संविधान संशोधनको प्रस्तावको विरोध जारी, सरकारी कार्यालय घेराउ
सरकारले ५ नम्बर प्रदेश टुक्रायाउने गरी संसद सचिवालयमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेको विरोधमा सयुक्त सङ्घर्ष समितिको आयोजनामा मङ्सिर २३ गते सरकारी कार्यालय घेराउ गरिएको छ । इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार आन्दोलन संयुक्त सङ्घर्ष समिति अर्घखाँचीको आह्वानमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय, जिल्ला…
आमरण अनसनरत तिवारीको जीवन रक्षा गर-इन्सेक
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा सुधार गर्नुपर्ने माग गर्दै १६ दिनदेखि आमरण अनसनरत नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीको जीवन रक्षा गर्न इन्सेकले माग गरेको छ । इन्सेकले मङ्सिर २३ गते प्रकाशन गरेको विज्ञप्तिमा 'हामी तिवारीले उठान गर्नुभएका मागहरूको समर्थन गछौँ साथै आमरण अनसनको शुरुआतदेखि नै…
अनसनरत तिवारीको जीवन रक्षा गरः आयोग
स्वास्थ्य क्षेत्रको समग्र सुधार तथा सप्तरी जिल्लाको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको व्यवस्थापन तथा सुधारलगायतका २६ सूत्रीय माग राखी विगत १५ दिनदेखि अनसनरत विकास तिवारीको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगकी सदस्य एवम् प्रवक्ता मोहना अन्सारीद्वारा मङ्सिर २२ गते हस्ताक्षरित…
एक सातादेखिको बन्द फिर्ता, आन्दोलन भने जारी
पाँच नम्बर प्रदेशका केही जिल्ला हेरफेर हुने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको भन्दै एक सातादेखि बुटवलमा जारी बन्द मङ्सिर २१ गते साँझदेखि फिर्ता भएको राससले जनाएको छ । नेकपा एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले आन्दोलनको स्वरुप परिवर्तन भएको भन्दै बन्दका कार्यक्रम फिर्ता लिइएको जानकारी दिएका छन् । उनले…
संविधान संशोधनको विरोधमा आज पनि प्रदर्शन
सरकारले संविधान संशोधनमा साविकको प्रदेश नं. ५ लाई कार्यान्वयनमै नआई विभाजन गर्न खोजेको भन्दै पश्चिमका केही जिल्लामा आज पनि बन्द र प्रदर्शन गरिएको छ । इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार जिल्लामा संयुक्त सङ्घर्ष समतिको आयोजनामा विशाल जनप्रदर्शन गरिएको छ । संयुक्त सङ्घर्ष समितिको आयोजनामा गरिएको प्रदर्शन सदरमुकाम सन्धिखर्कको…
डा. केसीको २२ दिन लामो अनशन तोडियो
सरकारसँग बाह्रबुँदे सम्झौता भएपछि २२ दिनको आमरण अनशनमा बस्नुभएका चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जका प्रा डा गोविन्द केसीले आज अनशन तोडेका छन् । [caption id="attachment_2321" align="alignleft" width="640"] फोटो: रासस[/caption] दसौँ पटक आमरण अनशनमा बसेका केसीले आफ्ना शुभेच्छुक र सञ्चारकर्मीबिच भूकम्पमा परी आमा गुमाएका सिन्धुपाल्चोकका अढाइवर्षीया मर्साङ तामाङको हातबाट जुस पिएर…
पश्चिम क्षेत्रमा आज पनि विरोध प्रदर्शन, आन्दोलन कडा पारिने आन्दोलनकारीको भनाइ
संसद् सचिवालयमा मङ्सिर १४ गते दर्ता गरिएको संविधान संशोधनको विषयलाई लिएर पश्चिम नेपालका केही जिल्लाहरूमा बन्द आह्वान गरिएपछि मङ्सिर १९ गते पाचौँ दिनपनि आन्दोलनका कारण जनजीवन प्रभावित भएको छ । इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार सरकारले राष्ट्रिय हित विपरित संविधान संशोधन गर्न लागेको आरोपमा नेकपा एमाले, जनमोर्चा नेपाल,…
सिमाङ्कन परिवर्तन गर्ने गरी संसदमा दर्ता प्रस्तावको विरोधमा आज पनि प्रदर्शन, जनजीवन प्रभावित
संसद् सचिवालयमा मङ्सिर १४ गते दर्ता गरिएको संविधान संशोधनको विषयलाई लिएर पश्चिम नेपालका केही जिल्लाहरूमा बन्द आह्वान गरिएपछि मङ्सिर १८ गते चौथो दिनपनि आन्दोलनका कारण जनजीवन प्रभावित भएको छ । इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका अनुसार प्रदेश नम्बर ५ का पहाडी जिल्लाहरू छुट्याएर ४ नम्बरमा लैजाने सरकारको प्रस्तावविरूद्ध पाल्पाका…
२५ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा विविध कार्यक्रम
अपाङ्गता भएका व्यक्तिहरूको २५ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा 'हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौँ हामिले चाहेको भविष्य" भन्ने मूल नाराका साथ काठमाडौँमा प्रभातफेरी र्यालीको आयोजना गरिएको छ । इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयका अनुसार अपाङ्गता भएका व्यक्तिहरूको २५ औँ अन्तर्राष्ट्रिय दिवस मूल आयोजक समितिको आयोजना र राष्ट्रिय अपाङ्ग महासङ्घ…
लालपुर्जा नहुँदा वास्तविक भूकम्प पीडित मर्कामा
भूकम्प पीडितहरूले गुठी अन्तर्गत वा सदियौँदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा नभएकै कारण सरकारी अनुदान प्राप्त गर्न नसकिएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा मानव अधिकार सञ्जाल काठमाडौँले मङ्सिर १८ गते नागार्जुन नगरपालिकाको स्यूचाटारमा आयोजित 'भूकम्प पीडित र पुनर्निर्माण' विषयक सार्वजनिक सुनुवाइमा बोल्दै पीडितहरूले लालपुर्जा नभएको…