लोकमान प्रवृतिको समूल अन्त्य गरियोस्ः इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावको स्वागत गर्दै लोकमान प्रवृत्तिको समुल अन्त्यको माग गरेको छ । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा कात्तिक ५ गते जारी विज्ञप्तिमा संसदको कदमको स्वागत गर्दै विधिको शासन कायम गर्न लोकमान प्रवृत्तिको समुल अन्त्यको माग…

October 21, 2016  
मानव अधिकार अभिलेखिकरण व्यवस्थित गर्नु पर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले मानव अधिकार अभिलेखिकरण व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् । इन्सेकद्वारा कात्तिक ४ र ५ गते काठमाडौँमा आयोजित परियोजनाको प्रतिफल तथा प्रभाव अनुशिक्षण (ओआइओ) कार्यशालाको उद्घाटन सत्रमा अध्यक्ष प्याकुरेलले सो कुरामा जोड दिएका हुन् । सो अवसरमा परियोजनासँग सम्बन्धित सूचना तथा अभिलेखिकरणलाई…

October 20, 2016  
अख्तियारको कार्यबाहक प्रमुख आयुक्तमा बस्न्यात

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैठकले आयुक्त दीप बस्न्यातलाई आयोगको कार्यबाहक प्रमुख आयुक्त तोकेको छ । प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा महाभियोगका प्रस्ताव दर्ता भएकाले बस्न्यातलाई कार्यबाहक तोकिएको हो । आयोगका सहप्रवक्ता खगेन्द्रप्रसाद रिजालले आयोगको नियमावलीमा प्रमुख आयुक्तको अनुपस्थितिमा उपस्थित आयुक्तमध्ये वरिष्ठ आयुक्तले कार्यबाहक प्रमुख हुने व्यवस्थाबमोजिम सो निर्णय भएको…

October 20, 2016  
अख्तियार प्रमुखविरुद्ध महाअभियोग प्रस्ताव

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ताको प्रक्रिया अघि बढाइएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का १ सय ५७ जना सांसदले हस्ताक्षर गरी कात्तिक ३ गते प्रमुख आयुक्त कार्कीविरुद्ध व्यवस्थापिका–संसद् सचिवालयलाई महाअभियोग प्रस्ताव बुझाएको नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिएका छन्…

October 20, 2016  
संसदकाे बैठकद्वारा महाअभियाेग समिति गठन

व्यवस्थापिका–संसद् मातहत महाअभियोग सिफारिस समिति गठन गरिएको छ । व्यवस्थापिका–संसद्को कात्तिक ३ गते बसेको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेपछि बैठकले उक्त प्रस्ताव सर्वसम्मतले पारित गरिएको थियो । नेपालको संविधानको धारा १०१ को उपधारा ३ र ४ एवम् संसद् नियमावली २०७३ को नियम १६९ बमोजिम…

October 19, 2016  
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक समितिमा

व्यवस्थापिका संसद्को कात्तिक २ गते बसेको बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक,२०७२ थप छलफलका निम्ति संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिमा पुगेको छ । प्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्यण मन्त्री पुष्पकमल दाहालको तर्फबाट कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री अजयशङ्कर नायकले उक्त विधेयकलाई निर्णयार्थ संसदमा पेश गरेका थिए…

October 18, 2016  
सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

नेपालीहरूको महान पर्व बडा दसैँको समयमा पनि सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकले दुखेसो पोखेका छन् । इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार बडा दसैँमा ज्येष्ठ नागरिकहरूले मिठो मसिनो खाने र लुगाफाटो फेर्ने योजना सपनामा सीमित रहेको ज्येष्ठ नागरिक सङ्घ जुम्लाका अध्यक्ष तिर्थराज भारतीले गुनासो गरे । उनले…

October 8, 2016  
अनसन स्थगित गर्न डा. केसीलाई मानव अधिकारकर्मीहरूको आग्रह

मानव अधिकारकर्मीहरूले चिकित्सा क्षेत्र सुधार, अख्तियार प्रमुखलाई महाअभियोग लगाउनुपर्ने लगायतका मागसहित असोज १० गतेदेखि आमरण अनसन बसेका त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द केसीलाई केही दिनका लागि अनसन स्थगन गर्न आग्रह गरेका छन् । अनसनरत डा. केसीसँगको असोज १९ गते गरिएको भेटमा मानव अधिकारकर्मीहरू सुबोधराज प्याकुरेल, चरण प्रसाई, बाबुराम गिरी,…

October 6, 2016  
चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा. केसी पुनः अनसनमा

चिकित्सा क्षेत्र सुधारको माग गर्दै त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द केसी असोज १० गतेदेखि पुनः आमरण अनसनमा बसेका छन् । चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा डा. केसीले उठाउँदै आएका माग सम्बोधन प्रक्रियामा केही प्रगति भएपनि संवैधानिक निकायबाट भएका हस्तक्षेप र अनियमितता विषयमा संसद मौन बसेको भन्दै अनसन बस्नु परेको डा.…

September 28, 2016  
दोश्रो सुरक्षित गर्भपतन सेवा दिवसमा दीप प्रज्वलन

दोश्रो सुरक्षित गर्भपतन सेवा दिवसको अवसरमा असोज १२ गते काठमाडौँमा दीप प्रज्वलन गरिएको छ । सेप्टेम्बर २८ का दिन विश्वभर यस दिवस मनाइरहेको यो दिवस नेपालमा पनि विभिन्न सङ्घसंस्था मिलेर "हाम्रो चाहनाः असुरक्षित गर्भपतनबाट महिलाहरूको मुक्तिको कामना" भन्ने मूल नारका साथ दीप प्रज्वलन गरी मनाइएको हो । माइतीघर मण्डलामा आयोजित…

September 28, 2016