छिटफूट झडपबाहेक निर्वाचनको प्रचारप्रसार शान्तिपूर्ण

स्थानीय तहको दोस्रो चरणका लागि असार ४ गते देशका ३५ जिल्लामा उम्मेदवारी दर्ता भएपछि हिजैबाट प्रचार अभियानलाई तीव्रता दिइएको छ । इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका अनुसार प्रदेश नम्बर पाँचका बाँके, प्यूठान र बर्दियामा प्रचार अभियान शान्तिपूर्ण तरिकाले सञ्चालन भइरहेको छ । बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार स्थानीय तहको निर्वाचनको…

२०७४ असार ५, सोमबार २२:२७ गते  
मनोनयनपत्र दर्ता शान्तिपूर्णः निर्वाचन आयोग

दोस्रो चरणअन्तर्गत असार १४ गते बुधबार गर्न लागिएको स्थानीय तहको निर्वाचनका लागि आज भएको उम्मेदवारी दर्ता धेरै राजनीतिक दल र उम्मेदवारको सहभागितामा उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको राससले जनाएको छ । प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ तहमा आज बिहान ८ बजेदेखि अपराह्न…

२०७४ असार ४, आईतवार २१:४६ गते  
परासी, जनकपुर र बाणगङ्गा घटनाप्रति अधिकारकर्मीद्वारा निन्दा र भत्सर्ना

यही २०७४ असार ३ र ४ गते परासी र जनकपुरमा प्रहरीको अत्यधिक बल प्रयोगबाट राष्ट्रिय जनता पार्टी (राजपा)का कार्यकर्ता र कपिलवस्तुमा बम बिष्फोटनबाट सर्वसाधारण नागरिकहरू समेत घाइते भएको घटनाप्रति जवाफदेही निगरानी समितिले निन्दा एवम् भत्सर्ना गरेको छ । ‘यस्ता घट्ना बढ्दै गए मानवीय क्षति हुने बढी सम्भावना भएकाले प्रहरी प्रशासनका…

२०७४ असार ४, आईतवार २१:४२ गते  
प्रदेश नम्बर ७ मा उत्साहका साथ उम्मेदवारी दर्ता सम्पन्न

दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत असार ४ गते उम्मेदवारी दर्ताको काम सम्पन्न भएको छ । इन्सेक डडेल्धुरा जिल्ला प्रतिनिधि भुपेन्द्र विष्टका अनुसार सात ओटै स्थानीय तहमा उत्साहका साथ उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार कञ्चनपुर जिल्लाका सबै स्थानीय…

२०७४ असार ४, आईतवार २१:२८ गते  
नागरिक तथा राजनीतिक अधिकारको सम्मान गरः मानव अधिकार आयोग

देशका विभिन्न भागहरूमा राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको स्थानीय निर्वाचनको विरोधमा आयोजना गरेको प्रदर्शन तथा जुलुसका क्रममा सुरक्षाकर्मीहरूद्वारा भएको बल प्रयोग र गिरफ्तारीप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । 'स्वेच्छाचारी गिरफ्तारी नगर्न तथा शान्तिपूर्ण प्रदर्शनमा रहेका व्यक्तिहरूलाई दुर्व्यवहार नगर्न राष्ट्रिय मानव अधिकार आयोग सरकारको ध्यानाकर्षण गराउँदछ ।…

२०७४ असार ४, आईतवार २०:५९ गते  
द्वन्द्वका क्रममा बेपत्ता पारिएका नागरिकको सत्यतथ्य सार्वजनिक गर्नु पर्नेमा जोड

द्वन्द्वका क्रममा बेपत्ता पारिएका नागरिकको सत्य तथ्य सार्वजनिक गर्नु पर्ने र पीडित परिवारलाई न्याय दिनु पर्नेमा एक कार्यक्रममा वक्ताहरूले जोड दिएका छन् । राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजले असार ३ गते काठमाडौँमा आयोजना गरेको बेपत्ता योद्धा विपीन भण्डारी र दिलबहादुर राईको स्मरणमा आयोजित बेपत्ता नागरिकको सार्वजनिकीकरणको प्रश्न शान्तिप्रक्रिया र वर्तमान…

२०७४ असार ३, शनिबार २१:१२ गते  
मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधिहरूले नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको बताएका छन् । इन्सेक ताप्लेजुङ जिल्ला प्रतिनिधि देवराज गुरूङका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को पहिलो अर्धवार्षिक अवधिमा सङ्कलन गरिएका घटनाको समीक्षा गरिएको छ । कार्यक्रमा इन्सेक…

२०७४ असार ३, शनिबार २१:१० गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ मा समेटिने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएका समाचारहरू जिल्ला प्रतिनिधिहरूले पठाएका छन् । इन्सेक मकवानपुर जिल्ला प्रतिनिधि प्रताप विष्टका अनुसार जिल्ला वार एशोसिएसन मकवानपुरका अध्यक्ष अज्मिर केसीले ६ महिनाको प्रतिवेदनले मानव अवधिकारको अवस्था…

२०७४ असार २, शुक्रबार १०:५८ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र महोत्तरीको आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम जेठ ३१ गते सम्पन्न गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधि अजयकुमार साहले सन् २०१७ को जनवरीदेखि जुनसम्म सङ्कलन गरिएका १ सय १३ ओटा मध्ये राज्य पक्षबाट दुई ओटा र…

२०७४ जेष्ठ ३१, बुधबार २२:४५ गते  
राजपाद्वारा गरिएको बन्दमा कतै तोडफोड कतै सामान्य प्रभाव

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा नेपाल बन्दको आयोजना गरेको राजपाले जेठ ३१ गते पनि निरन्तरता दिएको छ । इन्सेक बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार नेपालगञ्जको धम्बोझी चोकमा बिहान १० बजेदेखि १२ बजेसम्म राजपाका कार्यकर्ताले यातायातका साधन, रिक्सा, साइकल लगायतका सवारी साधनमा अवरोध गरेका थिए । दुई घण्टा कार्यकर्ता…

२०७४ जेष्ठ ३१, बुधबार २२:२९ गते