अख्तियार प्रमुखविरुद्ध महाअभियोग प्रस्ताव
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ताको प्रक्रिया अघि बढाइएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का १ सय ५७ जना सांसदले हस्ताक्षर गरी कात्तिक ३ गते प्रमुख आयुक्त कार्कीविरुद्ध व्यवस्थापिका–संसद् सचिवालयलाई महाअभियोग प्रस्ताव बुझाएको नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिएका छन्…
संसदकाे बैठकद्वारा महाअभियाेग समिति गठन
व्यवस्थापिका–संसद् मातहत महाअभियोग सिफारिस समिति गठन गरिएको छ । व्यवस्थापिका–संसद्को कात्तिक ३ गते बसेको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेपछि बैठकले उक्त प्रस्ताव सर्वसम्मतले पारित गरिएको थियो । नेपालको संविधानको धारा १०१ को उपधारा ३ र ४ एवम् संसद् नियमावली २०७३ को नियम १६९ बमोजिम…
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक समितिमा
व्यवस्थापिका संसद्को कात्तिक २ गते बसेको बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक,२०७२ थप छलफलका निम्ति संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिमा पुगेको छ । प्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्यण मन्त्री पुष्पकमल दाहालको तर्फबाट कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री अजयशङ्कर नायकले उक्त विधेयकलाई निर्णयार्थ संसदमा पेश गरेका थिए…
सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो
नेपालीहरूको महान पर्व बडा दसैँको समयमा पनि सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकले दुखेसो पोखेका छन् । इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार बडा दसैँमा ज्येष्ठ नागरिकहरूले मिठो मसिनो खाने र लुगाफाटो फेर्ने योजना सपनामा सीमित रहेको ज्येष्ठ नागरिक सङ्घ जुम्लाका अध्यक्ष तिर्थराज भारतीले गुनासो गरे । उनले…
अनसन स्थगित गर्न डा. केसीलाई मानव अधिकारकर्मीहरूको आग्रह
मानव अधिकारकर्मीहरूले चिकित्सा क्षेत्र सुधार, अख्तियार प्रमुखलाई महाअभियोग लगाउनुपर्ने लगायतका मागसहित असोज १० गतेदेखि आमरण अनसन बसेका त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द केसीलाई केही दिनका लागि अनसन स्थगन गर्न आग्रह गरेका छन् । अनसनरत डा. केसीसँगको असोज १९ गते गरिएको भेटमा मानव अधिकारकर्मीहरू सुबोधराज प्याकुरेल, चरण प्रसाई, बाबुराम गिरी,…
चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा. केसी पुनः अनसनमा
चिकित्सा क्षेत्र सुधारको माग गर्दै त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द केसी असोज १० गतेदेखि पुनः आमरण अनसनमा बसेका छन् । चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा डा. केसीले उठाउँदै आएका माग सम्बोधन प्रक्रियामा केही प्रगति भएपनि संवैधानिक निकायबाट भएका हस्तक्षेप र अनियमितता विषयमा संसद मौन बसेको भन्दै अनसन बस्नु परेको डा.…
दोश्रो सुरक्षित गर्भपतन सेवा दिवसमा दीप प्रज्वलन
दोश्रो सुरक्षित गर्भपतन सेवा दिवसको अवसरमा असोज १२ गते काठमाडौँमा दीप प्रज्वलन गरिएको छ । सेप्टेम्बर २८ का दिन विश्वभर यस दिवस मनाइरहेको यो दिवस नेपालमा पनि विभिन्न सङ्घसंस्था मिलेर "हाम्रो चाहनाः असुरक्षित गर्भपतनबाट महिलाहरूको मुक्तिको कामना" भन्ने मूल नारका साथ दीप प्रज्वलन गरी मनाइएको हो । माइतीघर मण्डलामा आयोजित…
भूकम्प पीडितलाई थप १ लाख रुपियाँ दिने निर्देशक समितिको निर्णय
पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको असोज १० गते बसेको बैठकले भूकम्पबाट प्रभावित भएका प्रति परिवारलाई थप १ लाख रुपियाँ दिने निर्णय गरेको छ । प्राधिकरणका सिइओ सुशील ज्ञवालीले अनुदान वितरण कार्यविधि परिवर्तन गरी थप १ लाख रुपियाँ अनुदान दिने निर्णय गरेको सञ्चारकर्मीलाई बताएका छन् । यो निर्णयपछि भूकम्पबाट प्रभावित भएका प्रति…
'अपराधी समाउन के गाह्रो पर्यो प्रधानमन्त्री ज्यू ?'-गङ्गामाया
छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै लामो समयदेखि वीर अस्पतालमा उपचारार्थ अवस्थामा नै अनसन बसेकी गोरखा फुजेल-७ की गङ्गामाया अधिकारीले अपराधी समाउन प्रधानमन्त्रीलाई किन गाह्रो परेको भन्दै प्रश्न गरेकी छन् । पति नन्दप्रसादको निधन भएको दोश्रो वाषिर्कीमा असोज ६ गते आयोजित दीप प्रज्वलन कार्यक्रममा सङ्क्षिप्त मन्तव्य राख्दै गङ्गामायाले अनसन…
काठमाडौँ र ललितपुरका विद्यालयमा गराइएको बमकाण्डविरूद्ध प्रदर्शन
विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले काठमाडौँ र ललितपुर जिल्लाका आधा दर्जन भन्दा बढी विद्यालयमा असोज ४ गते गराइएको बम विष्फोटन र विष्फोटक पदार्थ राखिएको घटनाविरूद्ध असोज ६ गते प्रदर्शन गरेका छन् । सिजप, एनसिएपी, एटवीन, एजुकेशनल जर्नालिष्ट ग्रुप, बालगृह सञ्जाल नेपाललगायतका बालअधिकार सम्बद्ध नागरिक समाजका सञ्जालहरूको सझा पहलमा असोज ६ गते विद्यालय…