यूपीआरको चौथो चक्रमा पेश गरिने प्रतिवेदनका सन्दर्भमा परामर्श बैठक

विश्वव्यवापी आवधिक समीक्षा (युपीआर) को चौथो चक्रमा पेश गरिने प्रतिवेदनका सन्दर्भमा असोज ११ गते काठमाडौँमा परामर्श बैठक सम्पन्न गरिएको छ । इन्सेकले गुड सेफर इन्टरनेशनल फाउण्डेशन नेपालको सहयोगमा यूपीआरका लागि गैरसरकारी संस्थाहरुको सञ्जालको सचिवालय इन्सेकले आयोजना गरेको परामर्श बैठकमा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले नेपालको रिपोर्टिङको क्रमलाई सहजीकरण गर्नुपर्ने र…

२०८१ आश्विन १२, शनिबार १९:३१ गते  
वर्षा र बाढीले सबैभन्दा बढी क्षति बागमती प्रदेशमाः गृह मन्त्रालय

पछिल्लो २४ घण्टामा अविरल वर्षा र बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै क्षति बागमती प्रदेशका जिल्लाहरूमा भएको छ । बाढी र पहिरोको प्रकोपबाट कोशी, बागमती र मधेस प्रदेशमा ६६ जनाले ज्यान गुमाएका, ६० जना घाइते भएका र ६९ जना बेपत्ता भएका गृह मन्त्रालयले असोज…

२०८१ आश्विन १२, शनिबार १९:०४ गते  
नन्दप्रसादको मृत्युका ११ वर्षः दाहासंस्कार नहुँदा शव शिक्षण अस्पतालमै !

छोराका हत्यारामा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै आमरण अनसनरत समयमा मृत्यु भएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको शव ११ वर्षदेखि शिक्षण अस्पतालमा नै छ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएका व्यक्तिको पहिचान गरी कानुनी कारबाहीको माग गर्दै अधिकारी दम्पतिले सङ्घर्षका धेरै रुप प्रयोग गर्दै अनसन थाल्नु भएको थियो । अनसनरत…

२०८१ आश्विन ६, आईतवार १९:३१ गते  
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार

बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ३ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका-५ का विष्णु कार्की, सोही ठाउँका मोहन राउत, सोही ठाउँका युवराज थापा रहेका छन् । त्यसैगरी कालिकोट जिल्लाको…

२०८१ आश्विन ४, शुक्रबार १६:३५ गते  
स्थानीय तह उपनिर्वाचनका लागि आयोगद्वारा कार्यतालिका सार्वजनिक

विभिन्न कारणले रिक्त भएका स्थानीय तहमा उपनिर्वाचनको लागि सरकारले मिति तय गरेपछि निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेको छ । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि राजनीतिक दल दर्ताको अवधि असोज १० गतेदेखि १६ गतेसम्म तोकेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार असोज २०…

२०८१ आश्विन २, बुधबार १९:४५ गते  
संसदको चालु अधिवेशन अन्त्य, पाँच विधेयक पारित

संसदको चालु अधिवेशन भदौ ३१ गते मध्यरातिबाट अन्त्य भएको छ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको यो अधिवेशन वैशाख २८ गतेबाट सुरु भएको थियो । यो अधिवेशनमा ५३ दिनमा ५६ पटक बैठक बसेको संसद सचिवालयले जनाएको छ संसदको यो अधिवेशनमा प्रतिनिधिसभामा आठ ओटा सरकारी, एउटा गैरसरकारी विधेयक दर्ता भए । जसमध्ये पाँच…

२०८१ आश्विन १, मंगलवार १९:१५ गते  
स्थानीय तहमा रिक्त पदका लागि मङ्सिरमा उप-निर्वाचन, बागमती प्रदेशका सात ठाउँमा निर्वाचन हुने

निर्वाचन आयोगले रिक्त रहेका स्थानीय तहमा निर्वाचनका लागि सरकारलाई सिफारिस गरेकै दिन मन्त्रीपरिषदको बैठकले ०८१ मङ्सिर १६ गते रिक्त रहेका स्थानीय तहमा निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले भदौ ३० गते सरकारलाई स्थानीय तहमा रिक्त रहेका पदमा निर्वाचन गर्नका लागि मिति सिफारिस गरेको थियो । नेपालको संविधान तथा…

२०८१ आश्विन १, मंगलवार १०:१२ गते  
टिआरसी ऐनले पूर्व बालसेनालाई न्याय नगर्ने भन्दै सर्वोच्चमा रिट दायर

सङ्क्रमणकालीन न्यायसम्बन्धी तेस्रो संशोधन विधेयकले पूर्व बालसेनालाई नसमेटेको भन्दै माओवादीका पूर्व बाल सेना लेनिन बिष्टले भदौ २४ गते सर्वोच्च अदालतमा रिट दायर गरेको बताउनु भएको छ । बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक-२०८१ ले पूर्व बाल लडाकुलाई सम्बोधन नगरेको हुँदा सोको सम्बोधनका लागि सशोधनको…

२०८१ भाद्र २५, मंगलवार ०९:२२ गते  
पाँचथर बम विस्फोट घटनाका बारेमा राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण

फालेलुङ गाउँपालिका-५ डाँडागाँउमा भदौ १३ गते विष्फोट हुँदा दुई वर्षीया बालिका र ११ वर्षीय बालकको मृत्यु र अन्य दुई बालकहरू घाइते भएको घटनाका बारेमा इन्सेक र सिविनले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएका छन् । ध्यानाकर्षणपत्रमा "सिविन नेपाल र इन्सेकले संयुक्तरूपमा गरेको तथ्य संकलनका आधारमा पाँचथर घटनामा आहत ४ जना…

२०८१ भाद्र २४, सोमबार १५:२९ गते  
सङ्क्रमणकालीन न्यायको सफल कार्यान्वयनका लागि निरन्तर निगरानी आवश्यकः इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ भदौ १९ गते एक विज्ञप्ति प्रकाशन गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ साउन ३० गते प्रतिनिधि सभा र भदौ ६ गते राष्ट्रिय सभाबाट समेत बहुमतकासाथ पारित भई भदौ १३ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएसँगै १८ वर्ष…

२०८१ भाद्र १९, बुधबार १३:४४ गते