नेपाल र कतारबीच समझदारीपत्रमा हस्ताक्षर

नेपालको राष्ट्रिय मानव अधिकार आयोग र कतारको राष्ट्रिय मानव अधिकार समितिबीच आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी समझदारीपत्रको कार्यान्वयन योजनामा पुस ३ गते हस्ताक्षर भएको राससले जनाएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर आयोगका अध्यक्ष अनूपराज शर्मा र समितिका अध्यक्ष अलि बिन समिख अल्मारीले आज यहाँ सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्…

December 18, 2016  
वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलन गरिएका घटनाका बारेमा सरोकारवाला निकायबिच वार्षिक पूर्व समीक्षा कार्यक्रम जिल्ला सदरमुकाम खलङ्गामा सम्पन्न गरिएको छ । सन् २०१६ जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा छलफल गरिएको थियो । इन्सेक जिल्ला प्रतिनिधि मानदत्त…

December 18, 2016  
आम हडतालको तेस्रो दिन पनि बन्द र प्रदर्शन

तीन दिनदेखि पश्चिम नेपालका विभिन्न जिल्लामा जारी आमहड्तालले आज पनि त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको खबरहरू इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गरी ५ नं. प्रदेशका पहाडी जिल्ला तराईबाट टुक्र्याउन खोजेको विरोधमा तेस्रो दिन पुस ३ गते पनि…

December 18, 2016  
सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जानु उपयुक्त

सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा गए वैदेशिक रोजगारी सुरक्षित, व्यवस्थित र मर्यादित हुने काठमाडौँमा पुस २ गते आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा अयोजित ‘कामदारको सुनुवाइ कार्यक्रम’का सहभागीले तालिमबिना वैदेशिक रोजगारीमा जाँदा न्यून ज्याला पाउने, दुर्घटना हुनेजस्ता समस्या भोग्नुपरेको वैदेशिक रोजगारीबाट फर्किएका कामदारले आफ्नो…

December 17, 2016  
वार्षिक पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरूको बारेमा छलफल गर्न पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रमहरू सम्पन्न भएका छन् । इन्सेक सिन्धुली जिल्ला प्रतिनिधि विमला पाण्डेका अनुसार सिन्धुली जिल्लामा १ सय ४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरिएको तथ्याङ्क सार्वजनिक गरिएको छ । सार्वजनिक तथ्याङ्क अनुसार एक…

December 17, 2016  
दुई दिनदेखि जारी आमहड्तालका कारण जनजीवन प्रभावित

प्रदेश नं. ५ टुक्र्याउने गरी संसदमा सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरुद्ध संयुक्त सङ्घर्ष समितिले आयोजना गरेको तीन दिने आमहड्तालको दोस्रो दिन आज पनि विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ । इन्सेक दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार पुस २ गते बिहानैदेखि सार्वजनिक यातायातका साधन चलेनन् भने कलकारखाना पनि…

December 17, 2016  
विभिन्न जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला प्रतिनिधिहरुद्वारा विभिन्न जिल्लामा सन् २०१६ को जनवरीदेखि डिसेम्बरसम्म सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएका समाचारहरू प्राप्त भएका छन् । इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले इन्सेकले सङ्कलन गरेको…

December 17, 2016  
आम हड्तालका कारण जनजीवन प्रभावित

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने मागसहित आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको तीन दिने आम हड्तालले पुस १ गति पहिलो दिन पश्चिम क्षेत्र पूर्ण रूपमा प्रभावित भएका छन् । इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार बन्दका कारण रुपन्देहीका प्रमुख ठुला शहर बुटवल तथा भैरहवालगायत ग्रामीण…

December 16, 2016  
संविधान संशोधनको विरोधमा आज पनि प्रदर्शन

सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गरी ५ नं. प्रदेशका पहाडी जिल्ला तराईबाट टुक्र्याउन खोजेको विरोधमा मङ्सिर ३० गते अर्घाखाँचीमा सबै पार्टीका नेताहरूले अन्तिम सम्म उक्त प्रस्तावका विरुद्धमा लडाईँ लड्ने प्रतिबद्धता व्याक्ति गरेका छन् । इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार संयुक्त सङ्घर्ष समितिको आह्वानमा सभाको आयोजना गरिएको थियो ।…

December 15, 2016  
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरूका बारेमा विभिन्न जिल्लामा समीक्षा

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरूका बारेमा छलफल गर्न आयोजित प्रकाशन पूर्व समीक्षा कार्यक्रम विभिन्न जिल्लामा सम्पन्न भएका छन् । इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तका अनुसार आज आयोजित समीक्षा कार्यक्रममा सन् २०१६ मा बागलुङ जिल्लामा घटेका र इन्सेकले अभिलेख गरेका मानव अधिकार हनन् तथा ज्यादतीका घटनाहरू माथि…

December 15, 2016