वरिष्ठ साहित्यकार दीक्षितको निधनप्रति शोक व्यक्त

मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार एवम् पत्रकार कमलमणि दीक्षितको पुस १४ गते बिहान निधन भएको छ । उनको निधनले नेपाली भाषा र साहित्यको क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै इन्सेक, जवाफदेहिता निगरानी समितिलगायतका सङ्घसंस्थाले दुःख व्यक्त गरेका छन् । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा पुस १४ गते…

२०७३ पुष १५, शुक्रबार ०७:५९ गते  
सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनःसंरचनासम्बन्धी प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनःसंरचना समन्वय समितिले सङ्घ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकार सूचीको कार्य विस्तृतीकरण गरी सोसम्बन्धी प्रतिवेदन पुस १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको राससले जनाएको छ । मुख्यसचिव डा सोमलाल सुवेदीको संयोजकत्वमा रहेको समितिले नेपालको संविधानको अनुसूची ५, ६, ७, ८ र ९ मा…

२०७३ पुष १३, बुधबार २२:५६ गते  
एक कार्यक्रमको आयोजना गरी परियोजना सकिएको जानकारी

इन्सेकको नेतृत्वमा जागरण नेपाल, नेपाल अपाङ्ग समाज, दलित सेवा सङ्घको सहकार्यमा २०१५ जनवरीबाट सञ्चालित नेपालमा विभेद गरिएका समूहको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्धनका लागि मानव अधिकार रक्षक तथा नागरिक समाजको सुदृढिकरण नामक दुई वर्षे परियोजनाको एक कार्यक्रमका बिच समापन भएको जानकारी दिइएको छ । ललितपुरमा पुस १२ गते आयोजित…

२०७३ पुष १२, मंगलवार २२:१६ गते  
पत्रकार हत्याको छानबिन भएन - प्रतिवेदन

माओवादी सशस्त्र द्वन्द्व सुरु भएयता (२०५२ सालपछि) हत्या गरिएका र बेपत्ता पारिएका पत्रकार/सञ्चारकर्मीमध्ये धेरै पत्रकारको हत्याको घटनाबारे अझै अनुसन्धान नभएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । फ्रिड्म फोरमले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार तत्कालीन माओवादी द्वन्द्व सुरु (२०५२ देखि हालसम्म) विभिन्न बहानामा मुलुकभर २३ जना सञ्चारकर्मीको हत्या र तीन जना बेपत्ता…

२०७३ पुष १२, मंगलवार २२:१३ गते  
आयोगबाट गरिएका सिफारिस कार्यान्वयन गर्नुपर्नेमा जोड

राष्ट्रिय मानव अधिकार आयोगबाट गरिएका सिफारिसहरू कार्यान्वयन गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । पुस ८ गते काठमाडौँमा आयोजित "सङ्क्रमणकालीन न्याय र राष्ट्रिय मानव अधिकार आयोगका सिफारिस" विषयक निगरानी सभाका सहभागीहरूले सो कुरामा जोड दिएका हुन् । कार्यक्रमको अध्यक्षता गर्दै इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व…

२०७३ पुष ९, शनिबार ०७:०६ गते  
निलम्बित अख्तियार प्रमुख कार्कीको नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ सुरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति विरूद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको राससले जनाएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीविरुद्धको मुद्दामा सुनुवाइ सुरु गरेको हो । रिट निवेदक ओमप्रकाश अर्यालका तर्फबाट अधिवक्ता रमेश बडाल, डा सुरेन्द्र भण्डारी,…

२०७३ पुष ७, बिहीबार २१:१० गते  
द्वन्द्वमा बाल सेनाको प्रयोग मानव अधिकारको गम्भीर उल्लङ्घनः सरोकारवाला

सरोकारवालाहरूले सशस्त्र द्वन्द्वको अवधिमा बाल सेनाको प्रयोग गरिनु मानव अधिकारको गम्भीर उल्लङ्घन भएको बताएका छन् । बहिर्गमित जनमुक्ति सेना नेपालद्वारा पुस ७ गते आयोजित "बाल सेनाको प्रयोग, द्वन्द्वोतर न्याय र सामाजिक आर्थिक समायोजानः अन्तर्राष्ट्रिय अभ्यास" विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले बालिबालिकालाई सैन्य तालिम दिई युद्ध गर्न लगाउनु अन्तर्राष्ट्रिय मुल्य, मान्यता…

२०७३ पुष ७, बिहीबार २०:३९ गते  
तिवारी हत्याको विरोधमा गरिएको बन्दले जनजीवन प्रभावित

युवा सङ्घका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा लुम्विनी बन्दका कारण पुस ५ गते यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार सङ्गठनकै कामको सिलसिलामा सिङ्गाहा जाँदै गरेका तिवारीसँगै खुशी न्यौपाने पनि तिवारीले चलाएको मोटरसाइकलमा पछाडि बसेका थिए । न्यौपानेका अनुसार तिवारीलाई गोली…

२०७३ पुष ५, मंगलवार २१:३९ गते  
वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधिहरूले जिल्लामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरूका बारेमा समीक्षात्मक कार्यक्रम गरेका खबरहरू पठाएका छन् । इन्सेक प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार इन्सेकले सन् २०१६ जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरेका जिल्लाका मानव अधिकारका उल्लङ्घनका घटनाहरूको समीक्षा गरिएको छ । कार्यक्रममा सहायक…

२०७३ पुष ५, मंगलवार २१:०६ गते  
तिवारी हत्या घटनाको अनुसन्धान गर्न छानविन समिति गठन

एमाले निकट भातृ सङ्गठन युवा सङ्घका रुपन्देही जिल्ला अध्यक्ष ३९ वर्षीय दुर्गाप्रसाद तिवारीको हत्या घटनाको छानबिन गरी सत्यतथ्य सहितको प्रतिवेदन १५ दिन भित्र गृहमन्त्रालयमा पेश गर्न नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माको अध्यक्षतामा चार सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरिएको छ । गृह मन्त्रालयले पुस ५ गेत प्रेस विज्ञप्ति जारी गरी…

२०७३ पुष ५, मंगलवार २०:२६ गते