वार्षिक कार्यक्रम समीक्षा सम्पन्न

इन्सेक केन्द्रीय कार्यालयको आयोजनामा भएको दुई दिने केन्द्रीय वार्षिक समीक्षा कार्यक्रम असार १५ गते समापन भएको छ कार्यक्रममा सातै प्रदेशमा गरिएका तीन वर्षे कार्यक्रमका उपलब्धिको समीक्षा सहितको प्रस्तुति प्रदेश कार्यालयका प्रतिनिधिले गरेका थिए । मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत संविधानको मौलिक अधिकारले सुनिस्चित गरेका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका…

June 30, 2022  
यौन दुर्व्यवहारको कसुरमा तीन महिना कैद जसायको फैसला

१४ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको कसुरमा भरतपुर महानगरपालिका–११ का ३५ वर्षीय सरद श्रेष्ठलाई जिल्ला अदालत चितवनले तीन महिना कैद र ३० हजार क्षतीपूर्ती भराउने फैसला गरेको छ । जिल्ला अदालतका श्रेष्तेदार इश्वर आचार्यका अनुसार न्यायाधीश अवनी मैनाली भट्टराईको ०७९ असार ७ गतेको इजलासले  उक्त फैसला गरेको हो ।…

June 22, 2022  
अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनको आयोजनामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को लागि अर्ध वार्षिक पूर्व समीक्षा’ कार्यक्रम असार ६ गते भरतपुरमा सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले सन् २०२२ को जनवरीदेखि जुन १५ सम्म जिल्लामा अभेखीकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन…

June 20, 2022  
बालिका बलात्कारमा १० वर्ष कैद फैसला

१६ वर्षीया बालिका बलात्कार कसुरमा बारा जिल्ला कोल्हवी नगरपालिका–९ का ३१ वर्षीय जियालाल महरालाई जिल्ला अदालत चितवनले १० वर्ष कैद सजाय फैसला सुनाएको छ । न्यायधीश अवनी मैनाली भट्टराईको इजलासले ०७९ असार ५ गते उक्त फैसला गरेको हो । महरालाई बलात्कारको कसुरमा १० वर्ष कैद, ४ लाख जरिवाना र १…

June 20, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

  २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा आरोपमा हेटौँडा उपमहानगरपालिका–९ चौधघरका ४५ वर्षीय पूर्णबहादुर घलानलाई प्रहरीले ०७९ जेठ २४ गते गिरफ्तार गरेको छ । पीडितपक्षले आरोपितविरुद्ध जेठ २४ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका नरहरि अधिकारीले बताउनु भयो । आरोपितमाथि जेठ १० गते सामुहित बलात्कार भएको…

June 8, 2022  
बाँदरमुढे घटनाको १७ वर्षः न न्याय न सजायँ

हरेक वर्ष जेठ २३ गते बाँदरमुढे घटनाका पीडितहरू घटना स्थलमा भेला हुन्छन् । उनीहरूको मुख्य माग भनेको कित न्याय कि त र दोषीलाई सजायँ भन्ने नै हो । तर राज्यले अहिलेसम्म आफूहरूलाई न्याय गर्न नसकेको र दोषीलाई कारबाहीसमेत गर्न नसकेको भन्दै बाँदरमुढे घटनाका पीडितले गुनासो पोखेका छन् । ‘हामी पीडित…

June 6, 2022  
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई वलात्कार गरेको गरेको कसुरमा पर्सा जिल्ला धोवानी गाउँपालिका–१ का २३ वर्षीय राजकुमार केवटलाई १८ वर्ष कैद र ६ लाख जरिवाना हुने फैसला भएको छ । जिल्ला अदालत चितवनका न्यायधीश सकुन्तला कार्कीको इजलासले ०७९ जेठ १७ गते उक्त फैसला गरेको श्रेष्तेदार इश्वर आचार्यले बताउनुभयो । पीडित १३ वर्षीया…

June 1, 2022  
पतिको यातनाबाट मृत्यु भएकी गीता माझीको परिवारलाई इन्सेकको आर्थिक सहयोग

खैरहनी नगरपालिका–१० कठारस्थित मुसहर वस्तीकी पतिको यातनाबाट मृत्यु भएकी ३५ वर्षीया गीता माझीको परिवारलाई आर्थिक सहयोग गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले पीडित परिवारलाई १५ हजार रुपैयाँ नगद सहयोग गरेको छ । इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीले मृतककी छोरी पुष्पा माझीलाई सो रकम जेठ १७ गते हस्तान्तरण…

June 1, 2022  
पत्नी हत्या घटनाका आरोपितविरुद्ध उजुरी

खैरहनी नगरापलिका–१० कठारस्थित मुसहर वस्तीकी ३५ वर्षीया गीता माझीको कुटपिट गरी हत्या गरेको आरोपमा पति ४० वर्षीय रामचन्द्र माझीविरुद्ध पीडितकी छोरीले ०७९ जेठ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पतिले मादकपदार्थ सेवन गरी जेठ १२ गतेसाँझ यौन दुर्व्यवहार गर्दै लाठी लगायतले कुटपिट गर्दा गुप्ताङ्गमा समेत गम्भीर चोटपटक…

May 31, 2022  
घरेलु हिंसाको घटनाका आरोपित गिरफ्तार

खैरहनी नगरपालिका–१० की ३६ वर्षीया पत्नीलाई ०७९ जेठ १२ गते साँझ कुटपिट गरी गुप्ताङ्गमा समेत क्षति पुर्‍याएको आरोपमा पति ३८ वर्षीय रामचन्द्र माझीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ । पत्नीलाई कोठा भित्र थुनेर बन्दक बनाई कुटपिट गरी गुप्ताङ्गमा हात हाली पाठेघर निकालिदिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारीले बताउनुभयो…

May 27, 2022