निर्वाचनको मिति घोषणा गरेको विरोधमा मसाल जुलुस प्रदर्शन
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराईका विभिन्न जिल्लामा फागुन १० गते साँझ मसाल जुलुस प्रदर्शन गरेको छ । इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार मोर्चाले राजविराजका साथै जिल्लाका प्रमुख बजारमा फागुन १० गते साँझ मसाल जुलुस प्रदर्शन गरेको छ । संविधान संशोधनमार्फत…
सरकारद्वारा वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको घोषणा
सरकारले आगामी वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने भएको राससले जनाएको छ । फागुन ८ गते साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराउने मिति तय गरेको हो । निर्वाचनका लागि अर्थ मन्त्रालयले रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार…
लालपूर्जाको माग गर्दै मुसहरद्वारा सरकारलाई ज्ञापनपत्र
तराई मधेसमा बसोबास गर्ने अति पिछडिएको दलित मुसहर समुदायले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा पाउनु पर्ने माग राख्दै फागुन ८ गते जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार मुसहर समुदायले फागुन ८ गतेदेखि देशव्यापी रूपमा नै 'जग्गा आन्दोलन' सुरु गरेर आफूले…
तीनै तहको निर्वाचन मिति अबिलम्ब घोषणा गर्न माग गर्दै प्रदर्शन
निर्वाचनका लागि नागरिक दबाव अभियानले "संविधान कार्यान्वयनः आवधिक निर्वाचन" भन्ने मूल नाराका साथ थालेको दबाव अभियानमा सहभागीहरूले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचनको मिति अबिलम्ब घोषणा गर्न र हिमाल, पहाड, तराई मधेसका सबै नागरिकलाई समानताको अनुभूति दिलाउन माग गरेका छन् । प्रजातन्त्र दिवसको अवसर पारेर जनताको अधिकारलाई सुनिश्चित बनाउन यस्तो…
वर्ष पुस्तक आधिकारिक अभिलेखको दस्तावेजः पूर्व प्रधान्यायाधीश श्रेष्ठ
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले एक कार्यक्रमकाबिच नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ विमोचन गरेको छ । पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठले फागुन ७ गते ललितपुरमा आयोजित कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ विमोचन गरेका हुन् । कार्यक्रममा पूर्व प्रधानन्यायाधीश श्रेष्ठले मानव अधिकारको आधार नै नेपाल मानव अधिकार वर्ष…
निर्वाचन आयोगको सदस्यमा तीन जनाको नाम अनुमोदन
संसदीय सुनुवाइ विशेष समितिको फागुन ३ गते बसेको बैठकले निर्वाचन आयोगमा रिक्त रहेको सदस्य पदको लागि प्रस्तावित तीनै जनाको नाम अनुमोदन गरेको छ । बैठकले संवैधानिक परिषद्बाट माघ १४ गते प्रस्तावित गरेको नरेन्द्र दाहाल, इश्वरी पौडेल र सुधिरकुमार शाहको नाम र्सवसम्मतले अनुमोदन गरेको हो । व्यवस्थापिका संसद नियमावली २०७३ को…
ऐन निर्माण गरी संसदमा पेश गर्न मानव अधिकार समितिको निर्देशन
सामाजिक न्याय तथा मानव अधिकार समितिको माघ २८ गते बसेको बैठकले द्वन्द्वकालीन न्यायको विषयमा छानबिन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको ऐन निर्माण गरी संसदमा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । समयसिमाभित्र आयोगहरूले काम सम्पन्न नगरेपछि माघ २७ गतेको मन्त्रिपरिषद् बैठकले…
सङ्क्रमणकालीन न्यायका लागि गठित दुवै आयोगको अवधि एक वर्ष थप
सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समय अवधि एक वर्ष थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को माघ २७ गते बसेको बैठकले १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा राज्य र तत्कालीन नेकपा माओवादी पक्षबाट भएका मानव अधिकार उल्लङ्घन तथा जघन्य अपराधको घटनाको छानबिन गरी दोषीलाई कारबाही…
नागरिक समाजको सवलिकरण विषयक दुई दिने अनुशिक्षण कार्यक्रम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा माघ २५ गतेदेखि नेपालको नागरिक समाजको सवलिकरण विषयक दुई दिने अनुशिक्षण कार्यक्रम सुरू भएको छ । तालिमको उद्घाटन गर्दै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले जिम्मेवारी बहन गरेकाहरू जवाफदेही बन्नुपर्ने बताए । उनले लोकतन्त्र र अराजकता सँगै जान नसक्ने भन्दै अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरू थप…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
चितवन जिल्ला घर भई हाल धनगढीको ट्राफिक चौराहामा बस्दै आएका ३० वर्षीया लक्ष्मी भण्डारीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनका पति परशुराम भण्डारीलाई गिरफ्तार गरेको राससले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय एक होटेलमा सुरक्षा गार्डको रुपमा कार्यरत भण्डारीको कुटपिटबाट घाइते भएकी लक्ष्मीको उपचारका लागि अस्पताल लैजाँदै…