यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०८० भदौ २५ गते राप्ती नगरपालिका-५ का ५० वर्षीय लालु प्रसाद यादवलाई दुई महिना कैद सजाय, २५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति र पीडित राहत कोषमा २ सय रुपियाँ भराउने फैसला सुनाएको छ । पीडित बालिकालाई यादवले ०८०…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पौडेलको इजलासले ०८० भदौ २५ गते भरतपुर महानगरपालिका-१६ का ३२ वर्षीय दिनेश परियारलाई १२ वर्ष कैद सजाय, पाँच हजार रुपियाँ जरिवाना र २० हजार रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको छ । पीडित बालिकालाई परियारले ०७९ फागुन १२ गते…
इन्सेकको सहकार्यमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसमा सडक नाटक प्रदर्शन
नारी वेदनाका घटनामा आधारित रही इन्सेकको सहकार्यमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसमा सडक नाटक प्रदर्शन गरिएको छ । ‘मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस’ का अवसरमा भदौ २० गते चौविसकोठी, भरतपुरमा नाटक प्रदर्शन गरिएको हो । आशिष सामाजिक सेवा संस्थाको आयोजनामा र इन्सेक, माइती नेपाललगायतका संस्थाहरूको सहकार्यमा नाटक प्रस्तुत…
बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजाय फैसला
३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश उद्धव भट्टराईको इजलासले ०८० भदौ १८ गते कालिका नगरपालिका-१० का ४० वर्षीय आशिष प्रजालाई ११ वर्ष कैद सजाय, तीन लाख जरिवाना र ५० हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको छ । पीडित महिलालाई प्रजाले ०७९ माघ १५ गते बलात्कार गरेको भन्दै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नवलपरासीको सुनवल नगरपालिका-१२ घर भएका जिल्ला तथ्याङ्क कार्यालय, भरतपुरका कार्यालय प्रमुख ४४ वर्षीय यज्ञमूर्ती भण्डारीलाई प्रहरीले ०८० भदौ १७ गते गिरफ्तार गरेको छ । आफ्नै कार्यालयमा कार्यालय सहयोगी रहनुभएकी पीडित महिलालाई आरोपितले विगत चार वर्षदेखि पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १७ गते…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी नगरपालिका-८ घर भई सोही ठाउँमा रहेको सगरमाथा विद्यालयका शिक्षक ४२ वर्षीय हरिबहादुर सार्कीलाई प्रहरीले ०८० भदौ १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १५ गते आफ्नै घरमा बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा…
बलात्कार गरेको कसुरमा ६ महिना कैद सजाय फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०८० भदौ ११ गते खैरहनी नगरपालिका-६, प'रानो पर्साका १५ वर्षीय बालकलाई ६ महिना कैद सजाय र २० हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको छ । पीडित बालिकालाई बालकले ०८० असार २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही…
जिल्ला अदालतमा बाल इजलास नहुँदा मुद्दा सम्पादनमा कठिनाई
जिल्ला अदालतमा बाल इजलास नहुँदा बालबालिका सम्बद्ध मुद्दा सम्पादनमा कठिनाई भएको छ । जिल्ला अदालतमा कुल सात ओटा इजलास रहे पनि सामान्य इजलासलाई नै बाल इजलासको रुपमा काम गर्ने गरिएको मुख्य जिल्ला न्यायाधीश रितेन्द्र थापाले बताउनु भयो । गत आर्थिक वर्षमा बालबालिका सम्बद्ध १ सय थान मुद्दा अदालतमा थियो ।…
कैदीबन्दीले परीक्षा दिनबाट वञ्चित भएको विषयमा आयोगद्वारा कारागार अनुगमन
भरतपुर कारागार भित्र रहेका एक कैदी परीक्षा दिनबाट वञ्चित भएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलिले ०८० भदौ ६ गते कारागार अनुगमन गरेको छ । कारागार निमित्त प्रमुखसँग भेटघाट गरिएको राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालय प्रमुख यज्ञप्रसाद अधिकारीले बताउनु भयो । कैदीबन्दीले शिक्षाको अधिकारबाट वञ्चित हुनु मानव अधिकारको…
कारागार प्रशासनको लापरवाहीले परीक्षा दिनबाट वञ्चित भए कैदीबन्दी
भरतपुर कारागार भित्र रहेका कैदी अभिषेक धमला परीक्षा दिनबाट वञ्चित हुनुभएको छ । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा बीए दोस्रो वर्षमा भर्ना भई परीक्षा फाराम भर्नुभएका अभिषेक धमला परीक्षा दिनबाट वञ्चित हुनुभएको हो । त्रिभुवन विश्वविद्यालयले अहिले बीए तर्फ दोस्रो परीक्षा सञ्चालन गरिरहेको छ । परीक्षा नियन्त्रण कार्यालय र कारागार व्यवस्थापन…