बालबालिकाका लागि क्षमता अभिवृद्धि तालिम सुरु

इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा क्षेत्रभित्र कार्यक्रम सञ्चालित विद्यालयका बालअधिकार चेतना समूहका पदाधिकारीहरूका लागि ०७३ माघ २७ देखि २९ गतेसम्म आयोजित क्षमता अभिवृद्धि तालिमको धुलिखेलमा सुरु गरिएको छ । तालिमको शुरुवात गर्दै इन्सेकका मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाए । बालअधिकार चेतना समूहका पदाधिकारीहरूले…

२०७३ माघ २७, बिहीबार १९:४४ गते  
मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूको नेतृत्व विकास तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा पुस २५ गतेदेखि पुस २७ गतेसम्म धुलिखेलमा सञ्चालन गरिएको मध्यमाञ्चल क्षेत्रका विभिन्न सात जिल्लामा गठन गरिएका मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूको नेतृत्व विकास तालिम सम्पन्न भएको छ । तालिमको समापन समारोहमा बोल्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले राज्यबाट प्रदान गरिने सेवा र सुविधाका विषयमा…

२०७३ पुष २७, बुधबार २०:१२ गते  
लक्ष्मी हत्याका आरोपितमध्ये तीन जना पूर्पक्षका लागि थुनामा

सानो वाङ्थली गाविस-७ पौवाडाँडाकी ३२ वर्षीया लक्ष्मी नेपालीलाई गत मङ्सिर २४ गते बिहान उनकै ३४ वर्षीय पति मिलन परियारलगायतले कुटपिट गरेका कारण मृत्यु भएको कर्तव्य ज्यान मुद्दाका आरोपितमध्ये तीन जनालाई जिल्ला अदालत काभ्रेको पुस २१ गतेको आदेशमा पूर्पक्षका लागि थुनामा पठाइएको छ । मृतकलाई पोलमा बाँध्न डोरी दिएको भनी आरोप…

२०७३ पुष २१, बिहीबार २१:२४ गते  
मानव अधिकार रक्षकहरूको राष्ट्रिय भेला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा ०७३ पुस १३ र १४ गते धुलिखेलमा आयोजित मानव अधिकार रक्षकहरूको राष्ट्रिय भेला मानव अधिकार रक्षकहरूको अधिकार संरक्षण गर्न ऐन बनाइ लागु गर्नुपर्नेलगायत सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । मानव अधिकार रक्षकहरूको सुरक्षाका आवश्यक संयन्त्रसहित विशेष व्यवस्था गर्न र मानव अधिकार…

२०७३ पुष १४, बिहीबार १९:४२ गते  
व्यवहारमा विभेद कायमै-अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले नेपालका कानुनहरूमा विभेद नभए पनि व्यवहारमा अझै विभेद कायम रहेको बताएका छन् । इन्सेकको आयोजनामा ०७३ पुस १३ र १४ गते धुलिखेलमा आयोजित मानव अधिकार रक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्याकुरेलले विभेदहरूलाई हटाउनका लागि लागिपरेका भनेकै मानव अधिकार रक्षकहरू भएकाले…

२०७३ पुष १३, बुधबार १७:२२ गते  
लक्ष्मी हत्याको विषयलाई लिएर सिडिअाेलाई ज्ञापनपत्र

सानो वाङ्थली गाविस-७ की ३२ वर्षीया लक्ष्मी परियारलाई पोलमा बाँधेर अभक्ष खुवाएको भन्ने विषयलाई लिएर पुस १ गते जिल्लामा कार्यरत सङ्घसंस्थाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन-पत्र बुझाएका छन् । वाङ्थली घटनाको निष्पक्ष छानबिनको माग गर्दै बुझाइएको ज्ञापन-पत्रमा कुनै जातीय संस्था वा अधिकारका नाममा अपराधमा संलग्न व्यक्तिलाई जोगाउने र सिकाउने काम नगरियोस्…

२०७३ पुष १, शुक्रबार १९:५१ गते  
काभ्रेकी लक्ष्मीको 'मृत्यु' भएको घटनाका सम्बन्धमा स्थलगत अध्ययन (फोटो फिचर)

कथित बोक्सीको आरोपमा अभक्ष खुवाएर निर्घात कुटपिट गरिएकी सानो वाङ्थली-७ की ३३ वर्षीया लक्ष्मी परियारको मङ्सिर २४ गते मृत्यु भएको छ । उक्त घटनाका बारेमा राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोग, इन्सेक, पत्रकारलगायत सहभागी छुट्टाछुट्टै टोलीले स्थलगत अध्ययन गरेका छन् । अध्ययनको प्रतिवेदनहरू सार्वजनिक गरिएको छैनन् । इन्सेक काभ्रे…

२०७३ मंसिर २८, मंगलवार ०८:०० गते  
भूकम्पपीडितको अवस्था र पुनर्निर्माण विषयमा र्सार्वजनिक सुनुवाइ (फोटो फिचर)

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत मङ्सिर २० गते पाँचखाल नपा-१६ पहरीगाउँमा भूकम्प पीडितको अवस्था र पुनःनिर्माण विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिका कार्यालयबाट वडा सचिव इन्द्रमाया कुँवरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका स्थानीय सभापति किरण श्रेष्ठ, नेकपा…

२०७३ मंसिर २१, मंगलवार १६:०७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा सापिङ गाविस-३ बस्ने २४ वर्षीय सविन गिरी र भक्तपुर जिल्ला सूर्यविनायक-११ का २८ वर्षीय सरोज राउतलाई मङ्सिर ११ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितहरूले मङ्सिर ११ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले सोही दिन जिल्ला प्रहरी कार्यालयमा…

२०७३ मंसिर १३, सोमबार १५:०६ गते  
जिल्लास्तरीय बालभेला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत २६ ओटा संस्थाहरूको आर्थिक सहयोगमा भएको काभ्रे जिल्लास्तरीय बाल भेला १६ बुँदे घोषणापत्र जारी गर्दै असोज १२ गते सकिएको छ । असोज १० देखि १२ गतेसम्म धुलिखेलमा आयोजित भेलाले रञ्जन पौडेलको अध्यक्षतामा २ वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमितिको चयनसमेत गरेको छ । भेलामा…

२०७३ आश्विन १२, बुधबार १५:३९ गते