कृष्णप्रसाद अधिकारी हत्या प्रकरणः १० महिनामा ११ औँ पटक पेशी सर्यो
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा पुस २५ गतेका लागि तोकिएको पेशी सरेर ११ औं पटकको पेशीका लागि आगामी माघ १९ गते तोकिएको छ । पुस २५ गते तोकिएको पेशी अदालतको प्रशासनिक कार्यले गर्दा सार्नु परेको अदालतका सूचना अधिकारी कृष्ण बरालले जानकारी दिए । दश वर्षे सशस्त्र द्वन्द्वका घटनाहरूमध्ये कृष्णप्रसाद…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई पुस २३ गते बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर उमनपा-१६ का २२ वर्षीय कृष्ण गैरे र भरतपुर-५ का २१ वर्षीय सुदिप थापालाई पुस २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले पुस २४ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएपछि उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला…
अधिकारी हत्याको पेशी माघ १९ गते तोकियो
गोरखा फूजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणसम्बन्धी पेशी माघ १९ गतेका लागि सरेको जिल्ला अदालत चितवनले जनाएको छ । यस अघि पुस २५ गतेका लागि पेशी तोकिएकोमा अदालतले सूचनामार्फत सो जानकारी दिएको हो । न्यायाधीश टेकनारायण कुँवरको कार्य व्यवस्तताका साथै अन्य प्रशासनिक कारण पेशी पुनः सरेको अदालतका सूचना अधिकारी कृष्ण बरालले…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनालाई पुस २० गते स्थानीयको मिलेमतोमा गाउँमै मिलाइएको घटना अहिले सार्वजनिक भएको छ । घटना गुपचुप रूपमा गाउँघरमै मिलाइए पनि गाउँका अगुवाले यस विषयमा सामाजिक सञ्जालमा पोष्ट गरेपछि र प्रशासनलाई खबर गरेपछि घटना व्यूँतिएको छ । घटना बारे प्रहरी र महिला तथा बालबालिका कार्यालयले…
डाक्टरहरू बिरामी जाँच्न छाडेर तलवका लागि आन्दोलित
भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र अन्य कर्मचारीहरू साउन महिनादेखि बढेको तलव र ग्रेड खान नपाएको भन्दै काम नै ठप्प पारेर बसेपछि पुस १८ गते अस्पतालको सेवा प्रभावित बनेको छ । विरोधका कारण सबैभन्दा बढी अप्रेशन सेवाका बिरामीहरू प्रभावित बनेका थिए । पुस महिनाको १५ गते सम्म तलव…
बेचविखन गरेको कसुरमा २० वर्षकैदको फैसला
२४ वर्षीया महिलालाई बेचविखन गरेको कसुरमा जिल्ला अदालतले तनहुँ जिल्ला पूर्कोट-६ की ३७ वर्षीया शोभा सापकोटालाई २० वर्षकैद हुने फैसला गरेको छ । पुस १७ गते आइतबार भएको फैसलामा अतिरिक्त जिल्ला न्यायाधीश नारायण सुवेदीले २० वर्षकैदका साथै २ लाख जरिबाना र पीडितलाई १ लाख रुपियाँ पुनःस्थापना कोषबाट भराउने फैसला गरिएको…
बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर उमनपा-१३ तोरीखेतका २० वर्षीय सुमन भनिने गाइने विकलाई जिल्ला अदालत चितवनले आठ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश टेकनारायण कुँवरको इजलासले पुस १३ गते उक्त फैसला सुनाएको हो । साथै पीडितलाई महिला तथा बालबालिका कार्यालयबाट २ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने गरी…
यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा नारायणी नपा-१० जगतपुरका ३२ वर्षीय कृष्ण परियारलाई जिल्ला अदालतले २ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश टेकनारायण कुँवरको इजलासले पुस १२ गते यस्तो फैसला सुनाएको अदालतले जनाएको छ । पीडित बालिकालाई गत मङ्सिर १० गते यौन दुर्व्यवहार गरेको आरोपमा…
तीन महिनादेखि बन्द मन्दिरमा दलित र गैरदलितसँगै प्रवेश
दलित महिलालाई मन्दिर प्रवेशमा रोक लगाएको भन्दै नारायणी नपा-६ मा रहेको चन्द्रकला देवीको मन्दिरमा विगत तीन महिनादेखि ताला लगाइएकोमा पुस ९ गते स्थानीय दलित युवाको अगुवाइमा दलित र गैरदलित संयुक्त रूपमा मन्दिर प्रवेश गरेका छन् । ब्राम्हण क्षेत्री समुदायका महिलाले स्थानीय दलित महिला प्रेमकुमारी विकलाई मन्दिर प्रवेश गरेको भन्दै आपत्तिजनक…
इन्सेकको आयोजनामा मिडिया साझेदारी बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा मानव अधिकार संरक्षण तथा सम्बर्द्धनको लागि मिडिया साझेदारी बैठक मङ्सिर ३० गते नारायणगढमा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले मिडियाले मानव अधिकारसँग सम्बन्धित घटनालाई अझै प्रभावकारी रूपमा उजागर गर्नुपर्ने धारणा राखेका थिए । मानव अधिकारसँग…