शान्ति प्रक्रिया र संविधानको कार्यान्वयन सरकारको पहिलो प्राथमिकताः प्रम दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ २३ गते संसदलाई सम्बोधन गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने र संविधानको कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । दोस्रोपटक प्रधानमन्त्री बनेपछि पहिलोपल्ट संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । त्यसका साथै उनले भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिने, सुशासन र सामाजिक न्याय…
अनसनरत गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था बिग्रँदै
छोराको हत्यारालाई कारबाहीको माग गर्दै साउन २७ गतेदेखि वीर अस्पतालमा उपचारार्थ अवस्थामा नै आमरण अनसनमा बसेकी गोरखा फुजेल-७ की ५९ वर्षीय गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था बिग्रँदै गएको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । गङ्गामायाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन भदौ २२ गते वीर अस्पताल पुगेका इन्सेक काठमाडौँ जिल्ला प्रतिनिधिसँग कुराकानी…
द्वन्द्वकालीन घटनाको न्यायोचित ढङ्गबाट मुलुकभित्रै छिनोफानो गर्न माग
द्वन्द्वकालीन घटनाको न्यायोचित ढङ्गबाट मुलुकभित्रै छिनोफानो गर्नुपर्ने भन्दै जवाफदेहीता निगरानी समितिले सङ्क्रमणकालीन न्यायका अन्तर्राष्ट्रिय सिद्धान्त अनुसार त्यस्ता घटनाहरूको सम्बोधन गर्न माग गरेको छ । समितिले भदौ २२ गते प्रेस विज्ञप्ति जारी गर्दै सङ्क्रमणकालीन न्यायका संयन्त्रहरू अन्तर्राष्ट्रिय मापदण्ड र मुल्य-मान्यता अनुरूप पीडित केन्द्रित भएर अघि बढुन् जसबाट पीडितका पीडा सम्बोधन र…
नेपाली सेनाका महासेनानी लामालाई सफाइ
बेलायतमा यातनासम्बन्धी मुद्दा खेपिरहेका नेपाली सेनाका महासेनानी कुमार लामाले सफाइ पाएको सञ्चार माध्यमहरूले जनाएका छन् । पर्याप्त प्रमाण आधार विना मुद्दालाई थप अघि बढाउन नसकिने निर्णय बेलायती अदालतले भदौ २१ गते गरेको बेलायतस्थित नेपाली राजदूतावासलाई उद्धृत गर्दै परराष्ट्र सचिव शङ्करदास वैरागीले जानकारी दिएको खबर सञ्चार माध्यमहरूमा प्रकाशित भएका छन् ।…
बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दायर
एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नुवाकोट कुमारी-६ घरभई हाल काठमाडौँ कामनपा-१४ कलङ्की बस्ने १९ वर्षीय रविन न्यौपानेविरूद्ध महानगरीय प्रहरी वृत्त कालिमाटीले जबरजस्ती करणीसम्बन्धी मुद्दा दायर गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटी मुद्दा शाखाका इन्स्पेक्टर दिनेश लामिछानेले आरोपित न्यौपानेविरूद्ध भदौ २१ गते सो मुद्दा दायर गरेको र अनुसन्धानका…
कारागारको हेलचेक्र्याईंले मृत्यु भएको भन्दै घटनाको छानबिन गर्न माग
बहिर्गमित जनमुक्ति सेना नेपालका केन्द्रीय सचिव सञ्जय जर्घा मगर (क्रान्ती)को डिल्लिबजार कारागारको हेलचेक्र्याईंका कारण मृत्यु भएको आरोप लगाउँदै बहिर्गमित जनमुक्ति सेना नेपालले उक्त घटनाको छानबिन गर्न माग गरेको छ । बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टद्वारा भदौ २० गते जारी विज्ञप्तिमा षडयन्त्रमूलक ढङ्गले राज्यको संवेदनशील ठाउँमा मगरको मृत्यु भएको…
मानव बेचविखन विरुद्धको दिवसका अवसरमा विविध कार्यक्रम
मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा भदौ २० गते विभिन्न जिल्लामा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएका खबरहरू प्राप्त भएका छन् । 'एउटै लक्ष्य एउटै सार, मानव बेचविखनको अन्त्य हाम्रो साझा सरोकार' भन्ने मूल नाराका साथ १० औँ मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस मनाइएको हो । इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका…
मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइयो
मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा भदौ २० गते बिहान काठमाडौँमा प्रभातफेरीको आयोजना गरिएको छ । "एउटै लक्ष्य एउटै सार, मानव बेचविखनको अन्त्य हाम्रो साझा सरोकार" भन्ने मूल नाराका साथ मानव बेचविखन विरुद्धको दशौँ राष्ट्रिय दिवसको अवसरमा काठमाडौँको भृकुटीमण्डपबाट निकालिएको प्रभातफेरी भद्रकाली, न्यूरोड हुँदै कमलादीस्थित प्रज्ञाभवनमा आएर मूलसमारोह कार्यक्रममा सहमाहित…
मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनको बैठकले संविधान संशोधन मस्यौदा समिति गठन
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको सङ्घीय गठबन्धनको बैठकले सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा ११ सदस्यीय संविधान मस्यौदा समिति गठन गरेको छ । काठमाडौँको तीनकुनेस्थित सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा भदौ १९ गते बसेको बैठकले सो समिति गठन गरेको हो । समितिमा तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लाल,…
यातना नियन्त्रण विधेयकमा सुधारका लागि अपिल
लामो समयदेखि संसदमा विचाराधिन यातना तथा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार (नियन्त्रण) विधेयक ऐनको रुपमा जारी हुने क्रममा रहेको समाचारप्रति जवाफदेहिता निगरानी समिति तथा लोकतान्त्रिक स्वतन्त्रता तथा मानव अधिकार संस्था (डिफ्रि) ले ध्यानाकर्षण भएको जनाएका छन् । दुवै संस्थाले भदौ १७ गते संयुक्त रूपमा विज्ञप्ति जारी गरेर विधेयक सुधारका लागि…