संविधान संशोधन प्रस्ताव फिर्ता

सरकारले व्यवस्थापिका-संसदमा विचाराधीन 'नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ प्रस्ताव फिर्ता लिएको राससले जनाएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संसद्को चैत २९ गतेको बैठकमा संशोधन फिर्ता लिन अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सशोधन फिर्ता लिने उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतबाट स्वीकृत भएको सभामुख ओनसरी…

April 11, 2017  
मतदाता सामग्री आजदेखि जिल्ला पठाउन सुरु

निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि मुद्रण गरेको मतदाता शिक्षासम्बन्धी सामग्री आजबाट जिल्ला पठाउन सुरु गरेको राससले जनाएको छ । आयोगले यसपटक मतदाता शिक्षाका लागि पाँच प्रकारका पोस्टर, निर्वाचनका सम्बन्धमा बारम्बार सोधिने प्रश्नको जबाफ,  हातेपुस्तिका,  स्रोत पुस्तिकाजस्ता शैक्षिक सामग्री तयार भएको आयोगका सहसचिव नवराज ढकालले…

April 9, 2017  
निर्वाचन निष्पक्ष बनाउन प्रतिबद्धता आवश्यकः प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सबैबाट सहयोग र प्रतिबद्धता हुने विश्वास व्यक्त गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले निर्वाचन आयोग तयारीका हिसाबले दिन गन्ती सुरु गरी अत्यन्तै मेहनतका साथ मध्यचरणमा पुगेको जानकारी दिएको राससले जनाएको छ । स्थानीय…

April 9, 2017  
प्रतिफल प्रभाव विषयक अभिमूखीकरण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चैत २४ गते धुलिखेलमा सुरु भएको प्रतिफल प्रभाव विषयक अभिमूखीकरण कार्यक्रम चैत २५ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले परियोजना अन्तर्गतका कार्यक्रमहरू उपलब्धिमूलक तथा प्रभावकारी बनाउने कार्य इन्सेककर्मीको समान जिम्मेवारी भएको बताए । कार्यकारी निर्देशक गौतमले कार्यक्रमलाई सफल…

April 7, 2017  
मन्त्रीले निजी सवारीसाधनमा चढेर मात्रै दलको कार्यक्रममा जान पाउने

निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सहजता होस् भन्ने उद्देश्यले निर्वाचन आचारसंहिता पालना सम्बन्धमा थप नीतिगत निर्णय गरेको राससले जनाएको छ । आयोगको चैत २३ गते बसेको बैठकले सरकारका मन्त्रीले राजनीतिक दलले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदा सरकारी सवारीसाधनको प्रयोग गर्न नपाइने नीतिगत निर्णय गरेको प्रवक्ता…

April 5, 2017  
पूर्जा नभएका भूकम्पपीडितका समस्या सम्बोधन गरिने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा जग्गासम्बन्धी प्रमाणको अभावले अनुदान सम्झौता हुन नसकेका लाभग्राहीका लागी पनि आवश्यक व्यवस्था मिलाउन पहल गर्ने निर्णय गरेको राससले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेलको संयोजकत्वमा चैत २२ गते बसेको कार्यकारी समिति बैठकले लालपूर्जालगायत जग्गासम्बन्धी प्रमाणको अभावमा अनुदान सम्झौता हुन नसकेका…

April 5, 2017  
मतदाता नामावली स्वीकृतः आयोग

निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको राससले जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार सो निर्वाचनका लागि १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता कायम भएका छन् । विसं २०७३ फागुन ९ गते १८ वर्ष उमेर पुगेका र…

April 2, 2017  
निर्वाचन आयोगमा धर्ना दिन पुगेका पूर्वप्रधानमन्त्री भट्टराई लगायत गिरफ्तार

नयाँ शक्ति पार्टीको संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतलाई कान्तिपथस्थित निर्वाचन आयोगमा चैत २० गते बिहान धर्ना दिन गएको बेला प्रहरीले हस्तक्षेप गर्दै गिरफ्तार गरेको छ । नयाँ शक्तिलगायतका पार्टीले स्थानीय तह निर्वाचनमा चुनाव चिन्ह माग गर्दै निर्वाचान आयोगमा धर्ना दिने क्रममा पूर्वप्रधानमन्त्री भट्टराई, सांसद गङ्गा चौधरी, क्रान्तिकारी माओवादीका नेता सिपी…

April 2, 2017  
स्थानीय तहको निर्वाचन सफल बनाउन सबै सक्रियतापूर्वक लाग्नु पर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय, काठमाडौँको आयोजनामा चैत १८ गते काठमाडौँमा आयोजित "स्थानीय तहको निर्वाचन र मानव अधिकार" विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले स्थानीय तहको निर्वाचन सफल बनाउन सबै सक्रियतापूर्वक लाग्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले अहिलोको आवश्यकता चुनाव भएको र यसका लागि युवा…

April 1, 2017  
एमालेद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेको घटनाप्रति चैत १५ गते निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको राससले जनाएको छ । पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादव र अन्य आयुक्तसमक्ष आचारसंहिता उल्लङ्घन भएका घटनाहरू बारे जानकारी गराउँदै त्यस विषयमा…

March 29, 2017