बेपत्ता घटनाको छानबिन गर्न र पीडितको न्यायका लागि दबाव दिउँ: अध्यक्ष शर्मा

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले आयोग, द्वन्द्वपीडित परिवार र मानव अधिकारकर्मी मिलेर सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारिएका घटनाहरूको छानविन गरी यर्थात सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिनका लागि सरकारलाई दबाब दिनुपर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), द्वन्द्व पीडित साझा चौतारी र इन्टरनेशनल कमिशन…

२०७४ भाद्र १५, बिहीबार २२:१३ गते  
पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन गरिने

निर्वाचन आयोगको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणमा ३२ जिल्ला र दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन गर्ने भदौ १५ गते निर्णय गरेको छ । बैठकले आगामि मङ्सिर महिनामा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन भौगोलिक अनुकूलता समेतलाई विचार गरी पहिलो चरणमा हिमाली र उच्च पहाडी…

२०७४ भाद्र १५, बिहीबार २१:३५ गते  
निर्वाचन आयोगद्वारा आचारसंहिता पालनाका लागि सरकारलाई सात बुँदे निर्देशन

निर्वाचन आयोगले प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई हेलिकप्टर चढ्नदेखि विदेश भ्र्रमणमा जानसम्म रोक लगाउने गरी सरकारलाई निर्देशन दिएको छ । निर्वाचन आयोगको बैठकले आगामी मङ्सिर १० र २१ गते गर्न लागिएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई मर्यादित, स्वच्छ र पारदर्शी ढङ्गले सम्पन्न गर्न सात बुँदे निर्देशन दिँदै हेलिकप्टर चढ्नदेखि विदेश भ्रमणमा जानसम्म…

२०७४ भाद्र १५, बिहीबार २१:२५ गते  
बेपत्ता पारिएकाहरूको अवस्था सार्वजनिक गर्न माग

बलपूर्वक बेपत्ता पारिएकाहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवस अगष्ट ३० का अवसरमा भदौ १४ गते काठमाडौँको बानेश्वरमा दिप प्रज्वलन गरी बेपत्ता पारिएका नागरिकहरूको स्मरण गरिएको छ । 'सत्य र न्याय बिनाको शान्ति एवम् जवाफदेहिता बिनाको मेलमिलाप मान्य छैन' भन्ने मुल नाराका साथ यो दिवस मनाइएको हो । विभिन्न माग गर्दै संयुक्त…

२०७४ भाद्र १५, बिहीबार ०९:५१ गते  
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू

निर्वाचन आयोगले मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागु गरेको छ । आयोगले भदौ १४ गतेबाट लागु हुने गरी आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ । आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा…

२०७४ भाद्र १५, बिहीबार ०९:५० गते  
तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकियो

निर्वाचन आयोगले असोज २ गते प्रदेश नं २ का स्थानीय तहमा हुने निर्वाचनका लागि ३ हजार ५ सय ७८ मतदान केन्द्र तोकेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता सुर्यप्रसाद शर्माले प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा हुने तेस्रो चरणको निर्वाचनका लागि २ हजार १ सय…

२०७४ भाद्र १५, बिहीबार ०९:४९ गते  
प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णय

मन्त्रीपरिषदको भदौ १४ गते सिंहदरबारमा बसेको बैठकले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । सरकारले मङ्सिर १० र मङ्सिर २१ गते गरी दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो । यस अघि भदौ ५ गते मन्त्रिपरिषदको बैठकले मङ्सिर १० गते एकै दिन एकै चरणमा निर्वाचन गर्ने…

२०७४ भाद्र १५, बिहीबार ०९:४९ गते  
सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न आयोगको आग्रह

तत्कालिन नेकपा (माओवादी) द्वारा घोषणा गरिएको सशस्त्र द्वन्द्वको क्रममा सुरक्षा निकाय तथा द्वन्द्वरत पक्षबाट बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक हुन नसकेको सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बेपत्ता पारिएका व्यक्तिहरूको खोजवीनको लागि आयोगमा विभिन्न समयमा उजुरीहरू परेको र खोजवीनको क्रममा आवश्यकता अनुसार आयोगले शवोत्खनन्…

२०७४ भाद्र १४, बुधबार २१:१६ गते  
एमालेको भेलामा ढुङ्गामुढा गरिएकामा आपत्ति

नेकपा (एमाले)ले धनुषाको जनकपुरमा आफ्नो जनसंगठनको भेला भइरहेका बेला केही उच्छृङ्खल व्यक्तिले ढुङ्गामुढासहित अभद्र व्यवहार प्रदर्शन गरेको भन्दै आपत्ति जनाएको राससको समाचार बुलेटिनमा छ । जनसंगठनको प्रदेश नं २ स्तरीय भेला चलिरहेका बेला भदौ १३ गते पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित सचिव गोकर्ण विष्टलगायत सहभागी कार्यक्रममा अशान्ति…

२०७४ भाद्र १३, मंगलवार २०:१० गते  
बेपता परिवारका सदस्यको माग-'की लास देउ की सास देउ !'

बेपता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले द्वन्द्वकालमा बेपता पार्ने कार्यमा संलग्नलाई कारबाही गर्नका लागि आवश्यक कानुन, ऐनको अभाव रहेको बताएका छन् । कानुन, ऐनका अभावले पिडकलाई कारबाही हुन नसकेको, आयोगलाई समयावधि कम भएको र जनशक्तिको अभावले प्रभावकारी रूपमा काम गर्न नसकिएको मल्लिकले बताए । नेपाल रेडक्रस सोसाइटी, रेडक्रसको…

२०७४ भाद्र १३, मंगलवार २०:०५ गते