अधिकार आयोगको टोलीले ०८० पुस १३ गते जिल्ला कारागारको स्थलगत अनुगमन गरेको छ । उक्त जिल्ला कारागारको अनुगमनको क्रममा कारागारका प्रमुख र चौकीदार नाइकेहरू तथा कैदीबन्दीहरूसँग छलफल गरी कारागार तथा कैदीबन्दीहरूको अवस्थाको बारेमा जानकारी लिइएको हो । जिल्ला कारागारका कार्यालय प्रमुख रामकृष्ण घिमिरेले…

२०८० पुष १५, आईतवार २१:३७ गते  
इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग र नागरिक समाज बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालय र नागरिक समाज बिच अन्तरक्रिया कार्यक्रम ०८० पुस १५ गते चरिकोटमा सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा जिल्लाका कानुन व्यवसायीहरूले प्रहरी हिरासतमा यातना बढेको, हिरासतमा रहेकाहरूले आफन्तलाई सहज ढङ्गले भेटघाट गर्न नपाएको बारेमा भनाई राखेका थिए । जिल्लामा बलात्कार र बलात्कारका…

२०८० पुष १५, आईतवार २०:३४ गते  
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

कालिन्चोक गाउँपालिका-३ की ७८ वर्षीया कृष्णमाया बुढाथोकीलाई घरायसी विवाद हुँदा कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका छोरा ३५ वर्षीय दिपक बुढाथोकी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० पुस १३ गते उजुरी दर्ता भएको छ । पीडितलाई आरोपितले पुस १० गते सामान्य विवादमा लाठी प्रहार गरेर कुटपिट गरी फरार भएका थिए…

२०८० पुष १४, शनिबार २१:०० गते