नागरिक समाजको सवलिकरण विषयक दुई दिने अनुशिक्षण कार्यक्रम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा माघ २५ गतेदेखि नेपालको नागरिक समाजको सवलिकरण विषयक दुई दिने अनुशिक्षण कार्यक्रम सुरू भएको छ । तालिमको उद्घाटन गर्दै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले जिम्मेवारी बहन गरेकाहरू जवाफदेही बन्नुपर्ने बताए । उनले लोकतन्त्र र अराजकता सँगै जान नसक्ने भन्दै अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरू थप…

२०७३ माघ २५, मंगलवार २३:०१ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

चितवन जिल्ला घर भई हाल धनगढीको ट्राफिक चौराहामा बस्दै आएका ३० वर्षीया लक्ष्मी भण्डारीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनका पति परशुराम भण्डारीलाई गिरफ्तार गरेको राससले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय एक होटेलमा सुरक्षा गार्डको रुपमा कार्यरत भण्डारीको कुटपिटबाट घाइते भएकी लक्ष्मीको उपचारका लागि अस्पताल लैजाँदै…

२०७३ माघ २२, शनिबार २०:५४ गते  
गाविस सचिवहरू आन्दोलनमा उत्रिएपछि सेवाग्राही मर्कामा

आफूहरूले पाउँदै गरेको प्रोत्साहन भत्ता कटौती गरेको भन्दै विभिन्न जिल्लाका गाविस सचिवहरू आन्दोलित भएपछि गाविसको कामकाज ठप्प भएको छ । इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीका अनुसार माघ २० गते जिल्लाका ५९ जना सचिवहरूले स्थानीय विकास अधिकारी युवराज सुवेदीलाई संयूक्त रूपमा कार्यालयको छाप बुझाएर जिल्ला विकास समितिमा धर्ना दिएका थिए…

२०७३ माघ २१, शुक्रबार २०:४७ गते  
आयोगहरू निष्कृय बनेको सरोकारवालाहरूको आरोप

सरोकारवालाहरूले सशस्त्र द्वन्द्वकालमा भएका मानव अधिकार तथा मानवीय कानुनको उल्लङ्घनका घटनाहरूको निष्पक्ष छानबिन गरी पीडितलाई परिपूरण र न्याय प्रदान गर्ने उद्देश्यका लागि गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग निष्कृय बनेको आरोप लगाएका छन् । द्वन्द्वपीडित साझा चौतारी र जवाफदेहिता निगरानी समितिले माघ २० गते काठमाडौँमा…

२०७३ माघ २०, बिहीबार २३:३१ गते  
गङ्गामायालाई न्याय दिन माग गर्दै प्रदर्शन

गोरखा जिल्ला फुजेल-७ की गङ्गामाया अधिकारीलाई न्याय दिन माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि माघ २० गते अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनलाई सम्बोधन गर्दै अधिकारकर्मीहरूले छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वषौर्ँदेखि आमरण अनसन बसेका कारण विभिन्न रोगको सङ्क्रमणबाट थप पीडित बनेकी गङ्गामायालाई शीघ्र न्याय दिई उनको जीवन रक्षा…

२०७३ माघ २०, बिहीबार १६:३९ गते  
सत्य निरूपण आयोगले बनाएको 'उजुरी तामेली मापदण्ड' खारेज

सर्वोच्च अदालतले द्वन्द्वकालीन घटनाका अपराधमा छानबिनका लागि सत्यनिरूपण तथा मेलमिलाप आयोगले बनाएको मापदण्ड बुधबार खारेज गरिदिएको छ । मापदण्ड खारेज गर्ने सर्वोच्चको निर्णयसँगै आयोगले द्वन्द्वकालका सबै प्रकृतिका घटनाका उजुरीमा छानबिन गर्न आयोग बाध्य हुनेछ । सर्वोच्चका न्यायाधीशद्वय जगदीश शर्मा पौडेल र दीपककुमार कार्कीको संयुक्त इजलासले उजुरी तामेलीमा राख्ने गरी बनाएको…

२०७३ माघ २०, बिहीबार ०९:३४ गते  
प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरू

संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगमा रिक्त रहेका आयुक्त पदका लागि प्रस्तावित आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरू गरेको  छ । समितिको माघ १९ गते बसेको बैठकले प्रस्तावित आयुक्तहरूको सुनुवाइ प्रक्रिया अघि बढाएको हो । समितिले प्रस्तावित आयुक्तहरूको विरुद्धमा गुनासो वा उजुरी भए समितिमा पठाउन पनि आग्रह गरेको छ । संवैधानिक परिषद्को…

२०७३ माघ १९, बुधबार २१:०० गते  
विद्यार्थी सङ्गठनबिच झडप, अखिलका क्याम्पस अध्यक्ष गौतम घाइते

काठमाडौँको ठमेलस्थित सरस्वती बहुमूखी क्यापसमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र एकीकृत नेकपा माओवादी सम्बद्ध अखिल क्रान्तिकारीका विद्यार्थीहरूबिच माघ १८ गते झडप भएको छ । झडपमा अनेरास्ववियु सरस्वती क्याम्पस कमिटी अध्यक्ष शङ्कर गौतम घाइते भएको अनेरास्ववियुका केन्द्रीय प्रवक्ता आरसी लामिछानेले बताए । कुटपिटका कारण घाइते गौतमको…

२०७३ माघ १८, मंगलवार २१:५२ गते  
द्वन्द्वकालका घटना समाधानका लागि गठित दुई आयोग सङ्कटमा

सशस्त्र द्वन्द्व व्यवस्थापन गर्न गठन गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग सङ्कटमा परेका छन् । दुई वर्षभित्र सशस्त्र द्वन्द्वकालीन घटनाको व्यवस्थापनका लागि गठित ती आयोगको समय यही माघ २७ गते सकिँदैछ भने ती दुवै आयोगले गतवर्ष संशोधन गर्न पठाएको ऐनसमेत पारित नहुँदा तीनको कामकारबाही…

२०७३ माघ १८, मंगलवार १८:०६ गते  
लेखा समितिको सभापतिमा सत्तापक्षकै सांसद निर्वाचित

व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा सत्तापक्षकै सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । समितिको सभापतिका लागि माघ १७ गते भएको निर्वाचनमा एमाले सांसद पशुपति चौलागाईंको भन्दा सात मत बढी ल्याएर सत्तापक्षीय गठबन्धनका उम्मेदवार डोरप्रसाद उपाध्याय निर्वाचत भएका हुन् । निर्वाचत उपाध्यायले ३९ मतमध्ये २३ मत प्राप्त गरेका थिए…

२०७३ माघ १७, सोमबार १९:५१ गते