बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला विरेन्द्र नगरपालिका-१६ घर भई जिरी नगरपालिका-१ बस्ने २९ वर्षीय गोबिन्द बहादुर वलीविरुद्ध पीडित पक्षले ०७९ चैत ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आरोपितले पीडित बालिकालाई ललाई फकाई फागुन १८ गते जिरी नगरपालिका-५ एक होटेलमा बलात्कार गरेको भन्दै पीडित पक्षले…
शान्ति सुरक्षामा खटिनु पर्ने सुरक्षाकर्मीको त्रिपाल मुनी बास
सबै जिल्लामा सशस्त्र प्रहरी बलको कार्यालय स्थापना गर्ने निर्णय २०७५ सालमा मन्त्रिपरिषद्ले गरेपछि दोलखामा सशस्त्र प्रहरी बलको कार्यालय स्थापना गरिएको थियो । तर सशस्त्र प्रहरी बल आएको लामो समय बितिसक्दा पनि जग्गा अभावमा त्रिपालमुनि बसेर प्रहरीले सुरक्षा दिँदै आएका छन् । सरोकारवाला निकायको बेवास्ताका कारण जग्गा व्यवस्थापन हुन नसक्दा सशस्त्र…
इन्सेकको पहलमा १ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न
'लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार' भन्ने मुल नाराका साथ १ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम ०७९ फागुन २८ गते दोलखामा सम्पन्न भयो । नेपाल सहित विश्वभर मार्च ८ तारिखमा यो दिवस मनाउने गरिन्छ । इन्सेक, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, हुराडेक नेपाल, दोलखा लगायत…
विद्यालयले आठ महिनादेखि दिवा खाजा रकम नपाएको गुनासो
सरकारले सबै सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई दिवा खाजा दिन सम्बन्धित निकायलाई निर्देशन दिएको लामो समय बितिसक्दा पनि तामाकोसी गाउँपालिका भित्रका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले दिवा खाजाको रकम पाएका छैनन् । गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई दैनिक १५ रुपैयाँका दरले खाजा बापतको रकम केन्द्रबाट पठाएको रकम आठ महिना बितिसक्दा पनि हालसम्म…
छात्रावास भवन अभावमा कक्षा कोठामै सुत्छन् विद्यार्थी
भीमेश्वर नगरपालिका–३, देउराली डाँडामा रहेको भीमेश्वर सुस्त श्रवण (बहिरा) प्राथमिक विद्यालयमा छात्रावास भवन अभाव हुँदा विद्यार्थी अध्ययन गर्ने कक्षामै सुत्न बाध्य छन् । आवासीय विद्यालय भए पनि अध्ययनरत विद्यार्थीका लागि विद्यालयमा छात्रावास भवनको समस्या परेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । आवासको समस्या हुँदा कतिपय विद्यार्थीलाई कक्षा कोठामै सुताउने गरेको…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा गौरीशंकर गाउँपालिका-४ का ३६ वर्षीय आफन्त विरुद्ध ०७९ माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित घरमा एक्लै भएको अवस्थामा माघ ३ गते बलात्कार गरेको भन्दै पीडित परिवारले ०७९ माघ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले सोही दिन…
अस्पतालमा उपचार सेवा शुल्क घटाउन नागरिक समाजको आग्रह
चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालले सेवाग्राहीलाई शुल्क बढाएर उपचार सेवा दिने निर्णय गरेपछि नागरिक समाजका अगुवाहरूले विरोध जनाएका छन् । प्रदेश सरकार मातहत सञ्चालनमा रहेको यो अस्पतालले विगतदेखि निशुल्क स्वास्थ्य उपचार सेवा दिँदै आएकोमा अहिले अस्पताल सञ्चालनका लागि स्रोत अभाव हुँदै गएको र व्यवस्थापनमा संकट चुलिँदै गएको कारण देखाउँदै शुल्क…
कर्मचारी हटाइएपछि गौरीशंकर गाउँपालिकाको आधारभुत स्वास्थ्य केन्द्रमा तालाबन्दी
दोलखाको गौरीशंकर गाउँपालिका-१ मा कार्यरत तीन जना कर्मचारीलाई सेवाबाट हटाइएपछि माघ १ गतेदेखि स्वास्थ्य केन्द्रमा तालाबन्दी गरिएको छ । गौरीशंकर गाउँपालिका-१ मा कार्यरत कार्यालय सहयोगी राधा खड्का खत्री, आधारभुत स्वास्थ्य केन्द्रकी अहेव अप्सरा बुढाथोकी र अनमी सिर्जना खड्कालाई सेवाबाट हटाइएको हो । गाउँपालिका अध्यक्ष र वडा अध्यक्षले आफूहरूलाई अन्याय र विभेदपूर्ण…
दोलखामा कोरोना खोप अभावः स्वास्थ्य कार्यालय भन्छ, ‘केन्द्रमै खोप छैन’
दोलखामा करिब पाँच महिनादेखि कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप अभाव भएको छ । छिमेकी मुलुक चीनमा कोरोना सङ्क्रमण तिव्र गतिमा फैलिएका बेला दोलखामा पाँच महिनादेखि बुस्टर डोज खोप नआएपछि खोप कार्यक्रम नै स्थगित भएको छ । गत भदौदेखि खोप नआएपछि बुस्टर डोज खोप लगाउन रोकिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख…
क्षमता भन्दा तेब्बर कैदीबन्दी राख्दा स्वास्थ्यमा समस्या
जिल्ला कारागार शाखा दोलखामा क्षमता भन्दा तेब्बर कैदी बन्दी राखिए पछि यहाँ रहको कैदी तथा बन्दीहरूलाई स्वास्थ्य समस्या देखिन थालेको छ । जिल्ला सदरमुकाम चरिकोटमा रहेको कारागारको क्षमता ५१ जनाको भए पनि हाल कारागारमा १ सय ४४ जना कैदीबन्दी राखिएपछि स्वास्थ्य समस्यासँगै खानेपानीको अभाव छ भने शौचालयको समेत समस्या हुने…