खुकुरी प्रहारबाट तीनजना विद्यार्थी घाइते
०७९ चैत गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताका क्रममा प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा नेकपा (एकीकृत समाजवादी निकट) अनेरास्ववियुका कार्यकर्ताले नेकपा एमाले निकट अनेरास्ववियुका कार्यकर्तामाथि ०७९ फागुन २७ गते खुकुरी प्रहार गरेका छन् । नेकपा (एकीकृत समाजवादी निकट) अनेरास्वविययूका कार्यकर्ताको खुकुरी प्रहाबाट नेकपा एमाले निकट अनेरास्ववियुका…
छलफल नै नगरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा दर्ता गरेकामा सरोकारवाला असन्तुष्ट
सरकारले छलफल नगरी हतारमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक दर्ता गरेकोमा सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका छन् । इन्सेकले काठमाडौँमा फागुन २६ गते आयोजना गरेको ‘सङ्क्रमणकालीन न्यायः चुनौती र भावी कार्यदिशा’ विषयक छलफल कार्यक्रममा सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका हुन् । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न…
दुई महिनामा ३ सय ४९ जना बालिका तथा महिला हिंसाबाट पीडित
इन्सेकले सन् २०२३ को जनवरी र फेब्रुअरी तथा मार्च ७ सम्म ३ सय ४९ जना बालिका तथा महिला हिंसाबाट पीडित भएको जनाएको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना सन्देश जारी गर्दै हिंसाको अवस्था सार्वजनिक गर्दै सो तथ्याङ्क प्रस्तुत गर्नुभएको हो । ‘देशभरिबाट…
महिला तथा बालिका हिंसाका घटनामा ५ हजार ७ सय जनाभन्दा बढी पीडित
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२२ मा ४ हजार ३ सय ३९ जना महिला र १ हजार ४ सय ४ जना बालिका गरी कूल ५ हजार ७ सय ४३ जना पीडित भएको जनाएको छ । १ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मार्च ८ (फागुन २४ गते) एक…
प्रधानमन्त्री पुष्पकमल दाहाल ' प्रचण्ड' विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकी लगायतले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै दिएको रिट ०७९ फागुन २३ गते सर्वोच्च अदालतमा दर्ता भएको हो । ०७९ कात्तिक १४ गते…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेस गर्ने नौ दलको प्रतिबद्धता
सत्तारुढ नौ दलले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सङ्घीय संसदमा पेस गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फागुन २१ गते बसेको बैठकपछि एक विज्ञप्ति जारी गर्दै द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवम् उनीहरूका परिवारलाई न्याय दिन आवश्यक विधेयक सर्वोच्च अदालतको फैसला बमोजिम कानुन बन्ने गरी संसदको चालु अधिवेशनमा प्रस्तुत गर्ने प्रतिबद्धता…
द्वन्द्वकालका मुद्दा अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने सर्वोच्च अदालतको भनाइ
सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई विभिन्न कारण देखाइ अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने बताएको छ । ०७९ फागुन १९ गते न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने मागसहित दर्ता भएका निवेदन दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णय बदर गर्ने बारेको…
विश्व खाद्य कार्यक्रमले वितरण गर्ने खाद्यान्नको पूर्व परीक्षण अनिवार्य गर्न इन्सेकको माग
विश्व खाद्य कार्यक्रम अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयका दिवा खाजा कार्यक्रमका लागि ल्याइएको चामल गुणस्तरहीन अवस्थामा फेला परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै इन्सेकले पूर्व परीक्षणको माग गरेको छ । इन्सेकका अध्यक्षा डा. कुन्दन अर्यालद्वारा फागुन २१ गते जारी विज्ञप्तिमा विश्व खाद्य कार्यक्रमले वितरण गर्ने खाद्यान्नको पूर्व परीक्षण अनिवार्य…
प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध परेको रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश
सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको ०७९ फागुन १९ गते बसेको संयुक्त इजलासले यसअघि दाहालको अभिव्यक्तिविरुद्ध परेको रिट निवेदन दर्ता नगर्ने निर्णय बदर गर्दै सोही…
त्रिविमा नेविसङ्घका दुई पक्षबीच झडप हुँदा एक जना घाइते
स्वतन्त्र विद्यार्थी युनियनको ०७९ चैत ५ गते हुन गइरहेको चुनावमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेसनिकट विद्यार्थी सङ्गठन र नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का दुई समूहबीच फागुन १८ गते झडप भएको छ । झडपमा परी लमजुङ घर भई काठमाडौँ बस्दै आएका नेपाली कांग्रेसको संस्थापन इतर पक्षका…