वार्ता र सम्वादमार्फत समस्याको समाधान खोज्न अधिकारकर्मीको सुझाव

अधिकारकर्मीहरूले वैशाख १ गते नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालय काठमाडौँमा अमरण अनसन र धर्नामा बेसका पत्रकारहरूलाई भेटेर उनीहरूको मागको बारेमा जानकारी लिँदै वार्ता र सम्वादमार्फत समस्याको समाधान खोज्न सुझाव दिएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय पार्सद भावना विद्रोहीले पत्रकारिता क्षेत्रलाई मर्यादित र अनुशासित बनाउन माग गर्दै महासङ्घको केन्द्रीय कार्यालयमा…

२०७४ बैशाख १, शुक्रबार २०:४९ गते  
निर्वाचनको ८० प्रतिशत तयारी पूरा भइसक्यो–प्रमुख आयुक्त यादव

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवद्वारा स्थानीय तहको निर्वाचनका लागि खेलाडीका रुपमा रहेका राजनीतिक दल निर्वाचनको मैदानमा ओर्लिसकेका र आयोग पनि निर्वाचनको अर्जुनदृष्टि लिएर अघि बढिसकेको हुँदा निर्वाचनप्रति अब शङ्का उपशङ्का नगर्न सबैसँग आग्रह गरिएको राससले जनाएको छ । नयाँ वर्ष २०७४ का सन्दर्भमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले निर्वाचनको…

२०७४ बैशाख १, शुक्रबार १९:५८ गते  
सर्वोच्चद्वारा ढुङ्गेललाई सात दिनभित्र गिरफ्तार गरी कैद गर्न सरकारलाई निर्देशन

सर्वोच्च अदालबाट सर्वस्वसहित जन्मकैदको सजाय ठहर भएका नेकपा (माओवादी केन्द्र)का नेता बालकृष्ण ढुङ्गेललाई अविलम्ब गिरफ्तार गर्न सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई चैत ३१ गते लिखित निर्देशन पठाएको राससले जनाएको छ । अदाललतले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई पठाएको पत्रमा कसुरदार ढुङ्गेललाई अविलम्ब गिरफ्तार गरी गराई फैसलाबमोजिम कैदमा राख्ने व्यवस्था मिलाउन मातहतका गृह मन्त्रालय,…

२०७३ चैत्र ३१, बिहीबार २१:२५ गते  
वर्ष २०७३: संविधान कार्यान्वयनको निरन्तरता

विसं २०७३ मुलुकको राजनीतिमा विभिन्न उतारचढाव, बहस र छलफलले प्राथमिकता पाएपनि मूलतः संविधानको कार्यान्वयनको निरन्तरतामा केन्द्रित रह्यो । यो वर्ष संविधान कार्यान्वयनको लागि अधिकार सम्पन्न ७४४ स्थानीय तह निर्धारण र १९ वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन आगामी वैशाख ३१ गते घोषणा हुनु प्रमुख राजनीतिक उपलब्धिका रुपमा रहे । लामो…

२०७३ चैत्र ३१, बिहीबार २०:३४ गते  
बालकृष्ण ढुंगेलको धम्कीपूर्ण अभिव्यक्ति प्रति घोर आपत्ति

जबाफदिहता निगरानी समितिले प्रेस विज्ञप्ति जारी गर्दै २०७३ फागुन २९ गते रामेछाप जिल्लाको सैँपु भन्ने स्थानमा भएको एक कार्याक्रममा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका फरार अभियुक्तु बालकृष्ण ढुङ्गेलले सार्वजनिक रुपमा धम्कीपूर्ण अभिब्यक्ति दिँदासमेत नेपाल सरकार र विषेश गरेर प्रहरी प्रशासन उदासीन रहेको अवस्थाप्रति घोर आपत्ति र खेद प्रकट गरेको छ ।…

२०७३ चैत्र ३१, बिहीबार २०:३३ गते  
अधिवक्ता त्रिपाठीद्वारा ढुङ्गेलविरुद्ध अवहेलना मुद्दा दर्ता

अधिवक्ता डा. दिनेश त्रिपाठीले सर्वोच्च अदालतबाट हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी 'नेता' बालकृष्ण ढुङ्गेलविरुद्ध चैत ३० गते सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरेका छन् । अधिवक्ता त्रिपाठीले दायर मुद्दामा ढुङ्गेलले केही समयअघि एक कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको फिला चिर्ने धम्की दिएको भन्दै अदालतको अवहेलना भएकोले तत्काल वारेण्ट…

२०७३ चैत्र ३०, बुधबार २२:५३ गते  
संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता

सरकारले संविधानको नयाँ संशोधन विधेयक चैत २९ गते व्यवस्थापिका-संसद् सचिवालयमा दर्ता गराएको राससले जनाएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद् सचिवालयको विधेयक शाखामा 'नेपालको संविधान संशोधन गर्न बनेको विधेयक' दर्ता गराएको हो । विधेयकमा संविधानको विभिन्न ११ बुँदामा संशोधनको प्रस्ताव गरिएको छ । यसअघि संसद्मा विचाराधीन रहेको…

२०७३ चैत्र ३०, बुधबार १०:४३ गते  
सबै जिल्लाबाट मतदानस्थलको विवरण प्राप्तः निर्वाचन आयोग

स्थानीय तहको निर्वाचनका लागि मुलुकका ७५ जिल्लाबाट मतदानस्थलको यकिन विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार चैत २९ गते सिरहा र सप्तरीबाटसमेत निर्वाचनस्थलको सङ्ख्या यकिन भएर आएको राससले जनाएको छ । आयोगका अनुसार सिरहामा २ सय १८ र सप्तरीमा २ सय ९२ मतदानस्थल…

२०७३ चैत्र ३०, बुधबार १०:४२ गते  
संविधान संशोधन प्रस्ताव फिर्ता

सरकारले व्यवस्थापिका-संसदमा विचाराधीन 'नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ प्रस्ताव फिर्ता लिएको राससले जनाएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संसद्को चैत २९ गतेको बैठकमा संशोधन फिर्ता लिन अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सशोधन फिर्ता लिने उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतबाट स्वीकृत भएको सभामुख ओनसरी…

२०७३ चैत्र २९, मंगलवार १५:५८ गते  
मतदाता सामग्री आजदेखि जिल्ला पठाउन सुरु

निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि मुद्रण गरेको मतदाता शिक्षासम्बन्धी सामग्री आजबाट जिल्ला पठाउन सुरु गरेको राससले जनाएको छ । आयोगले यसपटक मतदाता शिक्षाका लागि पाँच प्रकारका पोस्टर, निर्वाचनका सम्बन्धमा बारम्बार सोधिने प्रश्नको जबाफ,  हातेपुस्तिका,  स्रोत पुस्तिकाजस्ता शैक्षिक सामग्री तयार भएको आयोगका सहसचिव नवराज ढकालले…

२०७३ चैत्र २७, आईतवार २०:५२ गते