आत्मदाहा प्रयास गरेका आचार्यको उपचारको क्रममा मृत्यु
नयाँबानेश्वरस्थित सङ्घीय संसद भवन अगाडि पेट्रोल छर्किएर आगो लगाएर आत्मदाह प्रयास गरेका इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्यको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा ०७९ माघ ११ गते मृत्यु भएको छ । आचार्यले माघ १० गते सङ्घीय संसद भवन अगाडि नयाँबानेश्वर चोकमा आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए ।…
शंखरापुरमा स्थानीय र प्रहरीबीच झडप हुँदा ६ जना घाइते, दुई जना गिरफ्तार
काठमाडौँको शंखरापुर नगरपालिका–३ बोझेनीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको सबस्टेशनको काम रोक्नुपर्ने माग गर्दै आन्दोलित स्थानीय र प्रहरीबीच ०७९ पुस २८ गते झडप हुँदा ६ जना घाइते भएका छन् । प्रहरीसँगको झडपमा परी घाइते हुनेहरूमा शंखरापुर नगरपालिका–३ की ६५ वर्षीया आईती तामाङ, ३३ वर्षीया मनमाया वाईवा तामाङ, २८ वर्षीया विजय तामाङ, ३१ वर्षीया माया तामाङ, ४५…
मानव अधिकार रक्षकका अधिकार रक्षाका लागि एकताको जरूरी
मानव अधिकार रक्षकका अधिकार रक्षाका लागि एकताको जरूरी रहेको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताउनु भएको छ । काठमाडौँमा पुस २९ गते इन्सेकले आयोजना गरेको मानव अधिकार रक्षकसम्बन्धी छलफल कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशले सो कुरा बताउनु भएको हो । मानव अधिकार रक्षकको अधिकारका क्षेत्रमा काम गर्ने थुप्रै सङ्घसंस्था र दातृ…
नेविसंघका कार्यकर्ताद्वारा मिनभवन क्याम्पसमा तोडफोड
नेपाली कांग्रेस निकट नेविसंघका कायकर्ताले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसमा ०७९ पुस २४ गते बेलुकी तोडफोड गरेका छन् । आफूहरूले भनेका विद्यार्थीहरू बीबीएको कोटामा भर्ना हुनुपर्ने भन्दै नेविसंघका नेता विश्वहरि खड्का र रणेन्द्र बोहोराले क्याम्पसमा तोडफोड गरेका हुन् । नेपाल कमर्स क्याम्पसका क्याम्पस प्रमुख ध्रुव सिलवालले आफूले भर्नाका लागि कोटा नभएको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा झापाको भद्रपुर नगरपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटमा बस्दै आएका ३८ वर्षीय राजु आले मगरलाई प्रहरीले पुस २३ गते सोही ठाउँबाट गिरफ्तार गरेको छ । पीडितलाई पुस २२ गते घुमाउने बहानामा ललाई फकाई यौन दुर्व्यवहार गरेको भन्दै आरोपित विरुद्ब पीडितका आफन्तले पुस…
इन्सेकको अध्यक्षमा डा. कुन्दन अर्याल निर्वाचित
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २६ औँ साधारणसभाले आगामी तीन वर्षका लागि डा. कुन्दन अर्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमितिका सदस्यहरूमा रुद्रबहादुर चर्मकार, लता प्याकुरेल, गीता बराल, ज्योति बानियाँ, रघुनाथ अधिकारी र नरनाथ लुइँटेल निर्वाचित हुनुभएको छ । केही दिनपछि हुने नवनिर्वाचित कार्यसमितिको बैठकले पदाधिकारीको टुङ्गो…
नयाँ सरकारका लागि राष्ट्रपतिबाट आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । सात दिनभित्र दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर प्रधानमन्त्रीको नाम दिन राष्ट्रपति भण्डारीले आह्वान गर्नु भएको हो । निर्वाचन परिणामसहितको प्रतिवेदन प्राप्त भएकाले संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत…
फौजदारी कार्यविधि संहिता २०७४ को संशोधन अध्यादेश फिर्ता लिन इन्सेकको आग्रह
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश,२०७९’ जारी गर्न २०७९ मंसिर २६ गते राष्ट्रपतिसमक्ष गरेको सिफारिस फिर्ता लिन इन्सेकले आग्रह गरेको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले मङ्सिर २८ गते एक विज्ञप्ति जारी गर्दै उक्त अध्यादेश मानव…
यौन दुर्व्यवहार घटनाका आरोपित प्रधानाध्यापकविरुद्ध उजुरी
छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा टोखा नगरपालिका–१०, सामाखुशीस्थित मनोहर माविका प्रधानाध्यापक माधवप्रसाद भट्टराईविरुद्ध पीडित पक्षले ०७९ मङ्सिर २० गते प्रहरी वृत महाराजगञ्जमा उजुरी दिएको छ । पीडित बालिकालाई भदौ ७ गते प्रधानाध्यापक भट्टराईले कक्षा कोठामा बोलाएर यौन दुर्व्यवहार गरेको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ । उजुरी प्राप्त भएसँगै अनुसन्धान…
आत्महत्या दुरुत्साहन घटनाका आरोपित गिरफ्तार
नुवाकोट घर भई काठमाडौँ महानगरपालिका-१० बस्ने २७ वर्षीयका पुष्पा न्यौपानेलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा झापा जिल्ला भई काठमाडौँ महानगरपालिका-४ धुम्बाराही बस्ने सुधन सङ्ग्रौलालाई प्रहरीले मङ्सिर २० गते गिरफ्तार गरेको छ । पीडित न्यौपानेले आरोपितको धुम्बाराहीस्थत घर अगाडि ०७९ मङ्सिर १८ गते साँझ आफैलाई पेट्रोल खन्याएर आगो लगाएकोमा मङ्सिर १९…