पैदल हिँडेका र समाचार सङ्कलन गर्न विमानस्थल पुगेका पत्रकार गिरफ्तार

माइतीघरमा पैदल हिँडेका पहिलो न्यूज डटकमका कार्यकारी सम्पादक मोहन बास्तोला र त्रिभूवन विमानस्थलमा समाचार सङ्कलनका लागि पुगेका खबर डबली डटकमका सहसम्पादक लोकराज जैशीलाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत प्रहरी कार्यालय पुगेर पत्रकार बाँस्तोलालाई रिहा गर्न पहल गरेपछि प्रहरीले बस्नेतको जिम्मा…

November 3, 2016  
बङ्गलादेशले वैदेशिक सहायता रोक्ने गरी कानुन बनाएकोप्रति फोरम एशियाको चासो

मानव अधिकार र विकासका लागि एशियाली मञ्च (फोरम एशिया)ले वैदेशिक साहयता प्राप्त गर्न नमिल्ने गरी बङ्गलादेशले ल्याएको कानुनप्रति गम्भीर चासो व्यक्त गर्दै त्यसको विरोध गरेको छ । फोरम एशियाले कात्तिक ११ गते एक विज्ञप्ति जारी गर्दै हालै बङ्गलादेशले पारित गरेको उक्त कानुनले नागरिक समाजका गतिविधिलाई निस्तेज पार्ने बताउँदै सो प्रावधानलाई…

October 27, 2016  
कार्कीको सेवा सुविधा रोक्न माग गर्दै निवेदन

सर्वोच्च अदालतमा अख्यितार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पाउँदै आएको सम्पूर्ण सेवा सुविधा रोक्न माग गर्दै कात्तिक ५ गते पूरक निवेदन पेश गरिएको छ । अधिवक्ता ओमप्रकाश अर्यालद्वारा दायर निवेदनमा निलम्बित कार्कीले पाउँदै आएको सम्पूर्ण सुविधा तत्काल रोक्न माग गर्दै अर्यालले नै पूरक निवेदन पेस गरेको सर्वोच्च…

October 23, 2016  
इन्सेकको पहलमा घरेलु हिंसा पीडित महिलाको उपचार हुँदै

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा झापा जिल्ला चियाबगान गाविस-५ की २६ वर्षीया उर्मिला उराउको काठमाडौँस्थित किर्तिपुर हस्पिटलमा उपचार प्रक्रिया अघि बढाइएको छ । पीडित परिवारले आर्थिक अभावको कारण उपचार गराउन नसकेको भन्दै आवश्यक सहयोगको लागि कात्तिक ५ गते इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयलाई दिएको निवेदनको आधारमा क्षेत्रीय कार्यालयको पहलमा…

October 23, 2016  
न्यायको पहुँच सर्वसाधारणमा पुर्‍याउनुपर्नेमा जोड

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपालप्रसाद पराजुलीले न्यायिक प्रक्रियामा जनताको पहुँच अपरिहार्य रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले कात्तिक ५ गते काठमाडौँमा आयोजना गरेको "न्यायपालिकाको पुनर्संरचना र न्यायको पहुँचमा सञ्चारको भूमिका" विषयक कार्यक्रममा न्यायाधीश पराजुलीले सो कुरा बताएका हुन् । उनले जनताको…

October 22, 2016  
लोकमान प्रवृतिको समूल अन्त्य गरियोस्ः इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावको स्वागत गर्दै लोकमान प्रवृत्तिको समुल अन्त्यको माग गरेको छ । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा कात्तिक ५ गते जारी विज्ञप्तिमा संसदको कदमको स्वागत गर्दै विधिको शासन कायम गर्न लोकमान प्रवृत्तिको समुल अन्त्यको माग…

October 21, 2016  
मानव अधिकार अभिलेखिकरण व्यवस्थित गर्नु पर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले मानव अधिकार अभिलेखिकरण व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् । इन्सेकद्वारा कात्तिक ४ र ५ गते काठमाडौँमा आयोजित परियोजनाको प्रतिफल तथा प्रभाव अनुशिक्षण (ओआइओ) कार्यशालाको उद्घाटन सत्रमा अध्यक्ष प्याकुरेलले सो कुरामा जोड दिएका हुन् । सो अवसरमा परियोजनासँग सम्बन्धित सूचना तथा अभिलेखिकरणलाई…

October 20, 2016  
अख्तियारको कार्यबाहक प्रमुख आयुक्तमा बस्न्यात

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैठकले आयुक्त दीप बस्न्यातलाई आयोगको कार्यबाहक प्रमुख आयुक्त तोकेको छ । प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा महाभियोगका प्रस्ताव दर्ता भएकाले बस्न्यातलाई कार्यबाहक तोकिएको हो । आयोगका सहप्रवक्ता खगेन्द्रप्रसाद रिजालले आयोगको नियमावलीमा प्रमुख आयुक्तको अनुपस्थितिमा उपस्थित आयुक्तमध्ये वरिष्ठ आयुक्तले कार्यबाहक प्रमुख हुने व्यवस्थाबमोजिम सो निर्णय भएको…

October 20, 2016  
अख्तियार प्रमुखविरुद्ध महाअभियोग प्रस्ताव

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ताको प्रक्रिया अघि बढाइएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का १ सय ५७ जना सांसदले हस्ताक्षर गरी कात्तिक ३ गते प्रमुख आयुक्त कार्कीविरुद्ध व्यवस्थापिका–संसद् सचिवालयलाई महाअभियोग प्रस्ताव बुझाएको नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिएका छन्…

October 20, 2016  
संसदकाे बैठकद्वारा महाअभियाेग समिति गठन

व्यवस्थापिका–संसद् मातहत महाअभियोग सिफारिस समिति गठन गरिएको छ । व्यवस्थापिका–संसद्को कात्तिक ३ गते बसेको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेपछि बैठकले उक्त प्रस्ताव सर्वसम्मतले पारित गरिएको थियो । नेपालको संविधानको धारा १०१ को उपधारा ३ र ४ एवम् संसद् नियमावली २०७३ को नियम १६९ बमोजिम…

October 19, 2016