बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा सापिङ गाविस-३ बस्ने २४ वर्षीय सविन गिरी र भक्तपुर जिल्ला सूर्यविनायक-११ का २८ वर्षीय सरोज राउतलाई मङ्सिर ११ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितहरूले मङ्सिर ११ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले सोही दिन जिल्ला प्रहरी कार्यालयमा…
जिल्लास्तरीय बालभेला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत २६ ओटा संस्थाहरूको आर्थिक सहयोगमा भएको काभ्रे जिल्लास्तरीय बाल भेला १६ बुँदे घोषणापत्र जारी गर्दै असोज १२ गते सकिएको छ । असोज १० देखि १२ गतेसम्म धुलिखेलमा आयोजित भेलाले रञ्जन पौडेलको अध्यक्षतामा २ वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमितिको चयनसमेत गरेको छ । भेलामा…
बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा पति गिरफ्तार
उग्रचण्डी नाला गाविस-४ भुल्लेगाउँका ३६ वर्षीया विष्णुमाया तोलाङ्गेलाई टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा ४० वर्षीय पति रामगोपाल तोलाङ्गेले भदौ १९ गते प्रहरीले गिरफ्तार गरेको छ । कान्छी पत्नी विष्णुमायासँग बसेका रामगोपालले घरायसी विवादका क्रममा बञ्चरोले टाउकोमा प्रहार गरेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । मृतकको शवको पोष्टमार्टम…
भूकम्पपीडितको अवस्था विषयमा सार्वजनिक सुनुवाइ सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत भदौ १५ गते जिल्लाको कोशिदेखा गाविसमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । भूकम्पपीडितको अवस्था र पुनर्निर्माण विषयमा भएको सार्वजनिक सुनुवाइमा पीडितहरूले भूकम्प पछिको अवस्थाका विषयमा बताएका थिए । कार्यक्रममा जिल्ला विकास समिति काभ्रेका कार्यक्रम अधिकृत…
बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
२१ वर्षीया महिलालाई साउन २० गते सामूहिक बलात्कार गरेको आरोपमा दाप्चा काशिखण्ड नपा-४ का ३२ वर्षीय किशोर दाहाललाई साउन २३ गते प्रहरीले गिरफ्तार गरेको छ । पछिल्लो पटक साउन २० गते आरोपित र उनका साथीहरूले सामूहिक बलात्कार गरी 'यो त मरी' भनेर विष समेत खुवाई छोडेको अवस्थामा बाँचेर प्रहरीमा उजुरी…