मतदाता परिचयपत्र मतदान केन्द्रबाट जेठ २८ गतेदेखि तीनदिन वितरण गरिने
स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रयोजनका लागि यही जेठ २८, २९ र ३० गते मतदातालाई सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण कार्यक्रम रहेको राससले जनाएको छ । मतदाता आफैँ आफूले मतदान गर्ने मतदान केन्द्रमा उपस्थित भई परिचयपत्र लिनसक्ने व्यवस्था गरिएको जनाउँदै आयोगले यदि आफैँ उपस्थित हुन नसक्ने अवस्थामा परिवारका सदस्य हो…
महाअभियोग प्रस्ताव अघि नबढाउन प्रक्रिया सुरु
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका-संसद् सचिवालयमा दर्ता गरिएको महाअभियोगको प्रस्ताव अघि नबढाउन प्रक्रिया सुरु भएको राससले जनाएको छ । महाअभियोग प्रस्तावमा नेपाली काङ्ग्रेसका सांसद मीनबहादुर विश्वकर्मा मुख्य प्रस्तावक र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक टेकबहादुर बस्नेत मुख्य समर्थकले नै जेठ १४ गते व्यवस्थापिका-संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव अघि नबढाउन प्रस्ताव पेस…
चुनाव हुन नदिने चेतावनी दिँदै लाठी जुलुस प्रदर्शन
राष्ट्रिय जनता पार्टी नेपालले तराई मधेसका विभिन्न जिल्लामा लाठी जुलुस प्रदर्शन गरेको इन्सेक जिल्ला प्रतिनिधिहरूले जानकारी दिएका छन् । इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजविराजमा जेठ १४ गते लाठी जुलुस प्रदर्शन गरेको छ । घोषित आन्दोलनको कार्यक्रमअनुसार प्रदर्शनकारीहरूले स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने चेतावनी दिँदै लाठी…
चार ओटै क्षेत्रमा कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा विभिन्न जिल्लाहरूमा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल (इएलपी) कार्यक्रमको जेठ १२ गते इन्सेकका चार ओटा क्षेत्रीय कार्यालयमा वार्षिक समीक्षा सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईका अनुसार इन्सेक केन्द्रीय कार्यालयका लेखा तथा व्यवस्थापन विभाग प्रमुख प्रेम पराजुलीले…
सहमतीय सरकारका लागि राष्ट्रपतिको आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ११ गते सहमतीय सरकार गठनका लागि आह्वान गरेकी राससले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १० गते आफ्नो पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनका लागि जेठ ११ गते राष्ट्रपतिले सो आह्वान गरेकी हुन् । नेपालको संविधानको धारा २९८ को उपधारा ९२० मा सात दिनभित्र…
जेठ ३१ गतेको निर्वाचन गराउन आयोग प्रतिवद्धः प्रमुख आयुक्त डा यादव
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ४६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध र दृढ भएर अघि बढिरहेको बताएका छन् । स्थानीय तहको पहिलो चरणको वैशाख ३१ गते भएको निर्वाचनमा खटिएका अनुगमन टोली प्रमुख र सुक्ष्म अनुगमनकर्तासँगको छलफल कार्यक्रममा उनले भने-“कहीँकतै दुविधा र भ्रममा नपरी…
प्रेस काउन्सिलका अध्यक्षविरुद्ध सर्वोच्चमा रिट
सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई कानुनविपरीत नियुक्ति गरेको भन्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दायर गरिएको छ । गोकर्णेश्वर नगरपालिका-२ बस्ने ३७ वर्षीय बैकुण्ठप्रसाद भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सूचना तथा सञ्चार मन्त्रालय, प्रेस काउन्सिल नेपाललगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा बराललाई कानुनविपरीत नियुक्ति गरेको उल्लेख गर्दै…
जनसङ्ख्याका अधारमा २२ स्थानीय तह थप गर्ने सरकारको निर्णय
सरकारले १२ वटा जिल्लामा २२ वटा स्थानीय तह थप्ने निर्णय गरेको राससले जनाएको छ । यो सँगै स्थानीय तहको सङ्ख्या ७ सय ६६ पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जेठ ८ गते साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको सङ्ख्या पुनरावलोकन गर्न गठित कार्यदलको सुझावका आधारमा सरकारले उक्त निर्णय गरेको सूचना…
कैलाली घटनाको मुद्दा फिर्ता लिनाको कारण देखाऊः अदालत
सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने निर्णय गर्नाका कारण देखाउन सरकारका नाममा आज कारण देखाऊ आदेश जारी गरेको राससले जनाएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले उक्त मुद्दा संविधानसँग सम्बन्धित भएको हुँदा संवैधानिक इजलासमा पठाउने आदेश जारी गरेको छ । टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता…
मानव अधिकार उल्लङ्घनको घटनामा छुट नदिन आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले जघन्य मानव अधिकार उल्लङ्घनको घटनाका सम्बन्धित कोही कसैलाई पनि छुट नदिन आग्रह गरेको छ । आयोगले जेठ ५ गते प्रेस विज्ञप्तिमार्फत २०७२ साल भदौमा कैलालीमा आठ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएका सम्बन्धमा उचित छानबिन गर्न र आपराधिक घटनामा संलग्नलाई कुनै पनि उन्मुक्ति नदिन आग्रह गरेको…