बाढी पहिरोका कारण विद्यालयहरूमा क्षति, विद्यालय सञ्चालनमा जोखिम
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार अविरल वर्षासँगै आएको पहिरोले नुवाकोटमा पाँच ओटा विद्यालयको भौतिक संरचनामा क्षति पुग्नुको साथै विद्यालय उच्च जोखिममा परेका छन् । असोज १०, ११ र १२ गते परेको निरन्तर वर्षाको कारण आएको पहिरोबाट केही विद्यालयका केही कक्षा कोठामा क्षति पुगेको छ भने विद्यालयहरू पहिरोको उच्च जोखिममा परेको…
बागमतीको बाढीले विश्व निकेतन माविमा क्षति (फोटो फिचर)
त्रिपुरेश्वरको राहदानी विभागको पछाडि विश्व निकेतन माध्यामिक विद्यालय छ । सो विद्यालयमा बागमतीको बाढीले धेरै नोक्सान पुर्याएको छ । अविरल वर्षाका कारण असोज १२ गते राति आएको बाढीले विद्यालयको भुँइ तलामा लेदोसहितको बाढीले क्षति पुर्याएको विद्यालयले जनाएको छ । विद्यालयमा बाढीले क्षति पुर्याएपछि नर्सरीदेखि कक्षा तीनसम्मका विद्यार्थीलाई छठसम्म बिदा दिने…
पाँच बुँदे घोषणापत्र जारी गर्दै इन्सेकको साधारणसभा सम्पन्न (घोषणापत्र सहित)
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २८ औँ साधारणसभा समसामयिक विषयका पाँच बुँदे घोषणापत्र जारी गर्दै असोज १५ गते काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले गत असोज ११, १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको मानवीय तथा भौतिक क्षतिका घटनाप्रति दुःख व्यक्त गरेको छ…
सङ्क्रमणकालीन न्यायको सम्बोधनः 'पहिला सत्यतथ्य त्यसपछि कारबाही र परिपुरण'
नेपालको सङ्क्रमणकालीन न्यायको सम्बोधन परिपुरणले मात्रै गर्न नसक्ने बताउँदै अधिकारकर्मीले सत्यतथ्य पत्ता लगाएर न्याय निरूपणका सवालमा पनि काम गर्नु पर्ने औँल्याएका छन् । इन्सेकका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेलले सङ्क्रमणकालीन न्यायिक प्रक्रियाको सम्बोधन गर्नका लागि सत्यतथ्य पत्ता लगाउने, त्यसपछि घटनाको प्रवृत्तिको सूक्ष्म विश्लेषण गर्ने…
बाढी पहिरो र डुबानमा परी २ सय १७ जनाको ज्यान गयोः गृह मन्त्रालय
अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण असोज १५ गते बिहानसम्म २ सय १७ जनाले ज्यान गुमाएका गृह मन्त्रालयले जनाएको छ । २८ जना हराइरहेकाले खोजी भइरहेको पनि मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयको विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ६५ जनाले ज्यान गुमाएका छन्। अझै ६ जना हराइरहेका छन्।…
बाढी पहिरोले १ सय ७० को मृत्यु, क्षतिको विवरण सङ्कलन गरिँदै
लगातारको वर्षाका कारण बाढी र पहिरोका कारण १ सय ७० जनाको मृत्यु भएको गृह मन्त्रालयले असोज १३ गते साँझ नै पुष्टी गरिसकेको छ । ४२ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । इन्सेकका जिल्ला प्रतिनिधिहरूले भने मृत्यु र बेपत्ताका सङ्ख्यामा अझै थप हुन सक्ने जिल्ला विपद् व्यवस्थापन समितिहरूले जनाएको…
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति,…
यूपीआरको चौथो चक्रमा पेश गरिने प्रतिवेदनका सन्दर्भमा परामर्श बैठक
विश्वव्यवापी आवधिक समीक्षा (युपीआर) को चौथो चक्रमा पेश गरिने प्रतिवेदनका सन्दर्भमा असोज ११ गते काठमाडौँमा परामर्श बैठक सम्पन्न गरिएको छ । इन्सेकले गुड सेफर इन्टरनेशनल फाउण्डेशन नेपालको सहयोगमा यूपीआरका लागि गैरसरकारी संस्थाहरुको सञ्जालको सचिवालय इन्सेकले आयोजना गरेको परामर्श बैठकमा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले नेपालको रिपोर्टिङको क्रमलाई सहजीकरण गर्नुपर्ने र…
वर्षा र बाढीले सबैभन्दा बढी क्षति बागमती प्रदेशमाः गृह मन्त्रालय
पछिल्लो २४ घण्टामा अविरल वर्षा र बाढीले ठूलो जनधनको क्षति पुर्याएको गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै क्षति बागमती प्रदेशका जिल्लाहरूमा भएको छ । बाढी र पहिरोको प्रकोपबाट कोशी, बागमती र मधेस प्रदेशमा ६६ जनाले ज्यान गुमाएका, ६० जना घाइते भएका र ६९ जना बेपत्ता भएका गृह मन्त्रालयले असोज…
नन्दप्रसादको मृत्युका ११ वर्षः दाहासंस्कार नहुँदा शव शिक्षण अस्पतालमै !
छोराका हत्यारामा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै आमरण अनसनरत समयमा मृत्यु भएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको शव ११ वर्षदेखि शिक्षण अस्पतालमा नै छ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएका व्यक्तिको पहिचान गरी कानुनी कारबाहीको माग गर्दै अधिकारी दम्पतिले सङ्घर्षका धेरै रुप प्रयोग गर्दै अनसन थाल्नु भएको थियो । अनसनरत…