दोलखाको तामाकोशी जनज्योती मावि मतदान केन्द्रमा झडप
दोलखाको तामाकोशी गाउँपालिका ५ स्थित जनज्योति माविमा रहेको मतदान केन्द्रमा नेकपा माओवादी केन्द्र तथा नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्यकर्ता बिच वैशाख ३१ गते झडप भएको छ । मतदाताहरूलाई मतदान गर्न दुवै पक्षले अवरोध गर्ने क्रममा उनीहरुबिच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर गरेको…
दोलखाको तामाकोशी गाउँपालिका स्थित झुले मतदान केन्द्रमा झडप
दोलखाको तामाकोशी गाउँपालिका-२ स्थित झुले मतदान केन्द्रमा नेपाली काङ्ग्रेस तथा माओवादी केन्द्र र एमाले कार्यकर्ताबिच वैशाख ३१ गते बिहान झडप भएको छ । मतदातालाई मतदान केन्द्रमा आउन दुवै पक्षका कार्यकर्ताले अवरोध गरेका कारण दुई पक्षबिच झडप भएको जनाइएको छ । झडपमा नेपाली काङ्ग्रेसका कार्यकर्ता अशोक कार्कीलगायत तीन जना काङ्ग्रेसका कार्यकर्ता…
काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप, एमाले कार्यकर्ता अपहरणमा
तामाकोशी गाउँपालिका-६ च्यामामा चुनाव चिन्हका बारेमा मतदातालाई सिकाउँदै हिड्ने क्रममा काङ्ग्रेस र एमाले कार्यकर्ताबिच वैशाख २९ गते साँझ झडप भएको छ । च्यामा पोखरेस्थित काङ्ग्रेस कार्यकर्ता पवनराज खड्काको घर नजिक झडप हुँदा काङ्ग्रेसका कार्यकर्ताले सोही गाउँपालिकाका एमाले उपाध्यक्षका उम्मेदवार उर्मिला केसीका पति शान्त केसीलाई अपहरण गरी लुकाएकोमा वैशाख ३० गते…
माओवादी केन्द्र– एमाले झडपमा एकको मृत्यु
दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा गएराति नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का कार्यकर्ताबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ भने करिब आधा दर्जन घाइते भएका छन् । गौरीशङ्कर गाउँपालिका–१ जुँगु दहबारीमा भएको झडपमा ३३ वर्षीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको हो । मृतक तामाङ स्थानीय हुप्पा गाउँ निवासी हुन् ।…
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालका बारेमा सेवा प्रदायक र सेवाग्राहीबिच चैत २९ गते जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम चरिकोटमा सम्पन्न भएको छ । कार्यक्रममा मानव अधिकार निगरानी समूह बोचका संयोजक नारायण बस्नेतले कृषि तथा पशुसेवा कार्यालयमार्फत वितरण हुने अनुदान सहयोग गाउँका टाठाबाठा र पहुँचवालाले…
सार्वजनिक सुनुवाइमा उठ्यो सुरक्षाको सवाल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ६ गते दोलखाको सुस्पाक्षमावती गाविस-१ पानीपोखरीमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा सहभागी भूकम्पपीडित महिलाहरूले सुरक्षाको सवाललाई जोडतोडका साथ उठाएका छन् । टहरामा सिङ्गो परिवार बस्नु परेकाले कपडा फेर्नसमेत असहज हुने गरेको सहभागी महिलाहरूले गुनासो गरे । 'बिहान बेलुकी कपडा बदल्न नजिकैको जङ्गल जाने गरेका…
दोलखामा मानव अधिकार अवस्थाबारे छलफल
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर दोलखामा मानव अधिकारको वर्तमान अवस्थाका बारेमा छलफल गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सचेतन् तथा विकास केन्द्र (हुराडेक) नेपालले संयुक्त रूपमा आयोजना गरेको मानव अधिकारको वर्तमान अवस्था विषयक अन्तरक्रियामा इन्सेक दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलले मानव अधिकारको वर्तमान अवस्थाको…
कथित बोक्सीको आरोपमा अभक्ष खुवाउन प्रयास गर्ने गिरफ्तार
हावा गाविस-३ की ७१ वर्षीया तीर्थमाया विकलाई कात्तिक २७ गते कथित बोक्सी भन्दै अभक्ष खुवाउन खोजेको आरोपमा सोही ठाउँका ४६ वर्षीय केशव विक र ५६ वर्षीय काले विकलाई मङ्सिर ६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडितले आरोपित उनीहरु विरुद्ध मङ्सिर ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर ललनप्रसाद…
भूकम्पपीडितको एकै स्वर-'प्राविधिकको मुख देख्न पाएनौ'
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कात्तिक २९ गते सुन्द्रावती गाविसको कालिका उच्च माविमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी अधिकांश भूकम्प पीडितले प्राविधिकको नाकमुख देख्न नपाएको गुनासो गरेका छन् । कार्यक्रममा स्थानीय तुलसा मैनालीले सरकारले भूकम्प पीडितको घर निर्माणमा प्राविधिक सहयोग गर्न कर्मचारी नियुक्ति गरेको सात महिनासम्म प्राविधिकको मुख…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
जुङ्गु गाविस-८ की पार्वती बस्नेतले ३० वर्षीय पति नवराज बस्नेतले २२ वर्षीया निर्मला केसी बस्नेतसँग बहुविवाह गरेको आरोपमा प्रहरीमा दिएको उजुरीका आधारमा प्रहरीले भदौ २० गते आरोपित दुवै जनालाई गिरफ्तार गरेको छ । पीडितले भदौ १९ गते दिएको उजुरीमा नवराजले निर्मलासँग विवाह गरेर भदौ १९ गते घर भित्र्याएको भन्दै न्यायका…