बलात्कार घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नमोवुद नगरपालिका-११ का ३५ वर्षीय कामिसिड तामाङलाई प्रहरीले ०८० भदौ २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७९ पुस ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०८० भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले जानकारी…
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
२२ वर्षीया र २३ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-७ घर भइ हाल बनेपा नगरपालिका-८ मा रहेको लामा सगरमाथा गेस्ट हाउस सञ्चालिका ४५ वर्षीया मनमाया तामाङविरुद्ध इलाका प्रहरी कार्यालय, बनेपामा ०८० भदौ २४ गते उजुरी दर्ता भएको छ । इलाका प्रहरी कार्यालय, बनेपाका डिएसपी रेशम…
एमसीसी परियोजनाविरूद्ध भित्ते लेखनको आरोपमा तीन जना गिरफ्तार
एमसीसी परियोजना खारेजीको माग गर्दै ‘गो ब्याक एमसीसी' का नाराहरूको भित्ते लेखन गरेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, काभ्रेका तीन जना नेताहरूलाई प्रहरीले ०८० भदौ १२ गते गिरफ्तार गरेको छ । प्रहरी गिरफ्तारीमा पर्नेहरूमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ढोगप्रसाद अधिकारी, प्रदेश सदस्य असल मोक्तान र जिल्ला सदस्य मेजरमान थिङ रहेका…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
पाँचखाल नगरपालिका-१२ की २६ वर्षीया कुमारी माझीको घरायसी विवादमा कुटपिट गरी हत्या गरेको आरोपमा पति ३६ वर्षीय हरि माझीलाई प्रहरीले ०८० भदौ ३ गते गिरफ्तार गरेको छ । आरोपित माझीविरूद्ध पीडित पक्षले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार आरोपितले…
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
१२ वर्षीया दुई जना बालिका, १३ वर्षीया तीन जना बालिका र १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धुलिखेल नगरपालिका-६ घर भई सोही वडामा रहेको सञ्जीवनी माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय रमेश श्रेष्ठविरूद्ध ०८० साउन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकाहरूलाई आरोपितले पटक पटक…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचखाल नगरपालिका-६ का २९ वर्षीय उमेश दनुवारविरूद्ध ०८० साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले ललाई फकाई पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज…
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
१३ वर्षीया बालिका र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मण्डनदेउपुर नगरपालिका-११ घर भई सोही वडामा रहेको चण्डेनी माध्यामिक विद्यालयका शिक्षक ३२ वर्षीय बलेन्द्र भट्ट र सोही विद्यालयका प्रधानाध्यापक ४२ वर्षीय हेमराज वि.क.विरूद्ध ०८० साउन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकाहरूलाई…
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा मण्डन देउपुर नगरपालिका-६ घर भई पनौती नगरपालिका-२ मा बस्ने कुशादेवी माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक तथा शिक्षक ४८ वर्षीय छवि गौतमविरूद्ध इलाका प्रहरी कार्यालय, बनेपामा ०८० साउन १६ गते उजुरी दर्ता भएको छ । पीडित छात्राहरूलाई आरोपितले कक्षामा पढाउन आउँदा पटक पटक होमवर्क गराउने र सिकाउने…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ र सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिका-१२ का ३४ वर्षीय अर्जून थापामगरलाई प्रहरीले ०८० असार २० गते पाँचखालबाट गिरफ्तार गरेको छ । पीडित बालिकाहरूलाई असार १९ गते पाँचखाल नगरपालिका-१२, निख्रेमा रहेको जस्ताको टहरोमा बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असार २० गते उजुरी दिएको जिल्ला…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
नमोबुद्ध नगरपालिका-११ की ४५ वर्षीया दलित महिला वडा सदस्य ज्ञानी विकको घरायसी विवादमा कुटपिट गरी हत्या गरेको आरोपमा पति ४८ वर्षीय शम्भु विकलाई प्रहरीले ०८० जेठ ३२ गते गिरफ्तार गरेको छ । आरोपित विकविरूद्ध मृतककी भाइ धनबहादुर विकले जेठ ३२ गते जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा उजुरी दिनुभएको थियो । जिल्ला…