प्रदेश नम्बर ७ मा उत्साहका साथ उम्मेदवारी दर्ता सम्पन्न

दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत असार ४ गते उम्मेदवारी दर्ताको काम सम्पन्न भएको छ । इन्सेक डडेल्धुरा जिल्ला प्रतिनिधि भुपेन्द्र विष्टका अनुसार सात ओटै स्थानीय तहमा उत्साहका साथ उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार कञ्चनपुर जिल्लाका सबै स्थानीय…

२०७४ असार ४, आईतवार २१:२८ गते  
नागरिक तथा राजनीतिक अधिकारको सम्मान गरः मानव अधिकार आयोग

देशका विभिन्न भागहरूमा राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको स्थानीय निर्वाचनको विरोधमा आयोजना गरेको प्रदर्शन तथा जुलुसका क्रममा सुरक्षाकर्मीहरूद्वारा भएको बल प्रयोग र गिरफ्तारीप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । 'स्वेच्छाचारी गिरफ्तारी नगर्न तथा शान्तिपूर्ण प्रदर्शनमा रहेका व्यक्तिहरूलाई दुर्व्यवहार नगर्न राष्ट्रिय मानव अधिकार आयोग सरकारको ध्यानाकर्षण गराउँदछ ।…

२०७४ असार ४, आईतवार २०:५९ गते  
द्वन्द्वका क्रममा बेपत्ता पारिएका नागरिकको सत्यतथ्य सार्वजनिक गर्नु पर्नेमा जोड

द्वन्द्वका क्रममा बेपत्ता पारिएका नागरिकको सत्य तथ्य सार्वजनिक गर्नु पर्ने र पीडित परिवारलाई न्याय दिनु पर्नेमा एक कार्यक्रममा वक्ताहरूले जोड दिएका छन् । राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजले असार ३ गते काठमाडौँमा आयोजना गरेको बेपत्ता योद्धा विपीन भण्डारी र दिलबहादुर राईको स्मरणमा आयोजित बेपत्ता नागरिकको सार्वजनिकीकरणको प्रश्न शान्तिप्रक्रिया र वर्तमान…

२०७४ असार ३, शनिबार २१:१२ गते  
मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधिहरूले नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको बताएका छन् । इन्सेक ताप्लेजुङ जिल्ला प्रतिनिधि देवराज गुरूङका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को पहिलो अर्धवार्षिक अवधिमा सङ्कलन गरिएका घटनाको समीक्षा गरिएको छ । कार्यक्रमा इन्सेक…

२०७४ असार ३, शनिबार २१:१० गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ मा समेटिने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएका समाचारहरू जिल्ला प्रतिनिधिहरूले पठाएका छन् । इन्सेक मकवानपुर जिल्ला प्रतिनिधि प्रताप विष्टका अनुसार जिल्ला वार एशोसिएसन मकवानपुरका अध्यक्ष अज्मिर केसीले ६ महिनाको प्रतिवेदनले मानव अवधिकारको अवस्था…

२०७४ असार २, शुक्रबार १०:५८ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र महोत्तरीको आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम जेठ ३१ गते सम्पन्न गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधि अजयकुमार साहले सन् २०१७ को जनवरीदेखि जुनसम्म सङ्कलन गरिएका १ सय १३ ओटा मध्ये राज्य पक्षबाट दुई ओटा र…

२०७४ जेष्ठ ३१, बुधबार २२:४५ गते  
राजपाद्वारा गरिएको बन्दमा कतै तोडफोड कतै सामान्य प्रभाव

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा नेपाल बन्दको आयोजना गरेको राजपाले जेठ ३१ गते पनि निरन्तरता दिएको छ । इन्सेक बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार नेपालगञ्जको धम्बोझी चोकमा बिहान १० बजेदेखि १२ बजेसम्म राजपाका कार्यकर्ताले यातायातका साधन, रिक्सा, साइकल लगायतका सवारी साधनमा अवरोध गरेका थिए । दुई घण्टा कार्यकर्ता…

२०७४ जेष्ठ ३१, बुधबार २२:२९ गते  
मधेसका मुद्दा सम्बोधन गर्न ध्यानाकर्षण

स्थानीय तहको असार १४ गतेका लागि घोषित निर्वाचनका सन्दर्भमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले सरोकारवालाको ध्यानाकर्षण गराएको छ । अभियानका सहअध्यक्षद्व सुबोधराज प्याकुरेल र ईन्द्रप्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा मधेस आन्दोलनका घाइतेको शीघ्र स्वास्थ्यलाभको सम्पूर्ण प्रबन्ध गर्न माग गरिएको छ । जेठ ३१ गते जारी विज्ञप्तिमा भनिएको छ-'प्रमुख जिल्ला अधिकारी, पत्रकार…

२०७४ जेष्ठ ३१, बुधबार १४:३३ गते  
बन्दले जनजीवन प्रभावित, विभिन्न ठाउँमा तोडफोड

संविधान संशोधनको माग गर्दै आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आह्वान गरेको बन्दका कारण तराई/मधेसका दक्षिण भेगको जनजीवन प्रभावित बनेको छ । स्थानीय तहको निर्वाचन अगावै संविधान संशोधन गरी आफूहरूको माग सम्बोधन गरिनु पर्ने भन्दै राजपा नेपालले निर्वाचनलाई बिथोल्ने गरी आन्दोलनका कार्यक्रम अघि सारेको थियो । घोषित कार्यक्रम अनुसार जेठ…

२०७४ जेष्ठ ३१, बुधबार ०५:४५ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न गरिएका खबर विभिन्न जिल्ला प्रतिनिधिहरूले बठाएका छन् । इन्सेक रुकुम जिल्ला प्रतिनिधि आदर्श केसीका अनुसार मानव अधिकारको रक्षा गर्न राज्य जिम्मेवार र गम्भीर भएर लाग्नु पर्ने एक कार्यक्रममा सहभागी सरोकारवालाले जोड दिएका छन् । मानव…

२०७४ जेष्ठ ३०, मंगलवार २२:४३ गते