संविधान कार्यान्वयन र नागरिक मैत्री शासन प्रणाली मुख्य प्राथमिकतामा

संघीय संसद्को ०८१ जेठ १ गते बसेकाे संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएकाे छ ।  नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन र नागरिक मैत्री शासन प्रणालीलाई मुख्य प्राथमिकतामा राखिएकाे छ । यस वर्षको नीति तथा कार्यक्रममा तीन तहका सरकारबीच…

२०८१ जेष्ठ २, बुधबार ०५:२० गते  
भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रमा ज्यादती भएको भन्दै धर्ना बसेका २२ जना गिरफ्तार

काठमाडौंको त्रिपुरेश्वरस्थित भन्सार विभाग परिसरमा भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रमा ज्यादती भएको भन्दै धर्ना बसेका २२ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रमा ज्यादती भएको भन्दै आम जनता पार्टी उपत्यका कमिटिले काठमाडौँको त्रिपुरेश्वरमा रहेको भन्सार विभाग परिसरमा चौथो चरणको कार्यालय घेराउ तथा धर्ना गरेको अवस्थामा वैशाख…

२०८१ जेष्ठ १, मंगलवार १०:०६ गते  
जातीय विभेदका घटनामा तत्काल कारबाही आवश्यक

दलित र विशेष गरी दलित महिला तथा बालिकाहरूलाई जातमा आधारित विभेदमा तत्काल कारबाही आवश्यक रहेको भन्दै एम्नेस्टी इन्टरनेशनलले वैशाख २८ गते एक प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालका सरकारी अधिकारीहरू जातीय विभेद घटनाका पीडितलाई संरक्षण प्रदान गर्न विफल भएको एम्नेस्टी इन्टरनेशनलको प्रतिवेदनले देखाएको हो  । नेपाल तथा धेरै दक्षिण एसियाली…

२०८१ बैशाख २९, शनिबार १८:३६ गते  
अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनका लागि रिले अनशन

राज्यले अपाङ्गतासम्बन्धी कानुन र नियमावली बमोजिम अपाङ्गता भएका व्यक्तिलाई दिएको अधिकार कार्यान्वयनका लागि ०८१ वैशाख १७ गतेदेखि काठमाडौँको शान्तिवाटिकामा अनिश्चितकालीन रिले अनशन बसेको नौ दिन हुँदा पनि माग सम्बोधन हुन सकेको छैन । तनहुँ जिल्ला म्यादे गाउँपालिकाका दीपक भण्डारीलगायत १२ जनाले अपाङ्गतासम्बन्धी कानुन र नियमावली बमोजिम अपाङ्गता भएका व्यक्तिलाई दिएको…

२०८१ बैशाख २६, बुधबार १६:२० गते  
आमरण अनशनको १७ दिन पुग्दा पनि माग सुनुुवाइ नभएको गुनासो

रूसी सेनामा भर्ना हुन पुगेका नेपालीहरूको उद्धारको माग गर्दै ०८१ वैशाख ५ गतेबाट १७ दिनसम्म आमरण अनशन बस्दा पनि आफ्नो माग सुनुवाइ नभएको पीडितका आफन्तहरूले गुनासो गरेका छन् । पीडित परिवारले आफन्तहरूको घरफिर्ती अभियानसँगै मानव तस्करहरूलाई कारबाही गर्नका लागि आवश्यक पहल गरिदिन सरकारसँग राखेको माग सुनुवाइ नभएको गुनासो गरेका हुन्…

२०८१ बैशाख २४, सोमबार ०९:३० गते  
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार

१७ वर्षीया बालिका र १८ वर्षीया युवतीलाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा दार्चुला जिल्ला व्यास गाउँपालिका-६, हुती घर भई काठमाडौँ जिल्ला टोखा नगरपालिका-९, दिपज्योती मार्गमा बस्ने २९ वर्षीय लोकेन्द्र बडु र सर्लाही जिल्ला हरिवन नगरपालिका-२ घर भई हाल टोखा नगरपालिका-९ बस्ने ३७ वर्षीया कान्छीमाया घिसिङलाई प्रहरीले ०८१ वैशाख १८ गते…

२०८१ बैशाख २१, शुक्रबार १०:०१ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया अनिसा परियारलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले काठमाडौं मनपा–६ भुगोलडाँडा डेरा गरी बस्ने ओखलढुङ्गा जिल्ला सिद्धिचरण नपा–३  घर भएका ३५ वर्षीय सन्तोष परियारलाई वैशाख १९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख १८ गते परपुरूषसँग लागेको आरोपमा कुटपिट गरी हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीले…

२०८१ बैशाख २०, बिहीबार १५:३३ गते  
अपहरण तथा शरीर बन्धक घटनाका आरोपित गिरफ्तार

सप्तरी राजविराज नगरपालिका–१३ का २५ वर्षीय सितेन्द्र यादवालाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा काठमाडौँ महानगरपालिका–२९ सिनामंगल बस्ने सर्लाही जिल्ला मलङ्गवा नगरपालिका–३ घर भएका २५ वर्षीय अजिम अली र सोही नगरपालिका–७ बस्ने २५ वर्षीय एमडि सनी अलाहीलाई प्रहरीले ०८१ वैशाख १८ गते सिनामङ्गलबाट गरिफ्तार गरेको छ । पीडित यादवले आफू…

२०८१ बैशाख १८, मंगलवार १२:१६ गते  
बागमती प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० पुस १६ गते देखि चैत १८ गते सन् २०२४ को पहिलो त्रैमासक (जनवरी देखि अप्रिलसम्म) को अवधिको मानव अधिकार अवस्था सार्वजनिक  गरेको छ । बागमती प्रदेशको अभिलेख अनुसार सन् २०२४ को पहिलो तीन महिनाको अवधिमा यस  प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा…

२०८१ बैशाख १७, सोमबार १२:५६ गते  
हत्या घटनाका फरार आरोपित गिरफ्तार

म्याग्दी जिल्लाको घर भई किर्तीपुर स्थित कृषि कार्यालयमा कार्यरत २३ वर्षीया सुनमाया किसान (सार्की)लाई हत्या गरेको आरोपमा पीडितका आफन्त ४७ वर्षीय समरबहादुर सार्कीलाई प्रहरीले नौ वर्षपछि काठमाडौँको चान्लाखेल एरीयबाट प्रहरीले ०८१ वैशाख १६ गते गिरफ्तार गरेको छ । पीडित सुनुमायाको किर्तीपुरस्थित कोठमा ०७१ असोज ३१ गते बेलुका गएका काठमाडौँको ढुङ्गे…

२०८१ बैशाख १६, आईतवार १२:२९ गते