लक्ष्मी परियारको मृत्युको घटनाका सम्बन्धमा आयोगद्वारा अनुगमन

काभ्रेपलाञ्चोक सानोवाङ्थलीकी लक्ष्मी परियारको मृत्युको दुःखद् घटना सम्बन्धमा आयोगले स्थलगत अनुगमन गरेको जनाएको छ । प्रारम्भिक अनुगमन बाट प्राप्त तथ्य अनुसार गत मङ्सिर २० गते लक्ष्मी परियारलाई स्थानीय चार जनाको संलग्नतामा भनाभन र गालीगलौज पश्चात् भएको कुटपिट कथित बोक्सीसमेत भनी निजलाई स्थानीय श्री सूर्योदय माविको चौरको पोलमा बाँधी मुखमा मलमुत्र…

December 20, 2016  
राष्ट्रिय दलित आयोग विधेयकमाथि सुझाव

राष्ट्रिय दलित आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सरोकार भएका र विज्ञसँग रायसुझाव लिने कार्य सुरु गरिएको छ । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानव अधिकार समितिले आयोगमाथि पुस ५ गतेदेखि छलफल चलाएर सुझाव लिने कार्यको प्रारम्भ गरेको राससले जनजाएको छ । समितिले मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति र राष्ट्रिय समावेशी…

December 20, 2016  
रोम विधान अनुमोदनका लागि अभियान जारी राख्नु पर्नेमा जोड

अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदनका लागि अभियान जारी राख्नु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जुरी नेपालको संयुक्त आयोजनामा पुस ४ गते ललितपुरमा आयोजित नेपालको फैजदारी कानूनहरू, रोम विधान र कार्यान्वयन सवाल विषयक कार्यक्रमका सहभागीहरूले सो कुरामा जोड दिएका हुन् ।…

December 19, 2016  
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ प्रकाशन पूर्व समीक्षा सम्पन्न

इन्सेकले हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्षपुस्तकको नयाँ अङ्क नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व विभिन्न जिल्लामा समीक्षा गरिएको छ । इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका अनुसार इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि पाल्पामा सङ्कलन गरिएका घटनाका बारेमा सरोकारवाला निकायबिच…

December 19, 2016  
नेपाल र कतारबीच समझदारीपत्रमा हस्ताक्षर

नेपालको राष्ट्रिय मानव अधिकार आयोग र कतारको राष्ट्रिय मानव अधिकार समितिबीच आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी समझदारीपत्रको कार्यान्वयन योजनामा पुस ३ गते हस्ताक्षर भएको राससले जनाएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर आयोगका अध्यक्ष अनूपराज शर्मा र समितिका अध्यक्ष अलि बिन समिख अल्मारीले आज यहाँ सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्…

December 18, 2016  
वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलन गरिएका घटनाका बारेमा सरोकारवाला निकायबिच वार्षिक पूर्व समीक्षा कार्यक्रम जिल्ला सदरमुकाम खलङ्गामा सम्पन्न गरिएको छ । सन् २०१६ जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा छलफल गरिएको थियो । इन्सेक जिल्ला प्रतिनिधि मानदत्त…

December 18, 2016  
आम हडतालको तेस्रो दिन पनि बन्द र प्रदर्शन

तीन दिनदेखि पश्चिम नेपालका विभिन्न जिल्लामा जारी आमहड्तालले आज पनि त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको खबरहरू इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गरी ५ नं. प्रदेशका पहाडी जिल्ला तराईबाट टुक्र्याउन खोजेको विरोधमा तेस्रो दिन पुस ३ गते पनि…

December 18, 2016  
सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जानु उपयुक्त

सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा गए वैदेशिक रोजगारी सुरक्षित, व्यवस्थित र मर्यादित हुने काठमाडौँमा पुस २ गते आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा अयोजित ‘कामदारको सुनुवाइ कार्यक्रम’का सहभागीले तालिमबिना वैदेशिक रोजगारीमा जाँदा न्यून ज्याला पाउने, दुर्घटना हुनेजस्ता समस्या भोग्नुपरेको वैदेशिक रोजगारीबाट फर्किएका कामदारले आफ्नो…

December 17, 2016  
वार्षिक पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरूको बारेमा छलफल गर्न पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रमहरू सम्पन्न भएका छन् । इन्सेक सिन्धुली जिल्ला प्रतिनिधि विमला पाण्डेका अनुसार सिन्धुली जिल्लामा १ सय ४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरिएको तथ्याङ्क सार्वजनिक गरिएको छ । सार्वजनिक तथ्याङ्क अनुसार एक…

December 17, 2016  
दुई दिनदेखि जारी आमहड्तालका कारण जनजीवन प्रभावित

प्रदेश नं. ५ टुक्र्याउने गरी संसदमा सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरुद्ध संयुक्त सङ्घर्ष समितिले आयोजना गरेको तीन दिने आमहड्तालको दोस्रो दिन आज पनि विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ । इन्सेक दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार पुस २ गते बिहानैदेखि सार्वजनिक यातायातका साधन चलेनन् भने कलकारखाना पनि…

December 17, 2016