सङ्क्रमणकालीन आयोगका पदाधिकारीमा निष्पक्ष र सक्षम व्यक्तिलाई सिफारिस गर्न ध्यानाकर्षण
द्वन्द्वपीडित साझा चौतारीलगायत २६ ओटा सङ्घसंस्थाले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीमा निष्पक्ष र सक्षम व्यक्तिहरुलाई सिफारिस गर्न ध्यानाकर्षण गराएका छन् । विश्वसनीय, पारदर्शी र सार्वजनिक छनौट प्रक्रियाद्वारा स्वायत्त, निष्पक्ष र सक्षम व्यक्तिहरुलाई सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारीमा सिफारिस…
स्थानीय तहको उपनिर्वाचनका लागि आयोगद्वारा खर्चको हद निर्धारण
स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारका लागि निर्वाचन आयोगले कात्तिक ९ गते खर्चको हद निर्धारण गरेको छ । महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले ३ लाख रुपियाँ र उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले २ लाख रुपियाँ खर्च गर्न पाउने आयोगका सहसचिव एवम् प्रवक्ता नारायण सापकोटाले जानकारी दिनु भयो । त्यसैगरी गाउँपालिका वडा अध्यक्ष…
बलात्कार मुद्दाका फरार कसुरदार गिरफ्तार
सल्यानको बागचौर नगरपालिका-२ घर भई हाल कीर्तिपुर नगरपालिका-८ बस्दै आएका ३५ वर्षीय रामचन्द्र केसीलाई प्रहरीले ०८१ कात्तिक ६ गते गिरफ्तार गरेको छ । बलात्कार र गर्भपतन मुद्दाका फरार किसुरदार केसीलाई कीर्तिपुर नगरपालिका-८ स्थित पाँगाबाट गिरफ्तार गरेको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिनु भयो । बलात्कार र गर्भपतन मुद्दामा उच्च अदालत…
सङ्क्रमणकालीन न्यायिक आयोगमा पदाधिकारी नियुक्ति गर्न सिफारिस गर्न समिति पुनर्गठन
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको नियुक्तिका लागि सिफारिस गर्न कात्तिक २ गते सरकारले समिति पुनर्गठन गरेको छ। कात्तिक २ गते बसेको मन्त्रिपरिषद्को बैठकले ०८० चैत ३० गतेको निर्णयानुसार गठित सिफारिस समिति पुनर्गठन गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री पृथ्वी…
जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले नुवाकोट तादी गाउँपालिका–६ घर भई हाल काठमाडौँ टोखा महानगरपालिका–२६ नयाँ बसपार्कस्थित निमा गेष्ट हाउसका सञ्चालक २९ वर्षीय सुजन तामाङलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले आर्थिक प्रलोभन देखाएर जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा पीडित पक्षले एक वर्षअघि नै प्रहरीमा उजुरी…
अभियन्ता गौतममाथि रड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
गोकर्णेश्वर नपा-८ बेशीगाउँस्थित सडकमा सोही ठाउँका ४५ वर्षीय अभियन्ता पुण्य गौतममाथि असोज २१ गते रड प्रहार गरेको आरोपमा प्रहरीले असोज २२ गते काभ्रे तेमाल घर भई हाल भक्तपुरको च्यामासिंह बस्ने ३० वर्षीय टासी लामा भनिने सञ्जीव तामाङ र असोज २३ गते रसुवा घर भई हाल गोकर्णेश्वर नगरपालिका-४ बस्ने ४१ वर्षीय…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको छ । घरयासी विवादका क्रममा पीडितलाई आरोपितले वैशाख १९ गते कुटपिटबाट पत्नीको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ ।…
स्थानीय तह उपनिर्वाचनका लागि २५ ओटा दल दर्ताः आयोग
आगामी मङ्सिर १६ गते गर्न लागिएको स्थानीय तहको उपनिर्वाचनका लागि २५ ओटा राजनीतिक दल दर्ता भएका निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम अनुसार कानुनी प्रक्रिया पूरा भएका २५ ओटा राजनीतिक दललाई दर्ता गरिएको निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनु भयो। ति राजनीतिक…
हिलोसहितको बाढीले सुकुम्बासीलाई समस्या ! (फोटो फिचर)
असोज १०, ११ र १२ गते परेको वर्षाले बागमती प्रदेशमा सात ओटा जिल्ला अति प्रभावित भए । सोही वर्षाले बागमती नदीमा आएको हिलोसहितको बाढी नै काठमाडौँ महानगरपालिका–११, वंशीघाटको सुकुम्बासी बस्तीमा पसेपछि यहाँका बासिन्दालाई लत्ता कपडा, खाना, र शुद्ध पिउने पानीको समस्या भएको छ । बाढीले गर्दा यहाँका बासिन्दाको घरमा खाना…
बाढी पहिरोका कारण विद्यालयहरूमा क्षति, विद्यालय सञ्चालनमा जोखिम
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार अविरल वर्षासँगै आएको पहिरोले नुवाकोटमा पाँच ओटा विद्यालयको भौतिक संरचनामा क्षति पुग्नुको साथै विद्यालय उच्च जोखिममा परेका छन् । असोज १०, ११ र १२ गते परेको निरन्तर वर्षाको कारण आएको पहिरोबाट केही विद्यालयका केही कक्षा कोठामा क्षति पुगेको छ भने विद्यालयहरू पहिरोको उच्च जोखिममा परेको…