कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोगले २०७४ असार २९ गते कान्तिपुर दैनिकमा प्रकाशित 'शक्ति प्रदर्शनको होडबाजीले हिंसा' शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा जनाइएअनुसार आयोगद्वारा सप्तरीको मलेठ घटनाको विस्तृत अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारीसहित २०७३ साल चैत्र ३१ गते राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ८…

July 16, 2017  
प्रधानमन्त्रीसँग सत्यनिरुपण तथा मेलमिलाप आयोगका टोलीको भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्यनिरुपण तथा मेलमिलाप आयोगका टोलीले भेटगरी आयोगको ऐन संशोधन गर्नुपर्ने लगायत आयोगको काम कारबाहीका बारेमा जानकारी गराएको राससले जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा असार २८ गते साँझ भएको भेटमा प्रधानमन्त्री देउवाद्वारा ऐनमा केके कुरा संशोधन गर्न जरुरी छ त्यसलाई तयार गरेर ल्याउन आग्रह गरिएको भेटपछि आयोगका…

July 12, 2017  
आयोगको सिफारिस प्रभावकारी रुपमा कार्यान्वयन भएन

राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर मानव अधिकार उल्लङ्घनका विषयमा सरकारलाई कारबाहीका लागि गरेका सिफारिस १७ वर्षदेखि प्रभावकारी रुपमा कार्यान्वयन नभएको जनाएको राससले उल्लेख गरेको छ । व्यवस्थापिका-संसद्अन्तर्गत सामाजिक न्याय तथा मानव अधिकार समितिको असार २७ गते बसेको बैठकमा आयोगको वार्षिक प्रतिवेदन माथिको छलफलमा आयोगका अध्यक्ष अनूपराज शर्माले भने-“गम्भीर प्रकृतिका मानव…

July 11, 2017  
नेपाल कम्युनिष्ट पार्टीद्वारा आह्वान गरिएको बन्दका क्रममा सवारीसाधनमा तोडफोड

बन्दको अवज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कतै बम विष्फोट गराएका छन् त कतै सवारी साधनमा तोडफोड गरेका छन् । इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार असार २७ गते बिहान चितवन खैरहनीमा सो पार्टीका कार्यकर्ताले यात्रुबाहक बसमा तोडफोड गरेको छन् । तोडफोडबाट बसमा क्षति पुगेको…

July 11, 2017  
गत वर्ष ६ हजार १ सय जना बेचबिखनबाट पीडितः आयोग

राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०७२/०७३ मा ६ हजार १ सय महिला तथा बालिका बेचबिखनमा परेको प्रतिवेदन असार २० गते सार्वजनिक गरेको राससले जनाएको छ । आयोगले आज सार्वजनिक गरेको 'मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन' मा आव २०७२/०७३ मा ६ हजार १ सय महिला तथा बालिका बेचबिखनमा परेको उल्लेख छ ।…

July 5, 2017  
दोस्रो चरणको स्थानीय तहको निर्वाचन अनुगमन सम्पन्न

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको दिन, असार १४ गते बुधबार, राष्ट्रिय मानव अधिकार आयोगले मतदान प्रक्रियाको अनुगमन गरेको जनाएको छ । स्थानीय तहको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणको सुनिश्चितताका लागि आयोगका सदस्यसहितको तीन ओटा उच्चस्तरीय अनुगमन टोली एवम् सचिवलगायत कर्मचारीहरू सम्मिलित ३५ ओटा जिल्लामा ३६ ओटा अनुगमन टोली खटिएको…

June 29, 2017  
दोस्रो चरणको स्थानीय निर्वाचनको प्रारम्भिक प्रतिवेदन निर्वाचन आयोगलाई हस्तान्तरण

स्वच्छ निर्वाचनका लागि नागरिक अभिायनको तर्फबाट इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले निर्वाचन आयोगका सचिव महेश न्यौपानेलाई दोस्रो चरणको स्थानीय निर्वाचनको प्रारम्भिक प्रतिवेदन हस्तान्तरण गरेका छन् । प्रतिवेदन बुझ्दै सचिव न्यौपानेले प्रतिवेदनमा उठाइएका विषयहरू अध्ययन गरी आगामी दिनमा लागु गर्ने प्रतिबद्धता जनाए । आयोगका प्रवक्ता सुर्ययप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनको प्रतिवेदन…

June 29, 2017  
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दोलखा, चितवन र सिन्धुली जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलका अनुसार असार १४ गते चरिकोटमा आयोजित कार्यक्रममा मानव अधिकार घटनाका दोषीलाई कारावाहीको दायरामा ल्याउन र पीडितले छिटो न्याय दिने कार्यमा…

June 28, 2017  
३५ जिल्लामा मतदान जारी, मतदाताको उत्साहपूर्ण सहभागिता (अपडेट ४ः३०)

अपडेट ४ः३० दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार गढवा गाउँपालिका-४ स्थित दिपेन्द्र आधारभूत विद्यालय पर्सेनीमा दाजुको नामबाट भोट हाल्न गएका १७ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी सोही गाउँपालिका-६ का ऋषि खनाललाई नमूना मतपत्र लिएर मतदान केन्द्रमै मतदाताका बिचमा प्रचार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।…

June 28, 2017  
आचारसंहिता विपरीतका घटनामा साढे ८ सय बालबालिकाको प्रयोग

स्थानीय तहको निर्वाचनका क्रममा हालसम्म विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत ८ सय ५३ बालबालिकाको प्रयोग गरेको पाइएको राससले जनाएको छ । केन्द्रीय बालकल्याण समितिले पहिलो चरण (गत वैशाख ३१) मा सम्पन्न प्रदेश नं ३, ४ र ६ मा गरेको बाल अधिकार अनुगमनको प्रतिवेदनानुसार ३७ घटनामा ८ सय ५३ बालबालिलाई…

June 27, 2017